भर्खरै :

नोबेल कोरोना भाइरसको उत्पत्तिबारे नयाँ बहस

उहानको प्रयोगशालामा नोबेल कोरोना भाइरस कहिल्यै पनि प्रयोगमा थिएन
उहान, १० साउन । नोबेल कोरोना भाइरसको महामारी फैलिरहेको समयमा भाइरसविद्हरू अग्रपङ्क्तिमा उभिएर यो नयाँ भाइरसको रहस्यका पोका पर्गेल्न दिनरात मिहिनेतका साथ लागेका थिए । उनीहरूको लक्ष्य नोबेल कोरोना भाइरसको महामारीविरुद्धको लडाइँलाई विज्ञानमा आधारित बनाउने थियो ।
यसबीच एक जना व्यक्तिलाई अनायासै चर्चाको शिखरमा पु¥याइयो । आफूले गरेको कामको उपलब्धको निम्ति कोही चर्चामा आएको थिएन । बरू कसैले चमेरोमा हुने कोरोना भाइरसबारे गरिरहेको अध्ययनको प्रयोगशालालाई षड्यन्त्र सिद्धान्तको निशाना बनाउँदा तिनी व्यक्ति चर्चामा आए ।

“संरा अमेरिकी डोनाल्ड ट्रम्पले हाम्रो इन्स्टिच्युटबाट सार्स कोभ–२ को भाइरस चुहिएको भनी दिएको अभिव्यक्ति पूर्णतः तथ्यसङ्गत छैन”, शीले भनिन् । उनले भनिन्,“यसले हाम्रो प्राज्ञिक कर्म र व्यक्तिगत जीवनमा समेत असर गरेको छ । ट्रम्पले त्यसवापत हामीसँग माफी माग्नुपर्छ ।”

उनको नाम हो, शी चेङ्ली । उनी उहान इस्स्टिच्युट अफ भाइरोलोजीका भाइरसविज्ञ हुन् । उनी विगत पन्ध्र वर्षभन्दा लामो समयदेखि भाइरसको अध्ययनमा लागेकी छिन् । आफ्नो अध्ययनको क्रममा उनले दर्जनौं प्राणघातक सार्सजस्ता भाइरसको पहिचान गरेकी छिन् । विशेषतः चमेरो बस्ने गुफामा पाइने त्यस्ता भाइरसको अनुसन्धानमा उनी सफल भएकी छिन् ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल कोरोनाभाइरसको उत्पत्तिलाई लिएर निकै उछालेको षड्यन्त्र सिद्धान्तमा शीको त्यही प्रयोगशालालाई दोषी औंल्याएका छन् । ट्रम्पको शब्दमा नोबेल कोरोना भाइरस शीको त्यही प्रयोगशालाबाट चुहिएको हो । अझ कपितपय मानिसले त उनको सोही प्रयोगशालाबाट नोबेल कोरोना भाइरसको उत्पत्ति गरिएको थियो । ट्रम्पको यस्तो दाबी र भनाईको संसारभरका वैज्ञानिकहरूले भत्र्सना गरेका छन् ।
नोबेल कोरोना भाइरस महामारीयता पहिलोपटक साइन्स म्यागाजिनमा बोल्दै भाइरसविज्ञ शीले भाइरसको उत्पत्ति र आफ्नो अनुसन्धानबारे बोलेकी छिन् । जुलाई १५ मा साइन्स पत्रिकाका प्रश्नको जवाफमा उनले विभिन्न प्रश्नको उत्तर दिएकी छिन् ।
“संरा अमेरिकी डोनाल्ड ट्रम्पले हाम्रो इन्स्टिच्युटबाट सार्स कोभ–२ को भाइरस चुहिएको भनी दिएको अभिव्यक्ति पूर्णतः तथ्यसङ्गत छैन”, शीले भनिन् । उनले भनिन्,“यसले हाम्रो प्राज्ञिक कर्म र व्यक्तिगत जीवनमा समेत असर गरेको छ । ट्रम्पले त्यसवापत हामीसँग माफी माग्नुपर्छ ।”
कुनै अज्ञात कारणले निमोनिया भएका बिरामीका स्याम्पलहरू परीक्षणको निम्ति उनको इन्स्टिच्युटमा सन् २०१९ को डिसेम्बर ३० मा पठाइएको थियो । “त्यसअघि हामीसँग यो भाइरसबारे कुनै सम्पर्क वा अध्ययन गरेका थिएनौं । हामीलाई त्यस्तो भाइरस छ भन्ने कुरा समेत थाहा थिएन”, उनले भने ।
“तत्कालै हामीले चीनका अन्य इन्स्टिच्युटसँग समानान्तर रूपमा यसबारे अध्ययन ग¥यौं । अनि यो भाइरसबारे हामीले पहिचान ग¥यौं”, उनले साइन्समा लेखेकी छिन् ।
जब भाइरस आफ्नो इन्स्टिच्युटबाट चुहिएको समाचार व्यापक प्रचारमा आयो, तब शीले प्रयोगशालाका सामग्री फाल्ने क्रममा कुनै गल्ती भएको थियो कि भनी विगत केही वर्षका रेकर्ड बुझ्नतिर लागिन् । उनले आफ्नो प्रयोगशालामा यसअघि अध्ययन गरिएका चमेरोमा हुने भाइरसको आणुवंशिक क्रम हाल फैलिएको सार्स कोभ–२ सँग कतै पनि मिलेको पाइनन् ।
उहानको भाइरस अध्ययनसम्बन्धी सो प्रतिष्ठानले वर्षौंको अध्ययनका क्रममा चमेरोमा पाइने सयौं भाइरसको पहिचान ग¥यो । तर, ती कुनै पनि भाइरस अहिले फैलिएको भाइरससँग कहीं पनि मिलेको पाइएन । हालै आरएटीजी १३ नामको चमेरोमा पाइने भाइरसबारे धेरै शङ्का उपशङ्का बाहिर आयो । त्यो भाइरस सार्स कोभ – २ सँग मिल्दोजुल्दो भाइरस भएकोले त्यस्तो शङ्का गरिएको थियो । तर, मिल्दोजुल्दो भनिएको ती दुई भाइरसको पुर्खा भने २० देखि ७० वर्षअघि नै अलग भएको देखिन्छ । त्यसअतिरिक्त आरएटीजी१३ नामको सो भाइरस शीको प्रयोगशालामा कहिल्यै अध्ययन गरिएको छैन । “त्यसकारण प्रयोगशालामा कुनै कमजोरीको सम्भावना पनि देखिंदैन”, शीले भनिन् ।
भाइरसविज्ञ शीले आफ्नो अध्ययन पद्धतिले कडा जैविक सुरक्षालाई ध्यान दिएको र प्रयोगशाला सरकारको अनुमतिप्राप्त कुनै पनि तेस्रो पक्षीय इन्स्टिच्युटले अनुसन्धान गर्न नसक्ने बताइन् ।

