इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी
- श्रावण ९, २०८३
संरा अमेरिकाको हस्टनस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गर्ने संरा अमेरिकी निर्णय बिना पूर्वयोजना चालिएको कदम होइन । संसारको केन्द्र पूर्वतिर सर्दै गएपछि आफ्नो प्रभुत्व कायम राख्न संरा अमेरिकाले सिलसिलाबद्धरूपमा चालेका कदमको यो एउटा हिस्सा हो । पूर्व महाशक्ति देश संरा अमेरिका आज आफ्नै आन्तरिक राजनीतिको दलदलमा फसेको छ । अन्तर्राष्ट्रिय मामिलामा ऊ क्रमशः एक्ँिलंदै छ । उसको विश्वसनीया क्रमशः खस्कँदै छ ।
संरा अमेरिकी कदमप्रति चीनले सहजरूपमा प्रतिक्रिया जनाएको छ । चीनले छङ्तुस्थित संरा अमेरिकी वाणिज्य दूतावासप्रति आफ्नो सहमति फिर्ता गरेको छ । तर, चीनले यो कदम अपमानपूर्वक उठाएको छैन । हस्टनको चिनियाँ वाणिज्य दूतावास बन्द गर्ने संरा अमेरिकी निर्णयको प्रभाव आगामी महिनामा उसले क्रमशः महसुस गर्दै जानेछ । चीनले संरा अमेरिकी निर्णयको सन्तुलित जवाफ मात्र फर्काएको छ ।
आफ्नो कुनै पनि गलत सल्लाहमा आधारित कदमको सुविचारित र दृढ प्रतिक्रिया भोग्नुपर्ने सन्देश संरा अमेरिकामा पठाइएको छ । जस्तालाई तस्तै खालको प्रतिक्रियाको सट्टा संरा अमेरिकाले त्यस्ता परिणाम भोग्दै जानुपर्नेछ जसले उसका नीतिगत पाखण्ड उजागर हुँदै जानेछन् ।
संरा अमेरिकी नीति निर्माताहरू आफ्नो सरकारका स्वार्थ पूरा गर्ने ध्याउन्नामा लागेका छन् । यसो गर्दै गर्दा आजको संसार बहुधु्रवीयतातिर अगाडि लम्किरहेको कुरा उनीहरूले हेक्कै राख्न सकेनन् । उनीहरूले पछ्याइरहेको रणनीतिले उनीहरूले शत्रु ठानेकालाई अझ प्रगति गर्न मद्दत मात्र गरिरहेको छैन, बरु उसका आफ्ना सहयोगी देशहरू समेतलाई ऊसँग सहकार्य गर्न असजिलो अवस्थामा पु¥याइदिएको छ । सधैँ हातमा बन्दुक लिएको र ट्रिगर दबाइरहन मन पराउने साम काका (अङ्कल साम) सँग काम गर्न असजिलो त हुने नै भयो ।
आजको जमाना उच्च सम्पर्क (हाइपर–कनेक्टिभिटी) को जमाना हो । यस्तो समयमा एक अर्को देशले आपसी चासो, हित र संवेदनशीलतालाई बुझ्न जरुरी हुन्छ । एक अर्काको सहअस्तित्वको माग अझ बढेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको शासन भएको संरा अमेरिकाले आफ्नो अमेरिकी प्रथम नीतिमार्फत सहकार्यका सबै मूल्यमान्यता चकनाचुर बनाएको छ । परिणामतः उसका आन्द्र महासागरका मित्रहरूले ऊसँगको व्यवहारमा असजिलो महसुस गरिरहेका छन् । एसियाका उसका साझेदारहरू आफ्नो स्वार्थको लागिमात्र काम गर्ने र कमजोर बन्दै गएको संरा अमेरिकामाथि भर पर्ने विषयमा पुनः विचार गर्न थालिसकेका छन् ।
त्यसकारण, संरा अमेरिकाको अतार्किक, अस्थिर र असमञ्जस व्यवहारको कारण ऊ बदनाम भएको छ । उसको त्यस्तो व्यवहारले आफ्नै सहयोगी देशलाई समेत अलमलमा धकेलेको छ । बितेका चार वर्षमा संरा अमेरिकाका साझेदारहरूले ऊसँग कुनै दीर्घकालीन योजना बनाउन सकेका छैनन् । ट्रम्पले कसको विषयमा भोलि बिहान कस्तो खालको आक्रामक ट्वीट लेख्छन् भन्ने कुरा कसैले पनि यसै भन्न सक्ने अवस्था छैन ।
अहिले संरा अमेरिकामा राष्ट्रपति चुनाव नजिकिँदै छ । त्यसकारण, अवस्था अझ खराब बन्दै गएको छ । आफ्ना राजनीतिक प्रतिपक्षीविरुद्ध ट्रम्पको आक्रोश चीनमाथिको हमलासम्म विस्तार भइरहेको छ । ट्रम्पको रिपब्लिकन दल उनको अर्थहीन षड्यन्त्र सिद्धान्तको छेउटुप्पो भेट्टाउन असमर्थ छ । आगामी निर्वाचनमा चीनलाई संरा अमेरिकी शत्रुको रूपमा चित्रण गर्ने निर्णय रिपब्लिकन पार्टीले गरेको छ । हालसालै सार्वजनिक भएको रिपब्लिकन पार्टीको आन्तरिक सर्कुलरबाट यो कुरा संसारलाई थाहा भयो ।
व्यापारमा रोक, सञ्चारमा निषेध, कोभिड–१९ नियन्त्रणमा असफलताको दोषारोपण वा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने विधेयक ल्याएर रिपब्लिकन पार्टीले संरा अमेरिकी जनतालाई चीनबारे सोच्न लगाइरहेको हुन्छ । चीनको बारेमा सोच्दासोच्दै संरा अमेरिकी जनताले ट्रम्पको असफलताबारे सोच्न फुर्सद पाउँदैनन् । यो सबै आगामी नोभेम्बर महिनामा हुने संरा अमेरिकी चुनावअघि हुँदै छ ।
कूटनीतिक क्षेत्रमा अहिलेको तिक्त अवस्था चीनको चाहना नभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । बरु चीन ‘द्वन्द्वरहित, तनावरहित, आपसी सम्मान र सबैको जीत हुने सहकार्य’ मा आधारित सम्बन्ध चाहन्छ । यदि संरा अमेरिका शताब्दियौैँ पुरानो सभ्यतालाई तर्साउने प्रयास गर्छ भने भीरबाट खस्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न ।
चीनविरुद्धको अतिरञ्जनापूर्ण प्रचारबाजीको उचाई यति माथिसम्म पु¥याइएको छ, कदाचित नोभेम्बर महिनाको चुनावमा जो बाइडेन निर्वाचित भइहाले उनलाई यो सबै प्रचारको असर कम बनाउन पनि धेरै समय लाग्नेछ । अमेरिकाले आज सामना गरिरहेका सबै समस्याको जड नै चीन भएको भनी संरा अमेरिकी सञ्चारमाध्यम र राजनीतिक पण्डितहरूको सोचाईले चीनलाई शत्रुको रूपमा व्यवहार गर्ने होइन, बरु सहकार्य गर्नुपर्ने अनुभवी राजनीतिक नेताहरूले गर्दै आएको दशकौँको कूटनीतिक पहल माटोमा मिलाइदिन बेर लाग्दैन ।
अर्कोतिर राष्ट्रपतिको आकाङ्क्षा बोकेका अहिलेका विदेश सचिव माइक पम्पेओ पनि छन्, जसले सिङ्गो कूटनीतिक क्षेत्रलाई आफ्नो दलगत स्वार्थमा दुरुपयोग गरिरहेका छन् । जो बाइडेनको खेदा खन्न पम्पेओका नेताले जसरी युक्रेनमा संरा अमेरिकाले दिंदैआएको सैनिक सहायताको दुरुपयोग गरे, त्यसरी नै उनले अमेरिकी करदाताको पैसा र संसारको दोस्रो ठूलो अर्थतन्त्रसँगको कूटनीतिक सम्बन्धको दुरुपयोग गर्दै राष्ट्रपति भवनतिरको यात्राको तयारी गरिरहेका छन् । सारमा संरा अमेरिकाको आन्तरिक राजनीतिको झगडा सीमाबाहिर पोखिदैँ छ र अन्तर्राष्ट्रिय कूटनीतिक मान्यतालाई प्रभाव पारिरहेको छ ।
छङ्तुस्थित संरा अमेरिकी वाणिज्य दुतावासको लागि सहमति फिर्ता लिने चीनको प्रतिक्रियाले चीन र त्यहाँको नेतृत्व आफ्नो हितमा दृढ रहेको प्रस्ट हुन्छ । संरा अमेरिका शत्रुतापूर्ण मुद्दा उछाल्न फोहोरी चालबाजी खेलिरहेको छ । यसले उसका शत्रु र मित्र दुवैको सार्वभौमिकतामा दखल पु¥याइरहेको छ । यो घटनाले चीन आफूविरुद्धको कुनै पनि कदमलाई चुपचाप सहेर बस्दैन भन्ने कुरा प्रस्ट पारेको छ ।
कूटनीतिक क्षेत्रमा अहिलेको तिक्त अवस्था चीनको चाहना नभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् । बरु चीन ‘द्वन्द्वरहित, तनावरहित, आपसी सम्मान र सबैको जीत हुने सहकार्य’ मा आधारित सम्बन्ध चाहन्छ । यदि संरा अमेरिका शताब्दियौैँ पुरानो सभ्यतालाई तर्साउने प्रयास गर्छ भने भीरबाट खस्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न ।
स्रोत ः सीजीटीएन
नेपाली अनुवाद ः सुशिला
Leave a Reply