भर्खरै :

खेलकुद र शारीरिक व्यायाम गरौँ

खेलकुदका गतिविधि र शारीरिक व्यायामको अभाव हुँदा कलिलो र युवाहरूमा धेरै थरी दीर्घरोगीहरू बढ्न थालेका छन् । कम उमेरमै युवाहरू अस्वस्थ बन्दा सिङ्गो समाज नै अस्वस्थ बन्दै जाने सम्भावना छ । राज्यले खेलकुद गतिविधिलाई सामाजिक जीवनको हिस्साको रूपमा अघि बढाउन प्रोत्साहन गर्नुपर्छ । विभिन्न उमेर समूहअनुसार उपयुक्त शारीरिक व्यायाम गर्न राज्यका निकायले व्यवस्थित अग्रसरता देखाउनुपर्छ । स्थानीय स्तरमै शारीरिक व्यायामका सहज पूर्वाधारको व्यवस्था हुँदा मानिस त्यस्ता गतिविधिमा उत्साहित हुनेछन् । केही समयबाहेक नोबेल कोरोना भाइरसको महामारीको समयमा पनि संसारभरका सञ्चारमाध्यमले खेल समाचारलाई निरन्तरता दिइरहे । यसरी महामारीको समयमा पनि खेल समाचारलाई प्राथमिकताका साथ प्रचार गर्नुको पक्कै केही अर्थ छ ।

कोरियाका मानिस पातला र फुर्तिला भएको’ उल्लेख छ । खासमा प्रजग कोरियामा हरेक युवालाई खेलकुद गतिविधिमा लाग्न अनिवार्य छ । अरू उमेर समूहका मानिसलाई पनि उमेरअनुसारका खेलकुद गतिविधिको निम्ति प्रोत्साहित गरिन्छ । त्यसकारण त्यहाँका जनता स्वस्थ र फुर्तिला भएका हुन् । कुनै बेला मोटोघाटो हुनुलाई स्वस्थ हुनुको सङ्केत मानिन्थ्यो । तर, आज यो मानकमा परिवर्तन हुँदै छ । मानिस मोटोघाटो हुँदैमा स्वस्थ हुने गर्दैन । माटोपना नै अस्वस्थ हुनुको सङ्केत भएको चिकित्सकहरूले सल्लाह दिइरहेका छन् ।

राजनीतिक दलसित सम्बन्धित युवा र विद्यार्थी सङ्गठनहरूले पनि खेलकुद गतिविधिमा लाग्न आफ्ना कार्यकर्ता र समर्थकहरूलाई उत्साहित गर्नुपर्छ । प्रजग कोरियाको भ्रमणपछि नेपालका एक जना कविले लेखेको महाकाव्यमा ‘प्रजग कोरियाका मानिस पातला र फुर्तिला भएको’ उल्लेख छ । खासमा प्रजग कोरियामा हरेक युवालाई खेलकुद गतिविधिमा लाग्न अनिवार्य छ । अरू उमेर समूहका मानिसलाई पनि उमेरअनुसारका खेलकुद गतिविधिको निम्ति प्रोत्साहित गरिन्छ । त्यसकारण त्यहाँका जनता स्वस्थ र फुर्तिला भएका हुन् । कुनै बेला मोटोघाटो हुनुलाई स्वस्थ हुनुको सङ्केत मानिन्थ्यो । तर, आज यो मानकमा परिवर्तन हुँदै छ । मानिस मोटोघाटो हुँदैमा स्वस्थ हुने गर्दैन । माटोपना नै अस्वस्थ हुनुको सङ्केत भएको चिकित्सकहरूले सल्लाह दिइरहेका छन् ।
स्वस्थ मानिसले नै देशको रक्षा गर्नसक्छ । देशमा आइलाग्ने हरेक किसिमका चुनौतीको सामना स्वस्थ मानिसबाट हुनसक्छ । स्वस्थ शरीर आफ्नो व्यक्तिगत हितको लागि मात्र होइन, सिङ्गो समाजको लागि पनि उपयोगी हुन्छ । स्वस्थ शरीरको लागि खेलकुद र व्यायाम अत्यावश्यक पक्ष हो । नेपालका खेलकुदसँग सम्बन्धित सरकारी निकायमा सधैँ झै–झगडा भएको मात्र समाचार आउने गर्छ । खेलकुद गतिविधिमा पनि शासक दलबीच घिनलाग्दो भागबन्डा र झगडा छ । खेलकुद क्षेत्र पनि कमिसन लुट्ने र विदेशमा घुम्ने बाटो बनेको छ । ती खेलकुद समितिहरूले सिङ्गो देशलाई खेलकुद गतिविधिमा लाग्न र स्वस्थ बन्न प्रोत्साहित गरेका छैनन् । नयाँ पुस्ताका युवाहरूले त्यस्ता काम न काजका खेलकुद निकायमा हुने भागबन्डामा सामेल हुनु फोहोरमा हामफाल्नुजस्तै हुनेछ । बरू सबै विद्यालय, कलेज, स्थानीय टीम, क्लव, सङ्गठन र समुदायले नै खेलकुद र व्यायामका गतिविधिमा लाग्न आफ्ना सदस्यलाई उत्साहित गर्नुपर्छ । स्वस्थ शरीरबाट नै हामीले विभिन्न खालका महामारी र रोगबाट आत्मविश्वासका साथ प्रतिकार गर्नसक्नेछौँ । खेलकुदलाई अब हाम्रो जीवनको अङ्गकै रूपमा अघि बढाउन जरुरी देखिएको छ । जसरी खाना खान र सुत्न हामीले केही समय छुट्याउने गर्छौं, त्यसरी नै व्यायाम र खेलकुद गतिविधिको निम्ति पनि केही समय छुट्याएर जीवन पद्धतिको रूपमा यसलाई निरन्तरता दिनुपर्छ । यस्तो जीवनशैली आजको लागि मात्र होइन, भविष्यको लागि पनि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *