भर्खरै :

जनता विपत्तिमा, शासक विवादमा

देशमा यतिखेर जताततै बाढी, पहिरो र डुबानको आतङ्क छ । शासकहरूको अकर्मण्यताका कारण नेपाली समाजका निम्ति यो नियमित आकस्मिताझैँ भइसकेको छ । अविरल वर्षा केही दिन अझै जारी रहने पूर्वानुमान छ । कोभिड – १९ का कारण विगत ३–४ महिनादेखि अत्यन्त कष्टपूर्ण जीवन बाँचिरहेका नेपाली जनताका दुःख–कष्ट, पीरमर्का घट्दै होइन दैनिक थपिइँदै छन् । अवस्था दिन प्रतिदिन जटील तथा गम्भीर बन्दै छ । जनजीवन अस्तव्यस्त छ । कैयौँ घाइते भएका छन् । धनको पनि ठूलो बर्बादी भइसकेको छ । कयौँ बेघर भइसकेका छन् । मृत्यु, घाइते र बेपत्ता हुनेको सङ्ख्या हरेक घन्टा बढ्दो छ । ठाउँ–ठाउँबाट हरेक घन्टाजसो आइरहेका दुःखद खबरले जनजीवन भत्ीत बनाउँदै छ । महामारीले तीन महिनामा नपु¥याएको क्षति अर्को प्राकृतिक विपत्तिले तीन दिनमा पु¥याएको तथ्याङ्कले बताउँदै छ । कोभिड –१९ का सङ्क्रमितहरूको सङ्ख्याले १६ हजार नाघेर निरन्तर उकालो चढिरहेकै बेला आइलागेको यो अर्को विपत्तिले कस्तो रूप लिने हो, अहिले नै भन्नु अलि हतारो हुनेछ ।
विपत्तिमा शासक दलको अर्कै धन्दा
‘३ दिनमा ५५ को ज्यान गयो, ३१ बेपत्ता’, ‘१६ सय जनाभन्दा बढी विस्थापित’, ‘कोसीको पश्चिमी तटबन्ध भत्किने जोखिम’, ‘सरकार हाम्रा लागि रहेनछ’, ‘पश्चिम तराई पनि जलमग्न’, ‘उद्धारको आशामा अत्यासलाग्दो पर्खाइ’, ‘सुरु भयो बाढीपहिरो वितण्डा’, ‘एकै रातमा डुब्यो तराई’, ‘प्रदेश २ का आठै जिल्ला डुबानमा’, ‘सिन्धुपाल्चोकमा बाढीको वितण्डा’, ‘भोटेकोसी र सुनकोसी क्षेत्र उच्च जोखिममा’, ‘बाढीले दुई बजारै बगायो’, ‘जोखिम व्यवस्थापनमा बेवास्ता’, ‘जताततै पहिरोको जोखिम’, पछिल्ला तीन दिनका गोरखापत्र, कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट आदि दैनिक पत्रपत्रिकाका यी मूख्य समाचारका शीर्षक हुन् । हिमाल, पहाड र तराईका हाम्रा दाजुभाइ–दिदीबहिनीको दैनिक जीवन र तिनको मनोवैज्ञानिक अवस्थाबारे अनुमान लगाउन र बुभ्mन यी समाचार नै पर्याप्त छन् । यस्तो विपत्तिमा सरकार के गर्दै छ ? सरकार कहाँ छ ? शासक दल र तिनका नेता के गर्दै छन् ? हरेक वर्ष यही नियती भोग्न जनता बाध्य हुनुपर्नाको कारण के हो ? यी प्रश्नको चित्तबुझ्दो जवाफ दिन भने गा¥हो छ । किनभने, बालुवाटार नै यतिखेर घृणित राजनीतिको पहिरोमा फसेको छ । शासक दल कलहको डुबानमा परेको छ । सरकार भागबन्डाको दलदलमा झन् – झन् फस्दै गइरहेको छ । शासक दलका नेता–कार्यकर्ता विकासको नाउँमा नक्कली बिल भर्पाइ बनाएर र नक्कली काम देखाएर करोडौँ करोड कुम्ल्याउन व्यस्त छन् । राज्यकोषमाथि ब्रम्हलूट गर्दै छन् । हरेक वर्षभैmँ असारे कमाऊ धन्दामा व्यस्त छन् । असारको अन्तिम सातातिर त झनै सरकार र शासक दलको अर्कै धन्दाका कारण पटक्कै फुर्सद हुँदैन ।
सामान्य जनताका जल्दाबल्दा समस्या र आपतविपततिर ध्यान पठाएर सत्ताको न्यानो गुमाउने ‘मूर्खता’ देखाउन पनि सरकार तयार छैन र प्राकृतिक प्रकोप त दूर्गमका सर्वसाधारण जनताका समस्या हुन् । ती मानिस सत्ता जोगाइदिने तागत राख्दैनन् । सत्ता पल्टाइदिने औकात पनि तिनमा छैन । तिनको कहीँकतै पहुँच छैन । अनि, काठमाडौँ उपत्यका र देशका मुख्य – मुख्य सहरमा आलिशान महल ठड्याएर ऐयासी जीवन बिताइरहेका नवसम्भ्रान्त सत्ताका खेलाडीहरूको ध्यान किन त्यता जाओस् ? अनि, सर्वसाधारणको मृत्युमा गोहीको आँसु चुहाउनेबाहेक तिनले अरू के नै पो गरून् ?
