इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
हवाना, १९ जुलाई । संरा अमेरिकाले समाजवादी देश क्युवामाथि नाकाबन्दीबीच दुई देशबीचको कूटनीतिक सम्बन्ध पुनस्र्थापना भएको सोमबारबाट पाँचौं वर्ष प्रवेश गरेको छ ।
सन् २०१४ मा संरा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामाले लामो समयदेखि अवरुद्ध रहेको क्युवासँगको कूटनीतिक सम्बन्ध पुनस्र्थापना गरेका थिए । तर, डोनाल्ड ट्रम्प संरा अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएपछि सन् २०१७ बाट क्युवामाथिको नाकाबन्दीलाई थप कडा बनाइएको छ ।
“पछिल्ला पाँच वर्षमा क्युवा र संरा अमेरिकाबीचको कुटनीतिक सम्बन्धलाई दुई भागमा विभक्त गर्न सकिन्छ । पहिलो भागमा क्युवाप्रति ओबामा नीतिको कार्यान्वयन र दोस्रो भागमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको आगमनपछिको साढे तीन वर्षको अवधि”, क्युवाका पूर्वकूटनीतिज्ञ कार्लोस अल्जगरेले भने ।
सन् २०१४ को डिसेम्बर १७ मा ओबामा र उनका समकक्षी क्युवाली राष्ट्रपति राउल क्यास्ट्रोबीच दुईपक्षीय सम्बन्धको आर्थिक तथा सामाजिक सम्बन्ध विकासमा नयाँ अध्याय सुरू गर्ने ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सन् २०१५ को जुलाईमा दुई देशबीच कूटनीतिक सम्बन्ध पुनस्र्थापना गर्दै एकअर्काको राजधानीमा राजदूतावास स्थापना गरिएको थियो ।
संरा अमेरिकी व्यवस्थापिकाले क्युवामाथिको नाकाबन्दी नहटाए पनि क्युवामा संरा अमेरिकी लगानी र क्युवामा संरा अमेरिकी पर्यटकको विषयमा दुवै देशबीच सम्बन्ध बिस्तार गरिएको थियो ।
ओबामा सरकारले सन् २०१७ मा दुई देशबीच लामो समयदेखि समस्या मानिएको ‘भिजेको खुट्टा, सुकेको खुट्टा’ नीति खारेज ग¥यो । सो नीतिले संरा अमेरिकामा क्युवालीहरूलाई विशेष आप्रवासी सुविधा प्रदान गथ्र्यो । क्युवाबाट भागेका मानिसलाई संरा अमेरिकामा स्थायीरूपमा बस्न अनुमति दिन्थ्यो ।
तथापि अवस्था चाँडै बदलियो । ट्रम्पले चुनावी अभियानमा क्युवाविरोधी धनाढ्य र राजनीतिक नेतृत्वले सहायता गरेपछि क्युवासम्बन्धी ओबामा नीतिमा परिवर्तन गर्ने घोषणा गरे । राष्ट्रपति निर्वाचित भएपछि उनले त्यही गरे ।
सन् २०१९ मा संरा अमेरिकाले हवानाबाहेक क्युवाका अरू सबै सहरमा विमान सेवा खारेज ग¥यो । संरा अमेरिकी पानीजहाजहरूलाई क्युवाली समुद्री किनारामा जान रोक लगायो । संरा अमेरिकामा रहेका क्युवालीहरूले क्युवामा आफ्नो परिवारलाई पठाउन सकिने रेमिट्यान्स पठाउन रोक लगायो । क्युवाली व्यापारीहरूलाई संरा अमेरिकी बजारमा कच्चा पदार्थ पठाउन रोक लगाइयो ।
गत वर्ष ट्रम्प सरकारले हेम्स–बर्टन ऐनको तेस्रो खण्ड पुनस्र्थापना ग¥यो । सो ऐनले क्युवाली सरकारले राष्ट्रियकरण गरेका अमेरिकी सम्पत्तिमा लगानी गर्ने विदेशी व्यक्ति तथा संस्थाविरुद्ध मुद्दा दायर गर्नसक्ने अधिकार प्रदान ग¥यो ।
क्युवाविरुद्ध आर्थिक नाकाबन्दी कडा बनाउँदै लानुको साथै संरा अमेरिकी सरकारले क्युवामाथि निर्मम र शत्रुतापूर्ण व्यवहार गर्दै गयो ।
सन् २०१७ मा क्युवामाथि संरा अमेरिकाले आफ्ना कूटनीतिक प्रतिनिधिहरूविरुद्ध ‘अज्ञात हमला’ गरेको आरोप लगायो । संरा अमेरिकी दूतावासका कर्मचारीहरूलाई सो हमलाको कारण कान नसुन्ने र अरू विभिन्न शारीरिक समस्या देखापरेको दाबी गरियो । त्यही बहानामा वाशिङ्टनले हवानास्थित आफ्नो दूतावासमा कर्मचारीको सङ्ख्या कटौती ग¥यो । त्यसले संरा अमेरिकी भिसा प्रक्रियामा पनि कडाइ गरियो ।
अप्रिलमा वाशिङ्टनस्थित क्युवाली राजदूतावासमा सशस्त्र हमला भयो । सो घटनाका दोषीमाथि वाशिङ्टनले कुनै कारबाही गरेन ।
मे १३ मा संरा अमेरिकाले आतङ्कवादविरोधी अभियानमा सहयोग नगर्ने देशहरूको नाम सार्वजनिक ग¥यो । त्यसमा क्युवाको नाम पनि उल्लेख थियो ।
“क्युवा र संरा अमेरिकाबीचको कूटनीतिक सम्बन्ध तोडिएको छैन । तथापि, दुवै देशले आ–आफ्ना दूतावासमा कूटनीतिक अधिकारीको सङ्ख्या घटाएको छ । संरा अमेरिकाले ‘ध्वनि आक्रमण’ भएको झूटो आरोप लगाएपछि दुवै देशको तर्फबाट यस्तो कदम चालिएको हो”, क्युवाली कूटनीतिक प्रतिनिधि अल्जुगरेले भने ।
कोभिड–१९ को महामारी यता दुई देशको सम्बन्ध अझ खराब बनेको छ । संरा अमेरिकाले क्युवाको लागि पठाइएका विभिन्न अन्तर्राष्ट्रिय सहायता सामग्रीमा रोक लगाएको छ । साथै बीसभन्दा बढी ल्याटिन अमेरिकी, अफ्रिकी र युरोपेली देशहरूमा कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा लागेका क्युवाली मेडिकल टोलीको बदनाम गर्न संरा अमेरिकाले कुनै कसर बाँकी राखेन ।
“मेरो बुझाइमा निकै जटिल, कठिन र जेलिएको अवस्थाबीच दुई सम्बन्ध अघि बढ्नेछ”, उनले भने ।
Leave a Reply