इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी
- श्रावण ९, २०८३
वाशिङ्टन, २९ जुलाई । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हालै ह्वाइट हाउसका स्वास्थ्य सल्लाहकारबाट हटाइएका सरूवा रोगविज्ञ एन्थोनी फाउसीको जनस्तरमा लोकप्रियता बढेको चिन्ता भएको छ । कोभिड–१९ को महामारी नियन्त्रणमा आफ्नोभन्दा डा. फाउसीको लोकप्रियता बढेपछि ट्रम्पलाई असह्य भएको हो ।
“उन (डा.फाउसी) को लोकप्रियता बढिरहेको छ । त्यसको अनुपातमा किन मेरो र सरकारको लोकप्रियता बढिरहेको छैन ?”, राष्ट्रपति कार्यालयमा आयोजित पत्रकार भेटघाटमा ट्रम्पले प्रश्न गरे ।
यो कुरा रोचक छ । उनको लोकप्रियता निकै बढिरहेको छ । म त्यसमा खुसी छु । यो राम्रो कुरा हो । तर, सबैले के कुरामा हेक्का राख्न जरूरी छ भने उनी अमेरिकी सरकारको लागि काम गरिरहेका थिए । ट्रम्पले भने, “हामीले उनको सट्टामा अर्को कोही पनि व्यक्ति राख्नसक्थ्यौँ । हामीले छान्ने व्यक्ति डा.फाउसी नै हुनुपर्छ भन्ने थिएन ।”
ट्रम्पले पत्रकार भेटघाटमा राष्ट्रपति कार्यालयका कोरोना प्रतिरोध कार्यक्रमका संयोजक डेबोरा बिर्कलाई पनि ‘आवश्यकताभन्दा बढी उचालेको’ भनेका छन् ।
उनले भने, “उनीहरू माथि उचालियो । तर, कोही मजस्तो हुनसक्दैन । त्यो मेरो व्यक्तित्वमात्र हुनसक्छ ।”
संरा अमेरिकाका विभिन्न मत सर्वेक्षण संस्थाले महामारीको सुरूबाटै डा.फाउसी अमेरिकी जनताले सबभन्दा बढी पत्याएका व्यक्ति भएको देखाएको छ । डा. फाउसी सन् १९८४ देखि संरा अमेरिकी सरूवा रोग प्रतिष्ठानका निर्देशक हुन् ।
सर्वेक्षणमा भाग लिएका जनताले कोभिड–१९ बारे ट्रम्पले दिएका सूचनाभन्दा डा. फाउसीले भनेका कुरालाई पत्याएको नतिजाले देखाएको छ ।
डा. फाउसीलाई सल्लाहकारको भूमिकाबाट हटाउनुअघि ट्रम्पसँग मतभेद बढेको थियो । ट्रम्पले उनी आवश्यकताभन्दा बढी सावधान गर्ने व्यक्तिको रूपमा आलोचना गरेका थिए ।
७९ वर्षका डा. फाउसीले गत सातामात्र कोरोना भाइरसलाई निमूर्लन गर्न अझै समय लाग्ने भए पनि महामारीलाई नियन्त्रणमा लिन सकिने बताएका थिए ।
“यो भाइरस निर्मूलन नै भइहाल्ने सम्भावना त मैले देखिहालेको छैन । मेरो विचारमा राम्रो जनस्वास्थ्य पूर्वाधार, विश्वव्यापी प्रतिरक्षा क्षमतामा वृद्धि र राम्रो औषधिको विकास सबैले प्रभावकारी काम गर्दा हामीले यो वर्ष वा अर्को वर्षसम्म महामारी भने नियन्त्रणमा ल्याउन सक्नेछौँ । तर, म पूर्णतः विश्वस्त भने होइन”, उनले भने ।
Leave a Reply