इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
पेइचिङ, २१ जुलाई । विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिएको अमेरिकामा हाल प्राथमिक तथा माध्यामिक स्कूलको पढाई पुनः सुचारू हुनु, सामूहिक भेलालाई कायम राखिनुजस्ता घटनाहरू सार्वजनिक स्वास्थ्य विशेषज्ञको चेतावनीको बेवास्ता गर्दै जुलाई महिनायता अमेरिकी सरकारले चालेका श्रृङ्खलावद्ध कदमहरू हुन् जसबाट अमेरिकामा कोभिड महामारी प्रतिरोधको अव्यवस्थित परिस्थितिलाई झन् गम्भीर पारिएको छ साथै विश्वमा महामारी नियन्त्रण क्षेत्रलाई पनि नकारात्मक असर पारिएको छ ।
जुलाई २० तारिख वासिङ्टन पोस्टले ‘विश्व स्तब्ध हुने सङ्कटः कोभिड महामारीको अमेरिकी प्रतिक्रिया’ शीर्षकको लेख प्रकाशित गरेको छ । सो लेखमा भनिएको छः कोभिड–१९ महामारी प्रतिरोध गरिरहेका केही महिनाहरूमा विश्वका धेरै मुलुकमा महामारी नियन्त्रणमा ल्याइए तापनि अमेरिकामा यो भाइरस झन् झन् अनियन्त्रित बन्यो । महामारीकासामु अमेरिकाका विभिन्न राज्यहरू अलपत्र छन् र ती राज्यहरू बीच राजनैतिक घृणा र पृथकता भरिएको छ । महामारी प्रतिरोध क्षेत्रमा अमेरिकी सरकार अचम्मित पार्नेगरी विफल भएको छ । यस्तो विफलताबाट अमेरिकामा लगातार सही नेतृत्वको अभावलाई प्रतिविम्वित गरिएको छ । आफ्नै चिहान खन्ने राजनीतिक ध्रुवीकरण, सार्वजनिक स्वास्थ्यमा अपर्याप्त लगानी तथा निरन्तर रूपमा विद्यमान सामाजिक आर्थिक तथा जातीय असमानता यी सबै कारक तत्वहरूबाट दशौँ लाख सर्वसाधारण सङ्क्रमित भएका छन् साथै अन्य लाखौँको ज्यान गएको छ ।
महामारीको सामना गर्दा अमेरिकी सरकारले गरेको सबैभन्दा ठुलो गल्ती भनेको कोभिड–१९ अमेरिकामा द्रूत गतिले सङ्क्रमित भइरहेको बेला हतार हतारमा अर्थतन्त्रको पुनः स्थापना गर्न खोज्नु हो भन्ने ठहर सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूले व्यक्त गरेका छन् ।
वासिङ्टन पोस्टको टिप्पणी लेखमा यसरी मूल्याङ्कन गरिएको छः ट्रम्प सरकारको नेतृत्वमा वैज्ञानिक तथा मुख्य सञ्चारमाध्यमबाट महामारी अवस्थालाई वास्तविकताभन्दा गम्भीर पारिएको विचार धेरै अमेरिकीहरूले गरेका छन् र राजनैतिक एजेन्डाको एक भाग बनेको छ । अमेरिकी समाचार वेभसाइटले हालै एक गोप्य दस्तावेज खुला गरिएको छ र यो दस्तावेज ह्वाइट ह्वाउस कोभिड–१९ विशेष कार्यटोलीको लागि तयार गरिएको हो । दस्तावेजमा अमेरिकाका १८ वटा राज्यलाई ‘रेड जोन’ मा राखिएको छ र ती राज्यहरूमा हरेक १ लाख जनामध्ये १०० जना भन्दा बढी सङ्क्रमित भएका छन् । साथै पीसीआर परीक्षणमा सङ्क्रमित निश्चित दर १० प्रतिशत भन्दा बढी भएका ११ वटा राज्यलाई पनि रातो क्षेत्रमा राखिएको छ ।
अर्थतन्त्रको पुर्नस्थापनाको लागि गत मै महिनामा विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिइसक्यो कि स्वदेशमा १४ दिनसम्म पीसीआर परिक्षामा सङ्क्रमित दर ५ प्रतिशतभन्दा कम हुनुपर्छ । तर, जुलाई १६ तारिखसम्म अमेरिकाका ३३ वटा राज्यमा गरिएका परीक्षणमा सङ्क्रमित दर ५ प्रतिशतभन्दा बढी भइरहेको छ । सीआरआई
Leave a Reply