सुरुमा कोभिड–१९ भनी पहिचान गरिएका बिरामीहरू उहानको हैनानको समुद्री खानाको थोक बजारसँग सम्बन्धित थिए । तथापि, जनवरीको अन्त्यमा भएका दुई अलग अलग अध्ययनले पहिलो पटक कोभिड–१९ सङ्क्रमित बिरामीमध्ये ४५ प्रतिशतको सो बजारसँगै कुनै सम्बन्ध थिएन ।

सो प्रयोगशालामा काम गर्ने वैज्ञानिक र विद्यार्थीको स्वास्थ्य परीक्षणमा कसैमा पनि सार्ससम्बन्धी भाइरसको कुनै लक्षण देखिएको छैन ।
शीको सो सार्वजनिक अभिव्यक्तिको अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त वैज्ञानिकहरूले कदर गर्दै नयाँ जानकारीको लागि आभार व्यक्त गरेका छन् ।
भाइरसविज्ञ शीले नोबेल कोरोनाभाइरसको खास उत्पत्ति कहाँ भएको कुनै टुङ्गो नभए पनि त्यसको उत्पत्ति चमेरोबाट भएर सिधै मानिसमा वा कुनै माध्यमबाट मानिसमा सरेको हुन सक्ने बताएकी छिन् ।
सुरुमा कोभिड–१९ भनी पहिचान गरिएका बिरामीहरू उहानको हैनानको समुद्री खानाको थोक बजारसँग सम्बन्धित थिए । तथापि, जनवरीको अन्त्यमा भएका दुई अलग अलग अध्ययनले पहिलो पटक कोभिड–१९ सङ्क्रमित बिरामीमध्ये ४५ प्रतिशतको सो बजारसँगै कुनै सम्बन्ध थिएन ।
“धेरै सङ्ख्यामा सङ्क्रमित भेटिएको ठाउँ भने हैनानको सो थोक बजार हो”, उनले भनिन् ।
उनले साइन्स पत्रिकामा उहान इन्स्टिच्युट अफ भाइरोलोजी र ह्वाचोङ कृषि विश्वविद्यालयले पालेका वस्तुभाउ (जो उहान वरपर र हुपेई प्रान्तका विभिन्न क्षेत्रमा लगिएको थियो) मा कुनै त्यस्तो भाइरस फेला नपरेको बताइन् ।
चमेरोमा हुने सार्स–कोभ–२ भाइरससँग मिल्दोजुल्दो कोरोना भाइरस हुपेइ वरपर कहींकतै फेला नपरेको उनको अध्ययनले बताएको छ । यो अध्ययनले त्यो भाइरस अरू नै कहींबाट पशुपक्षीबाट मानिसमा सरेको हुन सक्ने तर्कलाई अझ बलियो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *