गणितीय दौड प्रतियोगिता सम्पन्न
- श्रावण १०, २०८३
भक्तपुर, १३ साउन । सङ्घीय सरकारअन्तर्गत भक्तपुर जिल्लामा निर्माण भइरहेको सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र नाप नक्सासमेत नभएको खबर छ । थिमि–गाम्चा–तर्खगाल–महादेवस्थान–कालिका डाँडा–रानीकोट सडक, नाला सडक सल्लाघारी भंगाल वडा कार्यालय अरनिको राजमार्ग जोड्ने सडक, आदर्श चोक –वडा कार्यालय–घ्याम्पे डाँडा सडक, भत्केको पाटी जितपुर–चरेली कलमसी–नगरकोट वैकल्पिक सडक, चाँगुनारायण द्रुतमार्ग, कमलविनायक (भत्केको पाटी) ओमकारेश्वर मन्दिरदेखि पाइप लाइन सडक, चाँगु नपा–३ गेलाल गाउँ–ज्योति लिङ्गेश्वर सडकलगायत योजनाहरूको थप बजेट १०–१० करोड रुपैयाँ तत्तत् निर्वाचित क्षेत्रका सांसदहरूको आग्रहमा विनियोजित गरिएको भनी सङ्घले बजेट छुट्याई ठेक्कापट्टाको लागि सञ्चालित जिल्ला सडक डिभिजन कार्यालयलाई परिपत्र ग¥यो । तर, सङ्घ र सम्बन्धित कार्यालयले सांसदहरूलाई कुनै जानकारी नदिएको हुँदा योजनामा सरकार र तिनका कार्यकर्ताहरूको मनपरी भएको पुष्टि हुन्छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालय एवम् यसअन्तर्गतका कार्यालयहरू खराब ठेकेदारहरूको चङ्गुलमा परेको पुरानो समाचार हो । जनताले तिरेको राजस्व विकासको नाममा लुटपाट गर्न काम कहिले रोकिएन भन्दै सर्वसाधारण जनता प्रश्न गर्दै छन् । राजधानीमा यो स्थिति भए जिल्ला जिल्लामा के होला ?
Leave a Reply