भर्खरै :

नाटोमा संरा अमेरिकी रोगव्याधि

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रों उत्तर एटलान्टिक सन्धि सङ्गठन–नाटो दिमाग मरिसकेको अवस्थामा पुगिसकेको बताएका छन् । उनले दुई फरक–फरक अवसरमा एटलान्टिक मोर्चालाई विखण्डन गर्ने धारणा राखिसकेका छन् । जर्मनीका चान्सलर एन्जिला मर्केलले युरोपेली सङ्घ आफ्नै खुट्टामा उभिनुपर्ने आवश्यकतामा जोड दिएकी छिन् । उनको यो अभिव्यक्ति अस्पष्ट खालको छ । तर, संरा अमेरिका अब भरपर्दो रक्षा साझेदार नभएको उनको मनसाय भने स्पष्ट छ ।
आफ्नै मौलिक सुरक्षा संरचना प्रभावकारी तरिकाबाट स्थापित गर्न युरोपले अझै लामै यात्रा छिचोल्नुपर्नेछ । तर, संरा अमेरिकाको एकपक्षवाद र त्यहाँको जोखिमपूर्ण र अनिश्चित चुनावी प्रणाली झेलिरहेका युरोपेली नेताहरूले यो आवश्यकता तड्कारै महसुस गरिरहेका छन् । संरा अमेरिकाको चुनावी प्रणालीले त्यहाँका नागरिकको नाममा युरोपप्रति आक्रामक अयोग्य नेता निर्वाचित गर्ने गरेको छ ।
वाशिङ्टनको अगुवाइमा नाटोको स्थापना भएको थियो । उसको शब्दमा नाटोको अर्थ संसारभर सोभियत विस्तारवादको खतरा सामना गर्न ‘स्वतन्त्र देशहरू’ लाई सक्षम बनाउने थियो । तर, नाटोको अन्तरनिहीत उद्देश्य भने संरा अमेरिकी प्रभुत्ववादलाई पूर्णता दिने हतियार बनाउनु थियो । नाटोको रणनीतिक दिशाको निर्धारण संरा अमेरिकाले गर्छ र बाँकी देशहरूले त्यसलाई पछ्याउने गर्दछ ।
फ्रान्सका जनरल चाल्र्स डी गाउली नाटोमा संरा अमेरिकाको यस्तो दबदबा अनुभव गर्ने पहिलो नेता हुन् । उनले सन् १९६६ को मे ७ मा फ्रान्स नाटोको एकीकृत सैनिक कमान्डबाट बाहिरिने तथापि सङ्गठनमा भने रहने घोषणा गरेका थिए । यसको मुख्य उद्देश्य भनेको रक्षा क्षेत्रमा स्वाधीनता र सार्वभौमिकता पुनःस्थापना गर्नु थियो । नाटोको सदस्यको रूपमा फ्रान्सले आफ्नो स्वाधीनता र सार्वभौमिकता गुमाउँदै गएको थियो । सन् १९६४ मा गाउलीले संरा अमेरिकी आपत्तिको अटेर गरी आणविक शक्तिसम्पन्न देशहरूको अलग क्लवमा फ्रान्सलाई सदस्य बनाएका थिए ।
सन् १९४५ पछि संरा अमेरिकी रणनीतिले आफ्ना साझेदार देशहरू (एलाइज) लाई वास्तवमा संरक्षित देश (प्रोटेक्टोरेट्स) बनाइसकेको थियो । वाशिङ्टनको हातमा रक्षा र विदेश नीति थमाउने देश नै मात्र उसको साझेदारमा गनियो । खासमा रक्षा मामिलाको सबै निर्णय नै संरा अमेरिकाले गथ्र्यो ।
फ्रान्सको राष्ट्रपति पदमा फर्केको चार महिनापछि सन् १९५८ को सेप्टेम्बरमा डी गाउलीले नाटोमा संरा अमेरिकी दबदबा चल्ने प्रणालीप्रति कडा असहमति जनाए । नाटोमा ‘तीन देशको नेतृत्व’ बारे संरा अमेरिकी राष्ट्रपति डेभिड एजनआवर र बेलायती प्रधानमन्त्री हेरोल्ड मेमिलानको प्रस्तावलाई डी गुलीले अस्वीकार गरे । नाटोका कुनै सदस्य देशमाथि कसैबाट हमला भए संरा अमेरिकाले सुरक्षा गर्ने वचनबद्धताको आधारमा नाटोका सदस्य देशहरूले आफ्नो विदेश नीति सबै वाशिङ्टनकै हातमा सुम्पिएको थियो ।
नाटोको प्रतिस्पर्धी सोभियत सङ्घ सन् १९९१ को डिसेम्बरमा विघटन भयो । सोभियत सङ्घको विघटनपछि नाटोका कुनै पनि सदस्य देश, विशेषतः युरोपमाथि कहीँबाट पनि खतरा नभएपछि विघटन हुनुपथ्र्यो । तर, संरा अमेरिकाको त्यत्तिमै रोकिने पक्षमा थिएन । नाटोको लक्ष्य अझ विस्तार र विविधतापूर्ण बनाउने संरा अमेरिकी सोच थियो । नाटोले आफ्ना साझेदार देशहरूमाथि संरा अमेरिकाको प्रभुत्व जुटाइराख्ने बाटो खुला राख्थ्यो । ती देशमा संरा अमेरिकाले आफ्ना हतियार कम्पनीका हतियार बेच्न पाउँथ्यो ।
नाटोले युरोपका निश्चित देशमा संरा अमेरिकी सैनिक आधारको उपस्थितिलाई जायज बनाउन सहयोग गथ्र्यो । एटलान्टिक ऐक्यबद्धताको नाममा उसलाई सैनिक गतिविधि गर्न सहज बनाएको थियो ।
वाशिङ्टनका रणनीतिकारहरूको सोच सरल र युरोपेलीहरूसँग मोर्चाबन्दी गर्ने दृष्टिकोणसँग मेल खान्छ । संरा अमेरिकाले सुरुमा अटेरी देशहरूजस्तै अफगानिस्तान र इराकविरुद्ध सैनिक कारबाही थालेको थियो । त्यो हस्तक्षेपको परिणाम भने उसका साझेदारहरूले भोग्नुप¥यो ।
नाटोमा यस्तो दबाबपूर्ण नीतिको कारण अहिले कुनै पनि त्यस्तो ठुलो खतरा नभएको अवस्थामा त्यो मोर्चाकै किन खाँचो प¥यो भन्ने प्रश्न तर्कपूर्ण छ ।
सन् २००३ मा नाटोले इराकमाथि हमला ग¥यो । त्यत्तिबेला वाशिङ्टनले नाटोको सदस्य देश टर्कीलाई हवाई हमलाको लागि टर्कीको इनकिरलिकलाई आधार क्षेत्रको रूपमा प्रयोग गर्न दिन आग्रह गरेको थियो । टर्कीले सो प्रस्ताव अस्वीकार ग¥यो । दुई देशबीच चर्काचर्की भयो । सन् २००४ मा टर्कीका एक जना प्रतिनिधिले मलाई सुनाएका थिए, “अमेरिकीहरूको समस्या भनेको उनीहरू दुई थरी उत्तरमात्र सुन्न चाहन्छन्– ‘हुन्छ’ र ‘हुन्छ हजुर’ ।
डोनाल्ड ट्रम्पले हालै नाटोमाथि बज्रमुक्का प्रहार गरे । उनको सानो लेखापाल दिमाग प्रतिबिम्बित गर्दै युरोपेली देशहरूलाई नाटोमा लगानी बढाउन आग्रह गरे । ट्रम्पले नाटोमा तिर्नुपर्ने पैसा नतिर्ने देशको सुरक्षा सुनिश्चित गर्न नसकिने पनि बताए ।
नाटोको कुल बजेटको ७० प्रतिशतभन्दा बढी बजेट संरा अमेरिकाले नै व्यहोर्दै आएको छ । त्यसबापत संरा अमेरिकाले आर्थिक हिसाबमा नदेखिने फाइदा उठाइरहेको छ । जस्तै उसले युरोपमा आफ्ना सैनिक आधार बनाउने र बलियो बनाउने सुविधा पाइरहेको छ ।
जर्मनीबाट एकपक्षीयरूपमा अमेरिकी सेना फिर्ता गर्ने र इटाली, बेल्जियम र पोल्यान्डमा स्थानान्तरण गर्नुले यो पुरानो मोर्चालाई कमजोर बनाउनेछ । यसले कुनै ठेगान नभएको ‘साझेदार’ले आफ्नो सुरक्षा सुिनश्चित गर्न नसक्ने युरोपेली देशहरूले अनुभव गरिसकेका छन् ।
हालसालै भूमध्यसागरमा फ्रान्सेली र टर्कीका पानीजहाजबीच घुराघुर भयो । दुवै नाटोका सदस्य हुन् । स्पष्टतः टर्कीको उत्तेजनात्मक कार्यप्रति संरा अमेरिका मौन बसिदियो । त्यसले ‘संरा अमेरिका प्रथम’ नीतिको विस्तार देखाएको छ । टर्की राष्ट्रपति रिसेप तायिप इर्डोगन ट्रम्पले सबभन्दा बढी फोनमा कुराकानी गर्ने नेता हुन् । उनी कम्तीमा हप्ताको एकपल्ट इर्डोगनसँग कुराकानी गरिरहेका हुन्छन् ।
आगामी नोभेम्बर महिनामा हुने भनिएको निर्वाचनले नाटोको अस्तित्व कायम रहन्छ वा अन्त्य हुन्छ भन्ने कुराको निक्र्योल गर्न अहम् भूमिका खेल्नेछ । यदि चुनावमा जो बाइडन निर्वाचित भए धेरै सम्भव उनले नाटो नीतिमाथि पुनःविचार गर्नेछन् । आफ्ना भाषणमा बाइडनले जर्मनीबाट अमेरिकी सेनाको फिर्ताको विषयमा पुनःविचार गरिने बताएका छन् । तर, उनले कुनै प्रतिबद्धता व्यक्त गरेका छैनन् ।
जर्मनीबाट सेना फिर्ता गर्ने निर्णय ट्रम्प एक्लैले गरेका थिए । भविष्यका आफ्ना साझेदार अनुकूलता छान्न उनले यस्तो कदम चालेको हुनसक्छ । यदि यो मोर्चालाई जिउँदै राख्ने हो भने पहिलेकै संरा अमेरिकी दबदबालाई मानेर जाने ढाँचालाई स्वीकार्दै जानुपर्ने हुन्छ ।
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *