भर्खरै :

एमालेले आफ्नो कर्तुत छोप्न बदर मत अन्य पार्टीलाई दिने अनैतिक तर्क गरेपछि

चांगुनारायण नगरपालिका वडा नं. ३ र ४ को मतगणनामा एमाले समर्थक कर्मचारीहरुले नेकाको १९४ मत, नेमकिपाको १४५ मत र राप्रपाको समेत केही मतको मुठा एमालेतर्फ राखी कम्प्युटरमा जम्मा गरेपछि उठेको विवाद टुंगिएन र मतगणना अझै शुरु भएन । एमाले समर्थक कर्मचारीहरुले गणनामा पक्षपात गरेपछि मतगणना भइसकेको वडा १ र २ पनि पुनः गणना गर्नुपर्ने आवाज उठ्यो । एमालेले आफ्नो कर्तुत छोप्न बदर मत अन्य पार्टीलाई दिने अनैतिक तर्क गरेपछि स्थिति झन असामान्य बन्योे । एमालकोे कर्तुत बुझेका अन्य पार्टीहरुले त्यस अनैतिक प्रस्तावलाई ठाडै अस्वीकार गरी वडा नं १ देखि नै पुनः मतगणना गर्नुपर्ने अडान राखे । आजै सा“झ ५ बजे बसेको सर्वदलीय बैठकमा पनि वडा नं.१ देखि नै पुनः मतगणना गर्नुपर्ने अडान नेका, नेमकिपा, राप्रपा र नया“ शक्तिलगायत पार्टीले राखे । मतगणनामा पक्षपात र धांधली गर्ने कर्मचारीहरुलाई अविलम्व बर्खास्त गर्नुपर्ने स्थानीय जनताको माग छ ।
यसबारे संयुक्त बक्तब्य प्रकाशित गर्न नेका,माओबादी,राप्रपा,नयांशक्ति र नेमकिपाका प्रतिनिधिहरुबीच छलफल भइरहेको जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *