इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी
- श्रावण ९, २०८३
जुलाई २७ मा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटले त्यहाँको संसदमा दिएको वार्षिक सम्बोधन (स्टेट अफ द नेसन एड्रेस) मा दक्षिण चीन सागरको मुद्दालाई कूटनीतिक मुद्दाको रूपमा व्यवहार गर्नुको आफूसँग ‘अर्को विकल्प’ नभएको र अर्को विकल्पको खोजी गर्नु भनेको चीनसँग युद्ध हुने बताए ।
दुई साताअघि मात्र दक्षिण चीन सागरमाथि चीनको दाबीलाई वाशिङ्टनले ‘अवैध’ भन्दै त्यहाँ पेइचिङविरुद्ध शक्ति प्रदर्शनको रूपमा सैनिक अभ्यास गरेको थियो । संरा अमेरिकाले सो क्षेत्रमा युद्धउत्तेजना फैलाउने गतिविधि गरिरहेको बेला फिलिपिन्सका राष्ट्रपति डुट्रेटको अभिव्यक्ति आएको हो ।
संसारभर संरा अमेरिकाको सहयोगी देशको रूपमा जानिएको फिलिपिन्सका राष्ट्रपतिको यस्तो भनाइलाई वाशिङ्टनको दबाबसामु लत्रन नचाहेको अर्थमा बुझिएको छ । यसले बाँकी संसारका कति सीमित शक्तिमात्र संरा अमेरिकासँगै यो सङ्कटमा हालफाल्न तयार छ भन्ने कुरा प्रस्ट पारेको छ ।
अहिलेको परिस्थितिमा वाशिङ्टनले चीनमाथि दबाब दिन सम्भव भएका सबै सहयोगीलाई आफूतिर तान्न खोजिरहेको छ । डुट्रेट र उनको सरकारले संरा अमेरिकी सैनिक कारबाहीप्रति समर्थन गर्दो हो त पक्का पनि उनलाई डोनाल्ड ट्रम्प सरकारले आशीर्वाद दिने थियो । फिलिपिन्सले सन् २०१६ मा संयुक्त राष्ट्र सङ्घीय मध्यस्थता अदालतले सो क्षेत्रमा पेइचिङको दाबीलाई अवैध मानेको निर्णयमाथि पुनरावेदन दिएको छ । तथापि उसले यो विषयलाई धेरै उछाल्न चाहेको छैन ।
“हेर्नोस्, जबसम्म हामी युद्धमा जान तयार हुँदैनौँ, त्यत्तिबेलासम्म हामीले यो मुद्दालाई कूटनीतिक विषयमै सीमित राख्नु उपयुक्त हुन्छ”, उनले भने । गत साता फिलिपिन्सका विदेशमन्त्री टेडोरो लोस्किन जुनियरले पनि यस्तै आशयको भनाइ सार्वजनिक गरेका थिए ।
उनीहरूको यो अभिव्यक्ति संरा अमेरिकी सैनिक सहायताको लागि पर्दा पछाडिको आह्वान होइन । बरु त्यसको ठीकविपरीत हो ।
डुट्रेटले आफ्नो भाषणमा हालै चीनका राष्ट्रपति सी चिनफिङसँगको कुराकानीमा कदाचित चीनले कोभिड–१९ को औषधि आविष्कार गरे फिलिपिन्सलाई पनि उपलब्ध गराउने विषयमा कुराकानी गरेको बताए । गत महिना दुई नेताबीच सो विषयमा कुराकानी भएको थियो । डुटे«टको निम्ति यतिबेला दक्षिण चीन सागरमा युद्धको परिस्थिति उछाल्नुभन्दा नोवेल कोरोना भाइरसको महामारी रोकथामको लागि आपसी हितको निम्ति काम गर्नु महत्वपूर्ण विषय हो ।
दुई देशका प्रमुखबीच यस्तो उच्च तहको संवादलाई अन्तर्राष्ट्रिय जगतले महत्वका साथ लिएको छ । यसले दक्षिण चीन सागरमा द्वन्द्व नचर्काउने चीनको चाहना प्रस्ट हुन्छ ।
यसको तुलना संरा अमेरिकी नेताहरूसँग गर्नु उपयुक्त हुन्छ । संरा अमेरिका विदेशमन्त्री माइक पम्पेओले गत साता चीनको सरकारमाथि धम्कीको भाषा बोलिरहेका थिए ।
पूर्वराष्ट्रपति रिचर्ड निक्सनको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै पम्पेओले चीनमा ‘परिवर्तन’ (सत्तापरिवर्तन) हुनुपर्ने धारणा राखेका थिए । यद्यपि यो कुरा बोल्दै गर्दा उनी निकै आत्तिएका र अलमलिएका थिए ।
पेम्पेओले संसारभरका सबै संरा अमेरिकी सहयोगी देशहरू चीनलाई घेर्न लागिरहेको बताए । यो कुरा सत्य होइन । उदाहरणको लागि युरोपेली सङ्घलाई लिऔं । पम्पेओले युरोपेली सङ्घलाई अमेरिकाको नयाँ शीतयुद्धलाई खेलौनाको रूपमा व्याख्या गरे । एक साताअघि मात्र युरोपेली सङ्घले चीनसँग पहिलो प्रमुख दुई पक्षीय व्यापार सम्झौता ग¥यो । यो वर्षको अन्त्यसम्ममा युरोपेली सङ्घ र चीनबीच बिस्तृत लगानी सम्झौता हुने तयारी भइरहेको छ ।
पम्पेओले हिन्द–प्रशान्त क्षेत्रलाई चीनमाथि दबाब दिन संरा अमेरिका र उसका सहयोगी देशहरूको निम्ति महत्वपूर्ण रणनीतिक बिन्दु मानेका छन् । तर, फिलिपिन्स यसमा सहभागी बन्न नचाहनुबाट संरा अमेरिकी यो रणनीतिक कति कमजोर धरातलमा उभिएको छ भन्ने प्रस्ट हुन्छ ।
मे महिनामा असंलग्न देशहरूको अनलाइन सम्मेलन भएको थियो । असंलग्न आन्दोलनमा संसारका बहुमत जनता सामेल छन् । मे महिनाको सो सम्मेलनले गरेको घोषणा र वाशिङ्टनको पछिल्लो कामबीच ठुलो विरोधाभास छ । असंलग्न आन्दोलनको सो सम्मेलनले बहुपक्षवादको समर्थन गरेको छ । विश्व स्वास्थ्य सङ्गठनलाई पूर्ण समर्थन गरेको छ । सार्वभौम देशमाथिको एकपक्षीय हस्तक्षेपकारी कदमको विरोध गरेको छ । साथै विश्वका सबै देशबीच ऐक्यबद्धताको लागि आह्वान गरेको छ । असंलग्न आन्दोलनका यी सबै निर्णय वाशिङ्टनका विदेश नीतिसँग बेमेल राख्छन् ।
इतिहासको अरू कुनै पनि बेलाभन्दा यतिबेला वाशिङ्टनको कुनै पनि मूल्य मान्यता कति खोक्रो छ भन्ने कुरा छर्लङ्ग बनाएको छ । संरा अमेरिका आज पूर्णतः अराजक देश बनेको छ । कोरोना भाइरसको नियन्त्रणमा उसको असफलताले अब उसमाथि भर पर्ने अवस्था पनि अन्त्य भएको छ । कोरोनाको कारण त्यहाँ एक लाख ५० हजार मानिसको निधन भएको छ । करोडौँ मानिस स्वास्थ्य बिमाबाट वञ्चित भएका छन् । करोडौं मानिसले आफू बस्दै आएको घरबाट उठीबास भएको छ । करोडौँ मानिस कामबाट निकालिएका छन् र तनावको जीवन बिताउन बाध्य छन् ।
प्रहरी अधिकारीहरूले एक जना निःशस्त्र कालो वर्णका अमेरिकी नागरिकको निर्मम हत्या पछि संरा अमेरिकाका आन्दोलनको उभार उठेको छ । संरा अमेरिकाको कमजोर अर्थतन्त्र र कोरोना भाइरसको कहरबीच यो समस्या थपिएको छ ।
यी सबै समस्याको गम्भीरतापूर्वक समाधान गर्नुको सट्टा ट्रम्प सरकार चीनलाई बलिको बोका बनाउन खोजिरहेको छ । उसमाथिको विश्वास सबै टुक्रेको छ । चीनविरुद्धको यो पछिल्लो प्रचारबाजी र उत्तेजनात्मक अभिव्यक्ति राजनीतिक विषयान्तरको लागि हो वा असफल वैचारिकीको इमानदारी स्वीकारोक्ति ¤ तथापि वाशिङ्टनका अभिव्यक्तिको कुनै तुक छैन ।
यो वास्तविकता बुझेर बाँकी संसार यो अर्थहीन बाटोमा हिँडेर संरा अमेरिकासँगै भीरमा खस्न कोही पनि चाहँदैन ।
स्रोत ः सीजीटीएन
नेपाली अनुवाद ः सुमन
Leave a Reply