विपत्तिमा पनि पद र पैसा
नेकपाभित्रको झगडाको कारणमा विचार, सिद्धान्त, जनहित र देशको उन्नति–प्रगति कहीँकतै पनि नजोडिएको प्रस्ट छ । यो आपतविपतमा जनता काठमाडौँको सिंहदरबार र गाउँ–गाउँ पुगेको सिंहदरबारको मुख ताकिरहँदा सिंहहरू भने सत्ता लुछ्ने र जोगाउने खेलमा व्यस्त छन् । एकले अर्कोलाई सिध्याउने खेलमा मग्न छन् । इनारमा अर्को सिंह देखेर बहुलाएको सिंहको मनोदशामा छन् शासक दलका काठमाडौँ र गाउँ–गाउँका सिंहहरू ¤
‘तिमीले सत्तामा बसेर धेरै खायौ अब मैले खान पाउनुपर्छ’, ‘तिमीले सत्तामा बसेर धेरै कमायौ, अब मैले पनि कमाउन पाउनुपर्छ’, ‘अर्को चुनावको लागि पुग्नेगरी मैले पनि खान र कमाउन पाउनुपर्छ’, ‘पहिलाको चुनावको मेरो निकै ऋण छ, त्यो तिर्ने उपाय त चाहियो’ सत्ताबाहिर रहेको गुटका यी नै दुखेसो हुन् । अव्यक्त पीडा हुन् । ‘पाँच वर्षका लागि मैले ‘लाइसेन्स’ पाएको हो धैर्य गर्नू’, ‘प्रधानमन्त्री चाहिए चुनाव र अध्यक्ष पद चाहिए महाधिवेशन कुर्नू’, ‘लोभ धेरै नगर्नू, होइन भने निस्कनू’, सत्ताधारीका यी नै तर्क हुन् । यो कुनै गाईजात्रे प्रहसनका संवाद होइनन् । नेकपाभित्रको यथार्थ हो । विपत्तिमा पनि यी पद र पैसाबाहेक केही देख्दैनन् । त्यसैका निम्ति महिनौँदेखि ‘कुकुर झगडा’ गर्दै छन् । यो पनि कुनै राजनीतिक चरित्र हो ? निकृष्टताको पराकाष्ठा होइन र ? कम्युनिस्ट आचरणको अन्तिम अवशेष पनि बाँकी नभएपछि अरू केही बाँकी छ र देखिन ?
प्रमुख कारण ः सैद्धान्तिक विचलन
प्रश्न उठिरहेका छन्, ‘यति निर्लज्जतापूर्वक पद र पैसाका निम्ति महिनौँसम्म झगडा गर्न यिनले कसरी सके ?’, ‘के यिनलाई जनताको कुनै डर छैन ?’, ‘देशको भविष्यप्रति यति बिघ्न बेवास्ता गर्न कसरी तयार भए ?’ जवाफ त्यति कठिन छैन र राजनीतिक नैतिकता भुलेपछि, सिद्धान्तच्यूत र कर्तव्यच्यूत बनेपछि राजनीति र ठगी, राजनीति र व्यापारमा अन्तर बाँकी देखिन्न । विदेशीको उक्साइमा, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको माना–चामलमा रमाएपछि र बहुर्राष्ट्रिय कम्पनीका दास बन्न तयार भएपछि निर्वस्त्र नाच्न र चौबाटोमा बसेर विदेशीले दिएजति नाङ्ग्लोमा राखी हसुर्न फिक्री नमान्नुमा के आश्चर्य ? यी साम्राज्यवादी तथा विस्तारवादीका कठपुतली बन्दै गइरहेका ठूला टाउकेहरू भएकै कारण जनइच्छा, राजनीतिक नैतिकता, राजनीतिक इमानदारी, देशप्रतिको जिम्मेवारी सलहले सखाप पारेझैँ भइसकेको छ । यदि त्यसो होइन भने असारमै राजनीतिक गाईजात्रा किन ? यतिखेर नै व्यक्तिगत महत्वाकाङ्क्षाका दूर्गन्धित खेल किन ? स्पष्ट छ, यो कुनै व्यक्तित्वको भिडन्त या जँुगाको लडाइँमात्र होइन । पार्टीमा आएको भयानक सैद्धान्तिक विचलनको अनिवार्य परिणति हो । नेकपाले लिएको अवसरवादी तथा संशोधनवादी नीतिकै दुष्परिणाम हो । ‘जनताको बहुदलीय जनवाद’ को नाउँमा नेकपाले लिएको ‘वर्नस्टिन पथ’ को कारण निम्तिएको सङ्कट या दुर्घटना हो । हिजो नभए आज र आज नभए भोलि त्यो अप्रिय दुर्घटना अवश्यम्भावी नै थियो ।
अन्तर्राष्ट्रिय जगतमा समेत बदनामी
