भर्खरै :

क्रान्तिकारी नेतृ नीना अलेक्जान्ड्रोभ्ना एन्ड्रिभाको सम्झनामा

हालै सोभियत, अन्तर्राष्ट्रिय कम्युनिस्ट र मजदुर आन्दोलनले एउटा अत्यन्त ठूलो तथा अपुरणीय क्षति व्यहो¥यो । बोल्सेविक कम्युनिस्ट पार्टी महासङ्घको केन्द्रीय समितिका महासचिव नीना अलेक्जान्ड्रोभ्ना एन्ड्रिभा अर्थात् नीना एन्ड्रेएभाको असामयिक निधन जुलाइ २४, २०२० (२०७७ साउन ९ गते शुक्रबार) मा गम्भीर रोगका कारण लेनिनग्राड सहरमा भयो । सोभियत मातृभूमिका सच्चा देशभक्तहरूका मुटु एवम् आदर्श, एक जुझारु राजनीतिज्ञ, विचारमा अडिग बोल्सेविक र सोभियत जनताका असल मित्र एवम् कामरेड नीनाले ८१ वर्षको उमेरमा सङ्घको लागि स्वास फेर्न बन्द गर्नुभयो । कम्युनिस्ट आन्दोलनमा विभिन्नरूपमा देखापरेको अवसरवाद तथा संशोधनवादका सम्पूर्ण रूपविरुद्ध निरन्तर लड्नुभएका अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनकी प्रभावशाली नेतृ नीना सदा सम्झनामा रहनुहुनेछ ।

गोर्भाचोभको पेरेस्ट्रोइकाको आधारमा जब मातृभूमिका देशद्रोहीहरूले समाजवादको आधारशिलामाथि आक्रमण गरे तब नीना अलेक्जान्ड्रोभ्नाले आप्mनो प्रतिबद्ध बोल्सेविक चरित्र देखाउनुभयो । उहाँले सन् १९८८ मार्च १३ मा सोभेत्स्काया रोसिया (Sovetskaya Rossiya) पत्रिकामा एउटा पत्र ‘म मेरो सिद्धान्तमा सम्झौता गर्न सक्दिनँ’ प्रकाशित गर्नुभयो जुन अत्यन्त चर्चित बन्यो । उहाँ सोभियत सङ्घ र बाहिरी संसारमा परिचित हुनुभयो । त्यो लेखले गोर्भाचोभको छलकपट र षड्यन्त्रको नीति उदाङ्ग्यायो । कम्युनिस्ट सिद्धान्तप्रति गोर्भाचोभको घात प्रस्ट्यायो ।

नीना अलेक्जान्ड्रोभ्नाको जन्म सन् १९३८ अक्टोबर १२ का दिन लेनिनग्राड सहरको कामदार वर्गीय परिवारमा भएको थियो । सन् १९४१ तिर जर्मन फासीवादी सेनाले रुसमाथि आक्रमण गर्दा थुप्रै सोभियत जनताले वीरगति प्राप्त गरे । आप्mना प्यारा कामरेडहरूसहित अग्रमोर्चामा लडिरहनुभएका आप्mना बुबालाई नीनाले गुमाउनुप¥यो । उहाँ विश्व सर्वहारावर्गका नेता स्तालिनका नातिनी हुनुहुन्छ । उहाँ पढाइमा अब्बल र तीक्ष्ण हुनुहुन्थ्यो । उहाँले उच्च शिक्षामा स्वर्णपदक प्राप्त गर्नुभयो । त्यतिमात्र होइन लेनिनग्राडको प्राविधिक संस्थाबाट स्नातक गर्नुभयो । प्राविधिक विज्ञान अध्ययनका लागि उहाँ चयन हुनुभयो । उहाँ एक रुसी राजनीतिज्ञ हुनुका साथै प्राध्यापक र रसायनशास्त्री हुनुभयो । उहाँ सन् १९६६ मा सोभियत सङ्घको कम्युनिस्ट पार्टी (CPSU)प्रवेश गर्नुभयो । एक इमानदार पार्टी सदस्य भई उहाँ सैद्धान्तिक दृढतामा अडिग हुनुभयो । उहाँको जीवनकालमा उहाँलाई दुई पटक पार्टी सदस्यबाट बर्खास्त गर्न खोजियो । त्यस समय पेरेस्ट्रोइका नीतिको विरोध गर्दै धेरैले पार्टी सदस्यतासमेत त्यागे । पेरेस्ट्रोइका तत्कालीन समयमा आर्थिक तथा राजनीतिक प्रणालीमा पुनसंरचना र सुधारको नीति थियो । जसलाई सुरुमा ब्रेज्नेभ र पछि मिखाइल गोर्भाचोभले अगाडि बढाए । गोर्भाचोभको पेरेस्ट्रोइका संशोधनवादी नीति थियो, सोभियत समाजवादविरोधी नीति थियो ।
गोर्भाचोभको पेरेस्ट्रोइकाको आधारमा जब मातृभूमिका देशद्रोहीहरूले समाजवादको आधारशिलामाथि आक्रमण गरे तब नीना अलेक्जान्ड्रोभ्नाले आप्mनो प्रतिबद्ध बोल्सेविक चरित्र देखाउनुभयो । उहाँले सन् १९८८ मार्च १३ मा सोभेत्स्काया रोसिया (Sovetskaya Rossiya) पत्रिकामा एउटा पत्र ‘म मेरो सिद्धान्तमा सम्झौता गर्न सक्दिनँ’ प्रकाशित गर्नुभयो जुन अत्यन्त चर्चित बन्यो । उहाँ सोभियत सङ्घ र बाहिरी संसारमा परिचित हुनुभयो । त्यो लेखले गोर्भाचोभको छलकपट र षड्यन्त्रको नीति उदाङ्ग्यायो । कम्युनिस्ट सिद्धान्तप्रति गोर्भाचोभको घात प्रस्ट्यायो । पत्र प्रकाशनपछि उठेको जन आवाजपछि गोर्भाचोभको अनुरोधमा ऐन्ड्रेएभाको तर्कमाथि विमर्श गर्न सोभियत सङ्घको कम्युनिस्ट पार्र्टी केन्द्रीय समितिको पोलिट्ब्यूरो बैठक बोलाइएकोे थियो जुन दुई दिनसम्म लगातार चल्यो । त्यो पत्र उहाँ र उहाँको श्रीमान्माथि वर्ग दुश्मनबाट क्रुर व्यवहार या दमनको कारण बन्यो । त्यो पत्रले समाजलाई नै दुई शिविर (Two camps) मा विभक्त ग¥यो ।

नीना अलेक्जान्ड्रोभ्ना एन्ड्रिभा


एउटा शिविर समाजवाद जोगाउनुपर्छ भन्नेहरूको थियो भने अर्को सोभियतकालीन सम्पूर्ण चिज ध्वस्त पार्नुपर्छ भन्नेहरूको थियो । उहाँको त्यो पत्रले जनताबीच बृहत् बहसको झिल्को बाल्यो र पुनः ८०० वटा क्षेत्रीय र स्थानीय प्रकाशनहरूले लेख साभार गरे । सन् १९८८ मार्च १३ बोल्सेविकवादको पुनर्जन्मको दिन बन्यो । एन.ए एन्ड्रिभाले आप्mना हजुरबुबा एवम् सोभियत सङ्घ र समाजवादी व्यवस्था जोगाउन नेतृत्व गरेका स्तालिनका विचार र शब्दहरू नै आप्mनो जीवन सिद्धान्त बनाउनुभएको थियो । उहाँ सधँै स्तालिनका शब्दहरू सम्झने गर्नुहुन्थ्यो – “एक पाइला पनि पछाडि नहट्नू, यो नै हाम्रो मुख्य अपिल हुनुपर्दछ । हाम्रो मातृभूमि कठिन दिनहरूबाट गुज्रिरहेको छ त्यसकारण हामीले रगतको अन्तिम थोपा रहुन्जेल जस्तोसुकै परिस्थितिमा प्रतिबद्ध भएर लड्नुपर्छ । हामीले शत्रुलाई रोक्नुपर्छ, पछाडि धकेल्नुपर्छ र शत्रुलाई परास्त पार्नुपर्छ ।”
सन् १९८९ मे १८ देखि २० सम्म मस्कोमा पार्टी स्थापना सम्मेलन सम्पन्न भयो । त्यस सम्मेलनले एन.ए. एन्ड्रिभाको नेतृत्वमा ‘लेनिनवाद र कम्युनिस्ट आदर्शका लागि एकता’ (Unity for Leninism and Communist Ideals) नामक अखिल रुसी एकता समाज (All -Union Society Unity)  स्थापना ग¥यो । नीना अलेक्जान्ड्रोभ्नाले सिद्धान्त घोषणा मात्र गर्नुभएन त्यसको लागि लड्नुभयो । सङ्घर्षमा एक्लो पर्नुभयो तर लड्न छोड्नुभएन । समाजवादप्रति इमानदार रहेका जनतालाई एकताको बलियो आलिङ्गनमा समेट्नुभयो । रुसको माटोमा निरन्तर माक्र्सवाद र लेनिनवादको सैद्धान्तिक आधार रक्षा गर्नुभयो । अखिल रुसी एकता समाजको तेस्रो सम्मेलनमा सोभियत सङ्घको कम्युनिस्ट पार्टीका महासचिव एम. एस. गोर्भाचोभप्रति राजनीतिक अविश्वास व्यक्त गरियो । गोर्भाचोभ र उनका समर्थकहरूलाई सोभियत सङ्घको कम्युनिस्ट पार्टीबाट निष्काशनको माग गरियो । सन् १९९१ नोभेम्बर ८ का दिन लेनिनग्राडमा बोल्सेविकहरूको अखिल रुसी कम्युनिस्ट पार्टीको(All- Union Communist Party of Bolsheviks, VKPB) स्थापना गर्दै सम्मेलन सम्पन्न गरियो । सो सम्मेलनको मुख्य उद्देश्य एवम् बोल्सेविकहरूको