यासुकुनी मन्दिरको भ्रमण र आर्थिक प्रस्तावहरूले जापानको ‘शान्तिको देश’ मकुन्डो च्यात्छ
- कार्तिक १०, २०८३
सानफ्रान्सिस्को, १ साउन (एएफपी) । सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरूका खाता (अकाउन्ट) ह््याकिङका विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह््याक भएका थिए ।
ट्वीटरका अनुसार ह््याकरह्रूले ट्वीटरका कर्मचारीका अकाउन्ट ह््याक गरी आन्तरिक प्रणालीमा पहुँच हासिल गर्ने प्रयास गरेका थिए ।
साथै एप्पल, उबर, केन्ये वेस्ट, बिल गेट्स, बाराक ओबामा र अरू धेरै विशिष्ट व्यक्तिका आधिकारिक अकाउन्टबाट बिट्क्वाइन नामको क्रिप्टोकरेन्सीसम्बन्धी जानकारी ट्वीट गरिएको थियो ।
ट्वीटरले भनेको छ, “केही व्यक्तिले हाम्रा कर्मचारीका अकाउन्ट ह््याक गरी ट्वीटरको आन्तरिक प्रणालीमा पहुँच हासिल गरेका र यो सङ्गठित सामाजिक इन्जिनियरिङ आक्रमण हो भन्ने हामीले विश्वास लिएका छौँ ।”
आक्रमणकारीले उच्चपदस्थ र सामाजिक रूपमा सुपरिचित व्यक्तिका अकाउन्ट ह््याक गरेर पहुँच बनाउन खोजेको ट्वीटरको भनाइ छ । ह््याकरले अरू के कस्ता बदमासी गरेका छन् वा सूचनामा के कस्तो पहुँच कायम गरेका छन् भन्ने बारेमा हामी खोजी गरिरहेको छौँ, ट्वीटरले भनेको छ ।
ह्याक गरिएका व्यक्तिका अकाउन्टबाट बिट्क्वाइनको कारोबार गर्दा दोब्बर फाइदा पुग्ने जस्ता सन्देश प्रवाह भएका थिए । ३० मिनेटभित्र १,००० डलरको एउटा बिट्क्वाइन खरिद गरे दोब्बर रकम पाइने भन्दै अरू मानिसलाई इमेलसमेत पठाइएका थिए ।
ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले एक ट्वीट गर्दै घटनाबारे तथ्यहरूको जाँच गरिसकेपछि सम्पूर्ण विवरण सार्वजनिक गरिने पनि जानकारी दिए ।
अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी अभियानले ह््याक भएको बाइडेनको अकाउन्ट बन्द गरेको जनाएको छ ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता भने ह््याक गरिएको छैन । उनका करिब ८ करोड ३० लाख फलोअर्स छन् ।
अमेरिकी सञ्चारमाध्यम भाइसले ट्वीटरका कर्मचारीकै लापरबाहीका कारण ह््याकरहरू ट्वीटरको आन्तरिक प्रणालीमा प्रवेश गरेको बताएको छ । ह््याकिङमा संलग्न रहेको दाबी गर्ने एक व्यक्तिले आफूहरूले ट्वीटरका कर्मचारीलाई रकम दिएको बताएका छन् ।
साइबर–सुरक्षासँग सम्बन्धित कार्य गर्ने सोसलद्रुफसेक्युरिटीले पनि ट्वीटरका कर्मचारीको प्रशासनिक पहुँचलाई ह््याकरले प्रयोग गरेको बताएको छ ।
मार्च २०१७ मा एम्नेस्टी इन्टरनेसनल, फ्रान्सेली अर्थ मन्त्रालय र बीबीसीको उत्तर अमेरिकी सेवाका अकाउन्ट ह््याक गरिएका थिए । यी ह्याकरहरू टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानका समर्थक रहेको विश्वास गरिएको थियो ।
गत अगस्टमा पनि ट्वीटरका संस्थापक डोर्सेको निजी अकाउन्टबाट उहाँको जानकारी बेगर नै गलत एवं भ्रामक सन्देशहरू शृङ्खलाबद्ध रूपमा प्रवाहित भएका थिए ।
Leave a Reply