कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
भक्तपुर, ९ साउन । “निर्वाचनमा पैसा बाँडेर जितेका सांसद र मन्त्रीहरूले देश र जनताको हितभन्दा व्यक्तिगत स्वार्थ हेरेकाले देशको विकास होइन विनास भइरहेको छ । भ्रष्टाचारी र कमिसन खाने नेताहरूलाई जनताले नै पाखा लगाउनेछन् । यसको लागि मजदुर, किसान, युवा, विद्यार्थी र महिलाहरूलाई राजनैतिक र सांस्कृतिकरूपले सचेत र शिक्षित गर्नुपर्दछ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपा भक्तपुर नगरपालिका २ वडा एकाइ समितिको आयोजनामा शुक्रबार सम्पन्न ‘श्रमिक’ साप्ताहिक अन्तरक्रिया कार्यक्रममा व्यक्त गनुभएको हो ।
समृद्ध समाज विकासको लागि नयाँ पुस्तालाई शिक्षित बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सचिव सुवालले भन्नुभयो, “स्मार्ट सिटी बनाउने नाममा सरकारमा जाने पार्टीहरूबाटै काठमाडौँ उपत्यकाको कला संस्कृति र सम्पदा ध्वस्त पार्ने र खेतीयोग्य जमीनहरू मासेर उपत्यकावासीलाई विस्थापित गर्न षड्यन्त्र भइरहेकामा जनता सचेत हुनु आवश्यक छ । सरकारले युवाहरूलाई स्वदेशमै रोजगारको बन्दोबस्त गर्नुपर्छ । रोजगारीको नाममा युवाहरूलाई सस्तो ज्यामीको रूपमा बहुराष्ट्रिय कम्पनीको सेवामा पठाएर देशको समृद्धि हुनेछैन ।” उहाँले भन्नुभयो ।
एमसीसीले अफगानिस्तानजस्तै नेपाललाई युद्धभूमि बनाउनेछ । एमसीसी इन्डोप्यासिफिक रणनीतिअन्तर्गतको सैनिक परियोजना हो । चीनलाई घेर्ने उद्देश्यले एमसीसी आएको हो, उहाँले जानकारी दिनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले नयाँ पुस्तालाई राजनैतिकरूपले सचेत पार्न ‘श्रमिक’ साप्ताहिकले प्रकाशस्तम्भको काम गर्दै आएको छ भन्नुभयो ।
उहाँले समस्यामा परेका शोषित–पीडित जनताको आन्दोलनमा सहयोग गर्नु कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूको कर्तव्य हुने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष रत्नकाजी नायोभारीको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष हरिप्रसाद बासुकला, श्यामसुन्दर मातां, पुरूषोत्तम नापित, तुल्सीराम धुख्वा र पुण्यराम स्वंगमिखाले पनि बोल्नुभएको थियो ।
Leave a Reply