भर्खरै :

हङकङमा राजनीतिक कारण चुनाव स्थगित नगरिएको प्रष्टीकरण

हङकङ, २ अगस्ट । चीनको हङकङ प्रशासकीय क्षेत्रका प्रमुख कार्यकारी केरी लामले त्यहाँको संसदीय निर्वाचन स्थगित गर्ने निर्णयको प्रतिरक्षा गरेकी छिन् । उनले कुनै राजनीतिक कारण नभई कोरोना महामारीको बढ्दो अवस्थालाई ध्यानमा राखी निर्वाचन पछाडि सार्ने निर्णय गरेको बताइन् ।
सरकारले महामारीको कारण विदेशमा फसेका मतदाताको अधिकारलाई पनि ख्याल राख्नुपर्ने भएकोले निर्वाचन स्थगनको निर्णय गरेको लामले बनाइन् ।
“दसौँ हजार मानिस विदेशमा फसेका छन् । कोही मूलभूमि चीनमा छन् । यस्तो महामारीको समयमा हामीले चुनाव गरे सङ्क्रमणको सम्भावना पनि बढी हुन्छ । हङकङका ७० लाख मानिस यो रोगबाट प्रभावित हुन सक्छन्”, उनले भनिन् । उनले निर्वाचन स्थगितको विषयमा भएको मत सर्वेक्षणमा आधाभन्दा बढी जनता चुनाव स्थगनको पक्षमा रहेको देखिएको बताइन् । उनले निर्वाचन स्थगन पछाडि जनताको बलियो आधार भएको बताइन् ।
पश्चिमा देशहरूबाट हुनसक्ने नाकाबन्दीको सन्दर्भमा सोधिएको जवाफमा उनले ती देशहरूले निर्वाचन स्थगनको मुद्दालाई उछालेर हङकङमा अलमल गर्न खोज्ने तर आफ्नो सरकार त्यसको निम्ति तयारी अवस्थामा रहेको बताइन् । आगामी सेप्टेम्बर ६ मा हुने तय भएको निर्वाचन हङकङ सरकारले एक वर्षको लागि स्थगित गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *