कुरो प्राचीनकालीन इतिहासजस्तो लागे पनि कोभिड–१९ महामारीको कारण संसारभरको अर्थतन्त्र ठप्प भएको धेरै समय बितिसकेको छैन । धेरै मानिसले कोभिड–१९ महामारीमा अर्थतन्त्रले थोरै समय आराम गरेर पछि अङ्ग्रेजी वर्ण ‘भी’ को आकारमा पुनः स्थापना हुने अनुमान गरेका थिए । दुई महिनापछि अर्थतन्त्र जहाँ फसेको थियो, त्यहींबाट उचाइ लिने अपेक्षा गरिएको थियो ।
यस्तै अनुमानमा सबैले चित्त बुझाएका थिए । तर, आज हामी जुलाई महिनामा छौँ । ‘भी’ आकारको पुनः स्थापना आज ‘मनको लड्डु’ बनेको छ । महामारीपछि अर्थतन्त्रको पुनः स्थापना महामारी सम्हाल्न धौधौ भएका देशजस्तै संरा अमेरिकामा मात्र होइन, महामारीलाई राम्ररी व्यवस्थापन गरेका देशको निम्ति समेत हम्मेहम्मे भएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०२१ को अन्त्यसम्ममा संसारको अर्थतन्त्र मुस्किलले सन् २०१९ को अन्त्यतिरको अर्थतन्त्र जति मात्र ठुलो हुने अनुमान गरेको छ । संरा अमेरिका र युरोपेली देशको अर्थतन्त्र त अझ सन् २०१९ को तुलनामा ४ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ ।
अहिलेको आर्थिक अवस्थालाई दुई तहमा बुझ्न सकिन्छ । बृहत् अर्थतन्त्रले हामीलाई अब खर्च घट्ने बताउँछ । त्यसले परिवार र व्यापारिक एकाइ (फर्म) को आम्दानी घटाउनेछ । जसले धेरैलाई टाट पल्टिएको अवस्थामा पु¥याउनेछ । व्यापारिक एकाइको साङ्गठनिक र अभौतिक पुँजी ध्वस्त बनाउँछ । महामारी र त्यसपछिको नीतिगत समाधानको अनिश्चयले व्यापारिक एकाइहरूलाई बलियो पूर्वसावधानीका कदम चाल्न बाध्य बनाउँछ । अर्कोतिर सूक्ष्म अर्थतन्त्रले मानिसको निकट सम्पर्कमा भाइरसले जस्तो व्यवहार देखाउँछ, करले पनि त्यस्तै व्यवहार देखाउने बताउँछ । यसप्रकार उपभोग र उत्पादन ढाँचामा अहिलेको अवस्थाले ठुलो परिवर्तन निम्त्याउँछ । जसले बृहत् संरचनागत रूपान्तरणतिर डो¥याउँछ ।
आर्थिक सिद्धान्त र इतिहास दुवैबाट हामीलाई के थाहा छ भने बजार एक्लैले मात्र यस्ता सङ्क्रमणकालीन समयको व्यवस्थापन गर्नसक्दैन । विशेषतः यस्ता सङ्क्रमणकाल जति अचानक आइलाग्छ, त्यत्ति नै यसको व्यवस्थापन गर्न कठिनाइ हुने गर्छ । विमानको कर्मचारीलाई सजिलै जुमको प्राविधिक त बनाउन सकिन्न नि । कदाचित हामीले त्यसो गर्नसक्यौँ नै भने पनि अहिले हामीले बिस्तार गरिरहेका क्षेत्र मुख्यतः न्यून श्रम आधारित र बढी सीपमा आधारित छन् ।
हामीलाई के पनि थाहा छ भने बृहत् संरचनागत रूपान्तरणले परम्परागत किन्सिएन समस्या सिर्जना गर्नसक्छ । त्यसले अर्थशास्त्रीहरूको शब्दमा आम्दानी र विस्थापन प्रभाव पार्दछ । आज मानिस–मानिसबीच सम्पर्क नहुने क्षेत्रको विस्तार भएको छ । ती क्षेत्रको तुलनात्मक आकर्षणले पनि उनीहरूको प्रगति भएको देखाउँछ । महामारीको कारण खुम्चिएका क्षेत्रमा आयको कटौतीले निम्त्याएको खर्च कटौतीलाई अहिले नयाँ विस्तार भएका क्षेत्रको आम्दानीले सजिलै उछिन्छ ।
महामारीको कारण निम्त्याउने तेस्रो प्रभाव भनेको असमानतामा वृद्धि । मेसिनलाई भाइरस सङ्क्रमण हुँदैन । त्यसकारण, रोजगारदातालाई कामदारभन्दा मेसिन नै बढी प्यारो हुन्छ । तुलनात्मकरूपमा बढी अर्धदक्ष कामदार प्रयोग हुने सङ्क्रमणको जोखिम क्षेत्रमा कामदारभन्दा मेसिन नै बढी आकर्षक हुनेछन् । धनी मानिसभन्दा न्यून आय भएका मानिसले जीवनका आधारभूत आवश्यकतामा आफ्नो आम्दानीको ठुलो हिस्सा खर्च गर्नुपर्ने भएकोले असमानतामा कुनै स्वचालित ¥हास सङ्कुचित हुन्छ ।
यी सबैभन्दा माथि आर्थिक शिथिलताका दुई थप कारण छन् । सन् २००८–००९ को आर्थिक सङ्कटमा जस्तै मौद्रिक नीतिले केही व्यापारिक एकाइलाई अस्थायी तरलीकरणको समस्या समाधान गर्न मद्दत गर्छ । तर, यसले कर चुक्ताको समस्या समाधान गर्नसक्दैन । न त व्याजदर शून्यको नजिक पुगिसकेको अवस्थामा अर्थतन्त्रलाई उकास्न नै सक्छ ।

सबभन्दा खाँचो परेका समुदायको सुरक्षा, अनावश्यक टाटपल्टाइबाट जोगाउन तरलताको सिर्जना र कामदार तथा व्यापारिक एकाइबीच सम्बन्ध कायम राख्ने आदि कामले उपयुक्त समय आउनेबित्तिकै उत्पादन पुनः सुचारु गर्न मद्दत गर्छ ।
यस्ता स्वाभाविक मुद्दाबीच पनि निर्णय गर्न असजिला केही कुरा पक्कै छन् । जस्तै सङ्कट आरम्भ हुनुअघि नै आर्थिक अवनति भोग्दै गरेका पुराना व्यापारीलाई अब अनुदान दिएर उकास्न सकिन्न । त्यसो गर्नु भनेको थप समस्यामा हामफाल्नु हुनेछ । जसले अन्ततः गतिशीलता र वृद्धिलाई अवरोध पु¥याउँछ । आफैँ ऋणमा पूरै डुबिसकेका व्यापारिक एकाइलाई पनि हामी अनुदान दिएर उकास्न सक्दैनौँ । संरा अमेरिकी केन्द्रीय बैङ्कले घाटामा गएका कम्पनीहरूलाई तिनका सम्पत्ति किनेर सहयोग गर्ने भनी ल्याइएको कार्यक्रम गल्ती हो ।

संरा अमेरिका र अरू केही देशहरूमा बढ्दो घाटा र ऋणप्रति ‘अनुदार’ आलोचना वित्तीय प्रवद्र्धनको बाटोमा अवरोध बनेर उभिएको हुन्छ । सन् २०१७ मा अर्बपति र व्यापारिक कम्पनीको करमा गरिएको कटौती, सन् २००८ मा वाल स्ट्रिटलाई दिइएको अनुदान र यो वर्ष ठुला कम्पनीहरूलाई दिएको सहायताको लाभ उठाउने मानिस उही छन् । तर, सबभन्दा पीडितलाई बेरोजगारी भत्ता, स्वास्थ्य सेवा र अन्य आवश्यक सहायता दिने कुरालाई उपेक्षा गरिएको छ ।
महामारी सुरु भएयता हाम्रा अल्पकालीन प्राथमिकता प्रस्ट भएका छन् । स्वाभाविकरूपमा स्वास्थ्य आपतकालको समाधान गर्नुपर्छ किनभने भाइरस नियन्त्रण नभई आर्थिक पुनः स्थापनाको कुनै सम्भावना हुँदैन । स्वास्थ्य आपत्काल भन्नाले व्यक्तिगत सुरक्षा सामग्रीजस्ता अत्यावश्यक सामग्रीको आपूर्ति र अस्पतालको क्षमता वृद्धि आदि हुन् ।
