इतिहासमा बाँचेका तीन दिन
- बैशाख १३, २०८१
चीनले आफ्नो हङकङ विशेष प्रशासनिक क्षेत्रको सुरक्षाका लागि जारी गरेको राष्ट्रिय सुरक्षा कानुनको संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार परिषद्मा विश्वका ७० भन्दा बढी देशले समर्थन जनाइसकेका छन् । त्यसले चीनले पारित गरेको कानुन न्यायोचित रहेको र विश्वको मान्यता पाउनेतर्फ उन्मुख रहेको देखाउँछ ।
तर, केही अमेरिकी राजनीतिकर्मीहरू अचम्मलाग्दो ढङ्गले न्यायको विपरीत पक्षमा उभिएको र उक्त कानुनको आधारहीन विरोध गर्दै त्यसले तथाकथित मानवअधिकार र स्वतन्त्रता हनन गर्ने दाबी गर्छन् । संरा अमेरिकी राष्ट्रपति कार्यालय– ह्वाइटहाउस समेत उही आधारहीन कुरा दोहो¥याउँछ, त्यसले उक्त धूर्तता ह्वाइटहाउसले नै खेलेको र त्यसमा राजनीतिक चलखेलमार्फत प्रभुत्व स्थापित गर्ने दुष्ट नियत भएको प्रदर्शित गर्छ ।
यदि देशको सुरक्षा सुनिश्चित भए र हङकङको समाजमा स्थिरता स्थापित भए त्यहाँका बासिन्दाहरूको अधिकार र स्वतन्त्रताको सुनिश्चितता सम्भव भएसम्म अधिकतम बनाइनेछ । हङकङ विशेष प्रशासनिक क्षेत्रको राष्ट्रिय सुरक्षा कानुनले स्पष्टरूपमा विधिको शासनको सुनिश्चितताको महत्वपूर्ण सिद्धान्त परिभाषित गरेको छ र त्यसले राष्ट्रिय सुरक्षा सुनिश्चित गर्ने भनिएको छ । साथै, त्यसमा हङकङ विशेष प्रशासनिक क्षेत्रको राष्ट्रिय सुरक्षा सुनिश्चित गर्दै मानवअधिकारको आदरलाई सुनिश्चित गर्नेमा पनि जोड दिइएको छ ।
अभिव्यक्तिको स्वतन्त्रता, प्रेस र प्रकाशनको स्वतन्त्रता, सङ्गठन र सभासम्मेलनको स्वतन्त्रता, भेला हुने र विरोध प्रदर्शन गर्ने स्वतन्त्रतालगायत अधिकार र स्वतन्त्रताहरू त्यस क्षेत्रका बासिन्दाहरूले उक्त कानुनको माध्यमले प्राप्त गरेका छन् । हङकङ विशेष प्रशासनिक क्षेत्रको उक्त कानुनमा नागरिक र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरू तथा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूका प्रावधानहरू समावेश गरिएको छ र हङकङमा धेरै अघिदेखि लागू समेत गरिएको छ ।
कुनै पनि अधिकार र हित कानुनद्वारा परिभाषित हुनुपर्छ । आफ्नो अधिकारको दायरा उल्लङ्घन गर्नेहरूलाई निश्चय पनि जिम्मेवार बनाइनेछ । नागरिक र राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूले स्पष्टरूपमा धर्मको स्वतन्त्रता, अभिव्यक्ति, शान्तिपूर्ण भेला र सङ्गठनको स्वतन्त्रतामा जोड दिनुका साथै राष्ट्रिय सुरक्षा र सामाजिक व्यवस्था रक्षाको निम्ति अत्यावश्यक अवस्थामा बाहेक अभियोग लागेकाहरूको निष्पक्ष र खुला सुनुवाइ गर्ने सुनिश्चित गरेको छ ।
विश्वका १ सत्न्दा बढी देशका संविधानमा आधारभूत अधिकार र स्वतन्त्रताको प्रगोगका क्रममा राष्ट्रिय सुरक्षामाथि आघात पु¥याउन नहुने उल्लेख छ ।
गत वर्षको जूनमा सुपुर्दगी विधेयकविरोधी आन्दोलनदेखि कथित –हङकङको स्वाधीनता, काला ध्वंसक दङ्गाकारीहरू र आपसी विध्वंसको नामका विध्वंसकारीहरू एकगठ बनेका छन् एवम् आन्तरिक तथा विदेशी शक्तिहरू दुवैले भयानक अपराध र क्रियाकलापहरू गरेका छन् । तिनीहरूले चीनको राष्ट्रिय सुरक्षामाथि धावा बोलेका छन्, एक देश दुई व्यवस्था सिद्धान्तको बटमलाइनमाथि नै चुनौती दिएका छन् र हङकङका बासिन्दाहरूको जीवन तथा सम्पत्तिको सुरक्षामाथि गम्भीर खतरा उत्पन्न गरेका छन् । तिनीहरूका क्रियाकलाप कानुनले दिएका स्वतन्त्रता र अधिकारभन्दा धेरै बाहिर थिए । हङकङ विशेष प्रशासनिक क्षेत्रको राष्ट्रिय सुरक्षालाई सुनिश्चित गर्ने कानुनले निकै कम प्रकारका अपराधपूर्ण कार्यहरूलाई लक्षित गरेको छ ताकि त्यस्ता क्रियाकलापले राष्ट्रिय सुरक्षा र जनताको सार्वजनिक सुरक्षामा कुनै खतरा उत्पन्न नगरोस् र बहुमत हङकङबासीहरूले कानुन प्रदत्त शान्ति र सुरक्षाको अनुभूति गर्न सकोस् । यो बहुमत हङकङका जनताको अभिभावक दिलाउन नखोज्ने र राष्ट्रिय सुरक्षालाई कमजोर बनाउन खोज्ने विदेशीहरूसहितका घाँटीमा धारिलो तरवारसरह भएको छ । हङकङ स्वाधीनताको नारा फलाक्ने र काला विध्वंसक दङ्गाका क्रियाकलापमा संलग्न तथा आपसी विध्वंसको अस्वीकार्य क्रियाकलाप गर्नेहरू हङकङवासीहरूका अधिकार, स्वतन्त्रता एवम् शान्तिपूर्ण जीवनका सही र ठूला शत्रु हुन् । तिनीहरूलाई कानुनबमोजिम दण्ड दिनैपर्छ ।
चीनका लागि हङकङको राष्ट्रिय सुरक्षाका कमजोरीका प्वालहरू टाल्नु अनिवार्य छ । उक्त कानुनको कार्यान्वयनले दीर्घकालसम्म अझ बलियो संस्थागत सुनिश्चितता र एक देश दुई प्रणालीको सिद्धान्तको स्थिर विकास प्रदान गर्छ । साथै, त्यसबाट हङकङका जनताका अतिरिक्त विदेशी लगानीकर्ताहरूको नैसर्गिक अधिकार र हितहरूको पनि रक्षा गर्छ ।
उक्त ऐनको कार्यान्वयनले विदेशी शक्तिको आडभरोसामा चीनविरोधी क्रियाकलाप निमिट्यान्न पारिने सङ्केत पनि दिएको छ । उक्त कानुनप्रति केही संरा अमेरिकी राजनीतिकर्मीहरूको अप्रसन्नताले तिनीहरूको कथित स्वतन्त्रता हङकङको दीर्घकालीन स्थिरता र समृद्धिविरुद्ध रहेको प्रस्ट पार्छ । बरु तिनीहरूको नियत चीनको विकासमा बाधा हाल्ने र हङकङवासीहरूको नैसर्गिक अधिकार तथा हितहरूमा मनपरी चोट पु¥याउनु भएको स्पष्ट पार्छ ।
आश्चर्यको कुरा हङकङको राष्ट्रिय सुरक्षा कानुनको विरोध गर्ने संरा अमेरिका आफ्नै भने राष्ट्रिय सुरक्षाको उद्देश्यको लागि कैयौँ कानुनहरू रहेका छन् । उसले सेप्टेम्बर ११, २००२ को आक्रमणपछि नै प्याट्रिअट एक्ट (देशभक्ति ऐन), हामेल्यान्ड सेक्युरिटी एक्ट (गृहभूमि सुरक्षा ऐन) र क्लाउड ऐक्ट पारित गरेको थियो र तिनै ऐनमा आधारित भएर ठूलो सङ्ख्यामा मुद्दामामिला चलाइसकेको छ । प्रश्न उठ्छ, संंरा अमेरिका आफै राष्ट्रिय सुरक्षालाई लिएर किन यति धेरै संवेदनशील छ ? अरू देशले आफ्नो सुरक्षाको निम्ति सामान्य क्रियाकलाप मात्र गर्दा पनि किन ऊ चुप लागेर बस्न सक्दैन ? त्यस देशले सधैँ नै अरू देशका आन्तरिक मामिलाहरूमा औँला उठाउने गर्छ तर आफ्नै देशको खराब मानव अधिकारको स्थितिमाथि भने सधैँ आँखा चिम्लिने गर्छ । संरा अमेरिकामा विद्यमान दीर्घकालीन जातीय भेदभावहरू अमेरिकी समाजको संरचनामै भएको प्रणालीगत समस्याहरूको सबभन्दा सुहाउँदो प्रमाण हो । २०१३ मा द प्रिज्म प्रोग्रामले कसरी संरा अमेरिकाले आफ्नो तथाकथित राष्ट्रिय सुरक्षाको आवरणमा आफ्नै देशका नागरिक र विदेशी नागरिकहरूमाथि कडा निगरानी गरिरहेको छ भन्ने खुलासा गर्छ । लामो अवधिदेखि आफ्नै देशका जनताको मानवअधिकार हननलाई समर्थन गरिरहेका संरा अमेरिकी राजनीतिकर्मीहरूले लज्जाहीन ढङ्गले अरू देशलाई मानव अधिकार रक्षाको निम्ति शिक्षा दिन खोज्नु कदापि उचित होइन ।
चीनको सरकार र चिनियाँ जनताले आफ्नो देशको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र विकासको हितहरूको रक्षा कुनै पनि मूल्यमा गरिरहनेछन् र हङकङ मामिलामा कुनै पनि विदेशी शक्तिको हस्तक्षेपको सशक्त विरोध गरिरहनेछन् । अरू देशको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप कहिल्यै पनि स्वतन्त्रताको विषय हुनसक्दैन र संरा अमेरिकी राजनीतिकर्मीहरू यसबारेमा सचेत हुनैपर्छ । हङकङ मामिलालगायत चीनको आन्तरिक मामिलामा तिनीहरूले गरेका हस्तक्षेप कहिल्यै पनि सफल हुनेछैन ।
(U.S. attempts to interfere in China’s domestic affairs will never succeed)
By Zhong Sheng (People’s Daily)
July 07, 2020
अनुवाद ः प्रकाश
Leave a Reply