विश्वका धेरै मानिस नेपालीहरूलाई आलोचनात्मक दृष्टिले हेर्ने जानकारहरू बताउँछन् । कतिपयले त नकारात्मक दृष्टिले पनि हेर्ने गरेको जगजाहेर छ । गौतम बुद्धको देहावसानपछि नेपाल आएका बौद्धमार्गीहरूले नेपालीहरू विश्वास गर्न लायक नभएको बताएको इतिहासमा पढ्न पाइन्छ । नेपालीहरूले ‘मर्सिनरिज्’ जाति, ‘भाडाका सिपाही’ आदि भनी विगतमा बदनामी कमाएकोे तीतो इतिहास हामीसामु अद्यापि छ । पछिल्लो समय भ्रष्ट जाति भनेर पनि बदनाम भए । अहिले आएर पद र पैसाका निम्ति जेपनि गर्ने र प्रयोग गर्न ज्यादै सजिलो लोभी जाति भनेर समेत अन्तर्राष्ट्रिय जगतमा कुख्यात हुन थालेका छन् । त्यसका निम्ति अहिलेसम्म सरकारमा जाने दल र तिनका नेता जिम्मेवार छन् । भारत–अमेरिकाले फुटाउँदा फुट्ने र जुटाउँदा जुट्ने शासक दलको चरित्रकै कारण नेपाली मन्त्री, प्रधानमन्त्रीहरूको छवि सा¥है धमिलो हुन थालेको यथार्थ हो । अन्तर्राष्ट्रिय जगतमा तिनको व्यक्तित्वको कुनै ओजन छैन । तिनले विश्वसनियतासमेत गुमाइसकेका छन् । ‘एमसीसी’ जस्तो ‘मित्रहत्या’ को तरवार उठाउन र आप्mनै खुट्टामा बन्चरो प्रहार गर्नसमेत पछि नहट्ने नेपाली शासक दलको मूर्खता र कमजोरीका कारण नेपालीको शान, इज्जत, मानमा निकै ¥हास आइसकेको छ । निश्चयपनि यो स्वाभिमानी प्रत्येक नेपालीका निम्ति लज्जाको विषय हो । यसका निम्ति नेपाली काङ्ग्रेस, एमाले, माओवादी, मधेसवादी दल मुख्य जिम्मेवार छन् । कम्युनिस्टको नाम बेच्दै अहिले जुन किसिमले गैर–कम्युनिस्ट चरित्र प्रदर्शन हुँदै छ त्यसले गर्दा पनि अन्तर्राष्ट्रिय वामपन्थी तथा कम्युनिस्ट आन्दोलनमा क्षति पुगिरहेको छ । नेकपाको कारण आज नेपाली कम्युनिस्ट आन्दोलन बदनाम हुँदै छ र बर्बादी बेहोर्दै छ । त्यसका पछिल्ला गतिविधिले त झनै बदनामी थप्दै छ ।
अन्त्यमा,
यो बखत अगाडि–पछाडिभन्दा नेपाली जनता साराले सतर्क एवम् सचेत भएर सङ्घर्षमा उत्रनुपर्ने हो । नेपालप्रति भारतको हेपाहा नीति बढ्दै गइरहेको बेला, कुनैपनि अन्योलविना लयमा हिँड्नुपर्ने बेला र भारतको विस्तारवादी नीति संसारसामु उदाङ्गो पारेर देशको अखण्डता, स्वतन्त्रता र सम्प्रभुता रक्षा गर्ने अवसर आइरहँदा शासक दलले जुन राजनीतिक केटाकेटीपन देखाएर देशघात गर्दै छ र जग हँसाउने काम गर्दै छ, त्यो अक्षम्य छ । नेकपाभित्रको प्रायोजित झगडा, भागबन्डाको निकृष्ट खेलकै कारण भारतीय सञ्चार जगत नेपाल र नेपालीमाथि हिलो छ्याप्दै छ र चीनलाई समेत विवादमा जबरजस्त मुछेर, दोषारोपण गरेर आफ्नो निहीत स्वार्थ पूरा गर्न खोज्दै छ । यस अर्थमा नेकपाको नेतृत्व दण्डका भागिदार हुन्, चाहे ती भोलि फुटून् या जुटून् । आज तिनका कारणले देश र जनताले जुन क्षति भोग्दै छन् र अपमानित हुनु परिरहेको छ, त्यसका निम्ति तिनले केवल पछुताएर मात्र ‘पाप’ पखाल्न सक्ने छैनन् ।
साथै, विपत्तिको यो बखत सिङ्गो राज्ययन्त्र परिचालित गरी उद्धार कार्य तीव्र बनाउन, जोखिम न्यूनीकरण गर्न, राहत वितरणमा तत्परता देखाउन र जनताको जीउ–धन रक्षामा लागेर आप्mनो विवेकको परिचय दिन तथा सरकारको उपस्थितिको सङ्केत दिन एक जिम्मेवार नागरिकको नाताले सरकारसमक्ष हार्दिक आह्वान छ ।
२८ असार

Leave a Reply

Your email address will not be published. Required fields are marked *