अखिल रुसी कम्युनिस्ट पार्टी स्थापनाको मुख्य उद्देश्य बोल्सेविकवादको पुनर्जन्म थियो । भी. आई लेनिन र जे. भी स्तालिनले स्थापना गर्नुभएको र हुर्काउनुभएको क्रान्तिकारी माक्र्सवादी संस्कार एवम् प्रवृत्ति पुनः ब्यूँताउनु नै मुख्य ध्येय थियो । एउटा त्यस्तो पार्टीको पुनर्जन्म जसले फासीवादविरुद्ध न्यायपूर्ण युद्धको नेतृत्व ग¥यो, जसले विजयको रातो झन्डा फहराउन ५० लाख कम्युनिस्टमा ३० लाख कम्युनिस्ट लडाकू एवम् देशका सच्चा छोराछोरीको बलिदानीको नेतृत्व ग¥यो ।
सोभियत रुसको इतिहासको स्तालिनकालीन दशकहरूमा लाखौँलाख श्रमजीवी जनता अर्थात् मजदुरहरूले समाजवाद निर्माण, समाजवादलाई बलियो बनाउन र समाजवाद जोगाउन निःस्वार्थरूपमा सङ्घर्ष गरे । ती दशकहरूमा बोल्सेविकहरूको सोभियत सङ्घको कम्युनिस्ट पार्टी साँच्चै नै जनताको पार्टी थियो, मजदुरहरूको पार्टी थियो । त्यस्तो पार्टीले मात्रै देशलाई साम्यवादको विजयसम्म नेतृत्व गर्न सक्दथ्यो । एन.ए एन्ड्रिभाले स्थापना गर्नुभएको बोल्सेविकहरूको अखिल रुसी कम्युनिस्ट पार्टी (VKPB) ले स्तालिनकालीन समयमा सोभियत कम्युनिस्ट पार्टीले प्राप्त गरेको लेनिनवादी–स्तालिनवादी उपलब्धिहरूमार्फत देशको सेवा गर्न महत्वपूर्ण पाइला चाल्यो, कार्य थाल्यो ।
बोल्सेविकवाद पुनर्जन्म भएको तीस वर्षभन्दा बढी समय बितिसकेको छ । सन् १९९१ नोभेम्बर ८ देखि बोल्सेविकहरूको अखिल रुसी कम्युनिस्ट पार्टी (VKPB) को नेतृत्व सम्हाल्नुभएका नीना अलेक्सान्ड्रोभ्नाले सोभियत सङ्घका मजदुरहरूबाट अथाह सम्मान र प्रेम प्राप्त गर्नुभयो । सोभियत सङ्घभित्र मात्र होइन माक्र्सवाद–लेनिनवादप्रति उहाँको इमानदारीका कारण सम्पूर्ण अन्तर्राष्ट्रिय कम्युनिस्ट र मजदुर आन्दोलनमा उहाँ परिचित हुनुभयो । पुँजीवादी व्यवस्था, अवसरवाद, यहुदीवाद (Zionism) र फासीवादविरुद्ध लेनिन र स्तालिनको सङ्घर्षमा उहाँको समर्पणका कारण उहाँ अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठित हुनुभयो । सोभियत रुसमा कम्युनिस्ट आन्दोलनलाई बोल्सेविकीकरण गर्ने लेनिन र स्तालिनका सच्चा अनुयायी कामरेड नीना विश्व सर्वहारा जनताको मनमा रहन सफल हुनुभयो ।

एन्ड्रिभासँग व्यक्तिगतरूपमा भेट्ने र बोल्ने अवसर पाएका जोकोहीले उहाँको अपरिवर्तनीय शालिनता, उहाँको दयालु र उदार स्वभाव, आप्mना निर्णयहरूमा उहाँको स्पष्टता र निश्चितता र कुनैपनि परिस्थितिको गहिरो बुझाइलाई अनुभव गरेको हुनुपर्छ । असाधारण र एकाग्र मस्तिष्क, सूक्ष्म अन्तज्र्ञान भएका बुद्धिमान राजनीतिज्ञ, स्पष्ट वक्ता र अद्भूत मान्छे नीना अलेक्जान्ड्रोभ्ना सदा सम्झिइनुहुनेछ ।

नीना अलेक्सान्ड्रोभ्ना एन्ड्रिभाले ‘अक्षुण सिद्धान्त’ (Intact Principles) ‘कम्युनिस्ट आन्दोलनमा बोल्सेविकवादका लागि’ (For Bolshevism in the communist Movement), ‘भविष्य समाजवादका लागि हो’(The Future is for Socialism) नामक पुस्तकहरू प्रकाशन गर्नुभयो । ती पुस्तकहरूको अत्यधिक माग रुसको सिमानाभित्र मात्रै सीमित भएन, विश्व मजदुर र कम्युनिस्ट आन्दोलनमा ती पुस्तकहरूको अत्यधिक माग भयो । नीनाको नेतृत्वमा बोल्सेविकहरूको अखिल युरोपेली कम्युनिस्ट पार्टी (All European Communist Party of the Bolsheviks) ले सोभियत इतिहासका महान् व्यक्ति स्तालिनबारे जनताबीच सत्यतथ्य राख्ने कार्य ग¥यो । जनताको चेतना जगाउने कार्य ग¥यो । त्यतिबेला सोभियत इतिहासबाटै स्तालिनको नाम मेट्न खोजिएको थियो । झूट र असत्यका पहाडहरू, फोहोरका डङ्गुरहरूले स्तालिनको व्यक्तित्व छोप्न खोजिएको थियो । नेता स्तालिनविरुद्धका ती सम्पूर्ण मिथ्या, गाली र नीच निन्दाविरुद्ध नीनाले सत्यको पर्दा उघार्नुभयो, भ्रम चिर्नुभयो । स्तालिनलाई कम्युनिस्ट मनहरूमा स्थापित गर्न योगदान गर्नुभयो । फलस्वरूप आज बोल्सेविकहरूको अखिल युरोपेली कम्युनिस्ट पार्टी (VKPB) हुर्किरहेको, बलियो बन्दै छ । नयाँ कामरेड, साथी र गठबन्धनहरू जन्माउँदै नयाँ समाजवादी क्रान्तिलाई वर सार्दै छ ।
एन्ड्रिभासँग व्यक्तिगतरूपमा भेट्ने र बोल्ने अवसर पाएका जोकोहीले उहाँको अपरिवर्तनीय शालिनता, उहाँको दयालु र उदार स्वभाव, आप्mना निर्णयहरूमा उहाँको स्पष्टता र निश्चितता र कुनैपनि परिस्थितिको गहिरो बुझाइलाई अनुभव गरेको हुनुपर्छ । असाधारण र एकाग्र मस्तिष्क, सूक्ष्म अन्तज्र्ञान भएका बुद्धिमान राजनीतिज्ञ, स्पष्ट वक्ता र अद्भूत मान्छे नीना अलेक्जान्ड्रोभ्ना सदा सम्झिइनुहुनेछ ।
“हामीले नीना अलेक्जान्ड्रोभ्ना एन्ड्रिभाको नेतृत्वअन्तर्गत समाजवादको निमित्त लड्ने अवसर पायौँ । हामी गौरवान्वित छौँ । नीना अलेक्जान्ड्रोभ्ना एन्ड्रिभाले उँचो फहराउनुभएको लेनिन र स्तालिनको रातो झन्डालाई हामी निरन्तर फहराइरहनेछौँ । सोभियत सङ्घ, हाम्रो सोभियत मातृभूमिको पुनः स्थापनाका लागि उहाँको जीवनपर्यन्त सङ्घर्षलाई विजयतर्फ नेतृत्व गर्न हामी प्रतिबद्ध छौँ । हामी उहाँप्रति श्रद्धासुमन र परिवारजनप्रति समवेदना व्यक्त गर्दछौँ ।” बोल्सेविकहरूको अखिल कम्युनिस्ट पार्टी (VKPB) केन्द्रीय समितिको सचिवमण्डलले उहाँको असामयिक निधनमा यसरी अभिव्यक्ति दियो ।
एक सच्चा कम्युनिस्ट क्रान्तिकारी नेतृ नीना अलेक्जान्ड्रोभ्ना न्यायप्रेमी जनताको हृदयमा सदा बाँचिरहनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *