चैत ५ गते तोकिएको स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनहरूसँग छलफल
- माघ २७, २०८१
भक्तपुर, ६ जेठ । चाँगुनारायण नगरपालिका वडा नं. ४ को मत गणना गर्दा नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेसको रुख र राप्रपाको गाई चिन्हको १९४ मत कर्मचारीहरुले चोरेर नेकपा एमालेको सूर्य चिन्हमा मिसाएर गनेको पत्ता लागेको छ । वडा नं. ४ को मत परिणाममा शंका लागेपछि पुन मतगणना गर्दा कर्मचारीहरुले मादल र रुखको मत सूर्यमा मिसाएर गनेको पत्ता लागेको हो ।
चाँगुनारायण नगरपालिकाको वडा नं. ४ मा कर्मचारीहरुले नेमकिपा र नेकांको मत चोरेको पत्ता लागेपछि मत परिणाम घोषणा गरिसकेको वडा १ र २ को मतगणना समेत पुन मतगणना गर्नुपर्ने आवाज उठिरहेको छ ।
विवादको निक्र्याेल गर्न शनिबार अपरान्ह ४ बजे सर्वदलीय बैठक हुने भएको छ ।
बैशाख ३१ को निर्वाचनको दिनमा चाँगुनारायण नगरपालिकाकै वडा नं. ६ नगरकोटको एक मतदान केन्द्रमा नेपाल मजदुर किसान पार्टीको मादल चिन्ह नै नभएको मतपत्र वितरण गरिएको थियो । २२ वटा मादल चिन्ह नभएको मतदान भइसकेकोले सो स्थानमा जेठ ४ गते बिहीबार पुन मतदान गरिएको थियो ।
Leave a Reply