सबभन्दा खाँचो परेका समुदायको सुरक्षा, अनावश्यक टाटपल्टाइबाट जोगाउन तरलताको सिर्जना र कामदार तथा व्यापारिक एकाइबीच सम्बन्ध कायम राख्ने आदि कामले उपयुक्त समय आउनेबित्तिकै उत्पादन पुनः सुचारु गर्न मद्दत गर्छ ।
यस्ता स्वाभाविक मुद्दाबीच पनि निर्णय गर्न असजिला केही कुरा पक्कै छन् । जस्तै सङ्कट आरम्भ हुनुअघि नै आर्थिक अवनति भोग्दै गरेका पुराना व्यापारीलाई अब अनुदान दिएर उकास्न सकिन्न । त्यसो गर्नु भनेको थप समस्यामा हामफाल्नु हुनेछ । जसले अन्ततः गतिशीलता र वृद्धिलाई अवरोध पु¥याउँछ । आफैँ ऋणमा पूरै डुबिसकेका व्यापारिक एकाइलाई पनि हामी अनुदान दिएर उकास्न सक्दैनौँ । संरा अमेरिकी केन्द्रीय बैङ्कले घाटामा गएका कम्पनीहरूलाई तिनका सम्पत्ति किनेर सहयोग गर्ने भनी ल्याइएको कार्यक्रम गल्ती हो । वास्तवमा सरकारको यो निर्णय नैतिक सङ्कटको एउटा सान्दर्भिक दृष्टान्त पनि हो । सरकारले व्यापारीलाई उनीहरूकै कमजोरीले निम्तिएको अवस्थाबाट कदापि जोगाउन मिल्दैन ।
कोभिड–१९ हामीबीच लामो समय रहिरहने देखिन्छ । त्यसकारण, हामीले हाम्रो प्राथमिकताका क्षेत्र निक्र्योल गरी खर्च गर्नुपर्छ । महामारीले सताइरहेको बेलामा अमेरिकी समाज जातीय र आर्थिक असमानताको घाउले अझ पीडित बनेको छ । अमेरिकी समाजको स्वास्थ्य अवस्था अझ खस्केको छ । जीवाष्म इन्धनको विध्वंसात्मक निर्भरता बढेको छ । विभिन्न क्षेत्रमा सरकारको खर्च अत्याधिक बढिरहेको बेलामा सामाजिक र जातीय न्यायको पक्षमा, स्वास्थ्य क्षेत्रको सुधार, वातावरण संरक्षण र ज्ञानमा आधारित अर्थतन्त्रको विकासमा योगदानको लागि कम्पनीहरूसमक्ष माग गर्ने अधिकार जनताले राख्छन् । यस्ता प्राथमिकता सार्वजनिक बजेटको विनियोजन कसरी गर्ने भन्नेमा मात्र प्रतिबिम्बित गर्ने होइन बरु त्यस्ता सेवा लिने समुदायलाई हामीले लगाउने सर्तमा पनि प्रतिबिम्बित हुनुपर्छ ।
म र मेरा सहकर्मी लेखकहरूले हालैको अध्ययनमा सार्वजनिक बजेटको उचित खर्चबारे लेखेका छौँ । वातावरण संरक्षणसहितको लगानी समयसान्दर्भिक र श्रमलाई जोड दिने हुनुपर्छ । त्यसले बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न मद्दत गर्छ । यसले अर्थतन्त्रमा कर कटौतीभन्दा बढी प्रबद्र्धनात्मक प्रभाव पार्नसक्छ । संरा अमेरिकालगायत देशले जनताले इच्छाएको जस्तो समाजको लागि दिगो र बृहत् आर्थिक पुनः स्थापना कार्यक्रम लागू गर्न नसक्ने कुनै आर्थिक कारण छैन ।
स्रोत ः प्रोजेक्ट सिन्डिकेट
नेपाली अनुवाद ः सुशिला

जोसेफ ई. स्टिग्लिज image
जोसेफ ई. स्टिग्लिज
(जोसेफ ई. स्टिग्लिज नोबेल पुरस्कार विजेता अर्थशास्त्री हुन् । उनी कोलम्बिया विश्वविद्यालयका प्राध्यापक हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *