चैत ५ गते तोकिएको स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनहरूसँग छलफल
- माघ २७, २०८१
भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिका वडा नं ९ र १० मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित पूरै प्यानलमा जित हासिल गरेको छ । भनपा वडा नं ९ मा नेमकिपाका रविन्द्र ज्याख्वले ३३५५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा सदस्यहरुमा इन्द्रबहादुर प्याथले ३३०४ मत, जगतलाल मानन्धरले ३२४२ मत र महिला सदस्यतर्फ छोरीमैयाँ सुजखू प्रजापतिले ३४०३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
त्यस्तै भनपा वडा नं १० मा नेमकिपाका लक्ष्मीप्रसाद ह्यौंमिखाले २१६३ मत प्राप्त गरी जित हासिल गर्नुभएको हो । वडा सदस्यहरुतर्फ जितेन्द्र मुनंकर्मीले २१६० मत, ज्ञानकुमार मगजूले २१४४ र महिला सदस्यतर्फ विजयलक्ष्मी शाक्यले २१७८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
Leave a Reply