चैत ५ गते तोकिएको स्ववियु निर्वाचनबारे विद्यार्थी सङ्गठनहरूसँग छलफल
- माघ २७, २०८१
चाँगुनारायण नगरपालिका वडा नं ४ को मत गणना गर्ने क्रममा एमालेले कर्मचारीको मिलेमतोमा नेमकिपाको ११५ र नेपाली कांग्रेसको १९५ मतको मूठासमेत आफ्नोमा गाभेर १३०० मत कम्प्युटरमा इन्ट्री गरेकोे फेला परेपछि यस नगरपालिकाको मतगणनाको काम रोकिएको छ । राप्रपाको मत पनि एमालेले चोरेको पत्ता लागेपछि नेमकिपा, नेपाली कांग्रेस,राप्रपा र नयाँ शक्तिले वडा नं १ देखि ४ सम्मको पुन मतगणना गर्नुपर्ने निवेदन बुझाएका छन् ।
५ नं वडाको मतगणनाको लागि बक्साको सिल तोडिसकेको समेत पुन सिल राखी ४ः०० बजे सर्वदलीय बैठक बस्ने तयारी भैरहेको खवर छ ।
Leave a Reply