चैत ५ गते तोकिएको स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनहरूसँग छलफल
- माघ २७, २०८१
भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले नगर प्रमुख, उपप्रमुख सहित ५२ वटै पदमा भारी मतले विजय प्राप्त गरेको छ । नगर प्रमुख पदमा नेमकिपाका सुनिल प्रजापतिले कुल २५६३० मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उनका निकटम प्रतिद्धन्दी नेकांका रामप्रसाद कासुलाले ६५६० मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा नेमकिपाका रजनी जोशीले २५७११ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उनका निकटम प्रतिद्धन्दी नेकांका गंगालक्ष्मी अवालले ६५८७ मत प्राप्त गर्नुभएको छ ।
नेमकिपाले भक्तपुर नगरपालिकामा शनिबार विजय ¥यालीको आयोजना गर्ने निर्णय गरेको छ । आफ्नो मत दिई अत्यधिक बहुमतले जिताएकोमा पार्टीले भक्तपुरका मतदाताहरुमा कृतज्ञता ज्ञापन गर्न ¥यालीको आयोजना गर्न लागेको जानकारी प्राप्त भएको छ । पार्टी कार्यालय गोल्मढीबाट विहान ९ बजे सुरु हुने ¥याली सुकुलढोका, टौमढी, नासमना, इताछें, खौमा, चोछें, भोलाछें, कमलविनायक, सूर्यमढी, दत्तात्रय हुँदै गोल्मढी पुगेर समापन हुने पार्टी स्रोतले जानकारी दिएको छ ।
Leave a Reply