विदेशी शक्ति राष्ट्रको सहयोग र इसारामा बनेको सरकारले देश हितको काम नगर्ने
- श्रावण ९, २०८३
राजनीतिक कार्यकर्तालाई बिगार्न अरू केही गर्नुपर्दैन, अध्ययनबाट विमुख गराए पुग्छ । विचार, सिद्धान्त, उद्देश्यबारे अनभिज्ञ बनाए पुग्छ । पार्टीको विधान, कार्यक्रमबारे छलफल निरन्तर नचलाए पुग्छ । विश्वका राजनीतिक आन्दोलन, विद्रोह, सङ्घर्ष आदिबारे नबताए पुग्छ । त्यागी, बलिदानी, साहसी चिन्तक, दार्शनिक तथा नेताबारे छलफल नगराए पुग्छ । ती आदर्श व्यक्तिलाई मौनतामा मारे पुग्छ । परिवर्तन, आमूल परिवर्तनका उपायबारे ध्यान पु¥याउन नदिए पुग्छ । नैतिकता, आचरण, अनुशासन, ज्ञान, व्यवहारबारे प्रशिक्षण, अन्तरक्रिया तथा आलोचना–आत्मालोचना नगरी केही महिना र केही वर्ष मौन–मौन बसे पुग्छ । सुस्त–सुस्त भई बसे पुग्छ । अनि, राजनीतिक कार्यकर्ता के बन्छ ? कहाँसम्म पुग्छ ? तिनको अवस्था के हुन्छ ? राजनीतिक आन्दोलन तथा सङ्घर्ष कुन अवस्थामा पुग्छ ? राजनीतिक सङ्गठन कुन स्थितिमा पुग्छ ? आफ्नै आँखा अगाडि उपस्थित हुनेछ । नेपाली शासक दलहरूभित्र आजको भाँडभैलोले त्यही सङ्केत गर्दै छ । राजनीतिक कार्यकर्तालाई समाजमा मौलिक परिवर्तनका निम्ति काम गर्न, समाजको तल्लोवर्गको सेवा गर्न र सिङ्गो देशको व्यापक हितका लागि समर्पित भएर काम गर्न शासक दलको नेतृत्वले प्रयास समेत गरेन ।
नेपाली शासक दलहरूले वास्तविक राजनीतिक कार्यकर्ता तयार पार्नै खोजेनन् । प्रशिक्षित बनाउनै खोजेनन् । बहुमत जनताका छोराछोरीलाई शिक्षित बनाई समाजको उत्थान गर्ने कुरा केवल नारामा सीमित राखे । तिनको सधैँसधैँ ध्यान अरूका कार्यकर्ता चोर्नमै गयो । एउटा दलले अर्को दलका कार्यकर्ता चोर्नुमै ‘पुरुषार्थ’ देखे । पञ्चायती व्यवस्था ढलिसकेपछि तिनको अधिकांश समय यही कर्ममा व्यतित भयो । टिका लगाएर प्रवेश अभियान चलाउनु नै तिनको साङ्गठनिक कर्म बन्यो । आफ्नो दलको विधान, कार्यक्रम र त्यसले तय गरेको उद्देश्यअनुसार कार्यकर्तालाई शिक्षित बनाउने र उत्साहित बनाउने कार्यलाई तिनले समयको बर्बादी ठाने । जनतालाई चित्त बुझाएर काम गर्ने शैली कहिल्यै अपनाएनन् । त्यसका निम्ति तिनमा कहिल्यै धैर्य भएन । तिनका निम्ति गम्भीर राजनीति, दीर्घकालीन सोच कुनै आवश्यकताको विषय बनेन । कार्यकर्तालाई तिनले क्रय–विक्रयको वस्तु बनाए । कार्यकर्ताको मोलमोलाइ गरे । माछा मारेझैँ कार्यकर्ता टिप्ने जालो फिँजाए । यो राजनीतिक कुकर्मको सुरुआत नेपाली काङ्ग्रेसले ग¥यो । बहुदल पुनः स्थापनापश्चात् सत्ता र शक्तिको आडमा अन्य राजनीतिक सङ्गठन फोड्ने, कार्यकर्ता तथा नेतालाई प्रलोभनमा फसाई आफ्नो दलमा हुल्ने काम नेकाले सुरु ग¥यो । शक्ति र पैसाको भरमा जेपनि गर्न मिल्छ भन्ने अहङ्कार, विकृत सोच नेपाली समाजमा काङ्ग्रेसले भित्यायो र फैलायो । त्यसैको सिको एमालेले ग¥यो । त्यही पदचिन्हमा अन्य पुँजीवादी दलहरू हिँडे । पछि ‘माओेवादी’ सम्म आइपुग्दा बन्दूक देखाइ–देखाइ त्यही अराजनीतिक गतिविधि चालु राख्ने काम भयो । यी तीनैवटा दलले विचार, सिद्धान्तको आधारमा जनतालाई प्रभावित पार्ने काम गरेनन् । तीस वर्ष यिनले त्यसरी नै बिताए । पद, पैसा र पेय अर्थात् मादक पदार्थको राजनीति गरे । त्यसैको लोभ देखाएर, त्यसैमा भुलाएर आफूतिर जनता तान्ने र कार्यकर्ता बनाउने काम गरे । त्यसको दुष्परिणाम आज देशले भोग्दै छ । देशको राजनीति दिन प्रतिदिन दूर्भाग्यपूर्ण बन्दै छ । आज राजनीति र अपराधबीच भेद सा¥है कम हुँदै छ ¤ हरेक पुँजीवादी दल सङ्ख्यात्मकरूपमा ठूला देखिए तापनि गुट, उपगुटमा विभाजित छन् । ती छिन्नभिन्न बन्दै छन् । तिनको गृहकलह छताछुल्ल बन्दै छ ।
देशका शासक पुँजीवादी दलहरूले जतिसुकै ‘राष्ट्रियता’, ‘राष्ट्रिय एकता’ को नारा लगाए तापनि सधैँसधैँ फूटको राजनीति गरे । भिन्न विचारका पार्टीलाई फोड्ने काम गरे र अन्तरध्वंसमै रमाए । ‘फुट गर, राज गर’ लाई तिनले सदा गुरुमन्त्र बनाए । आज ती दल आफूले रोपेको विषवृक्ष आप्mनै आँगनमा झाङ्गिदा गम्भीर समस्यामा देखिन्छन् । ती आज घर झगडामा फस्नु र फूटको सँघारमा पुग्नुको प्रमुख कारण आप्mनै विगतका कुकर्म नै हो । हिजोका आप्mनै राजनीतिक बेइमानीले आज तिनलाई घेर्दै छ । पदको भागबन्डा र विभिन्न खालका मोलमोलाइ गरी टालटुल गर्ने प्रयासमा ती छन् । तर, जरामा पुगिसकेको सङ्कट सजिलै समाधान हुने लक्षण भने देखिइँदैन । सायद पाप धुरीबाट कराउँछ भन्नुको तात्पर्य यही नै हो ।
‘डन, धन र गन’ अनि ‘मनि, मसल र मदिरा’ को निकृष्ट पुँजीवादी राजनीति भित्याउन जिम्मेवार अर्को पक्ष ‘माओवादी’ हो । काङ्ग्रेस र एमाले पनि के कम भएर बस्थे र ? राजनीतिक अपराधीकरणमा तिनको घम्साघम्सी देखेर तिनको पार्टीमा आस्था, निष्ठा विचार, सिद्धान्तको कुराकानी गर्ने बाँकी–बक्यौताहरू या अन्तिम अवशेषहरू आजित भइसकेका छन् । ठाउँ–ठाउँमा तिनले आत्मसमर्पण गर्दै छन् भने आपराधिक पृष्ठभूमि या मनोवृत्तिका व्यक्तिहरूको जताततै हालिमुहाली या बोलवाला चलेको देखेर कतिपय ‘त्वं शरणम्’ गर्दै छन् भने कोही भाग्दै छन् । विशेषगरी स्थानीय तहमा त्यसको प्रत्यक्ष प्रभाव देखापर्दै छ । देशभरि अनियमितता, भ्रष्टाचारका काण्डहरू बढ्नुमा शासक दलहरूको राजनीतिक विचलन, सिद्धान्तविहीनता जिम्मेवार छ भन्नु गलत हुने छैन ।
आज स्थानीय तहमा को निर्वाचित भएर आए ? प्रदेशसभा र सङ्घीय संसद्मा को निर्वाचित भएर आए ? कसरी निर्वाचित भएर आए ? करोडौँ करोड खर्च गरेर मेयर, प्रदेशसभा सदस्य र सङ्घीय सांसद निर्वाचित हुने ¤ बीसौँ लाख खर्च गरेर वडा अध्यक्ष निर्वाचित हुने ¤ काङग्रेस, एमाले–माओवादी र मधेसकेन्द्रित दलहरूको साझा रोग यही नै हो । ती दलका कतिपय निर्वाचित प्रतिनीधिहरू संशय व्यक्त गर्दै छन् – “अर्कोे निर्वाचन त लड्न सकिन्न कि क्या हो ? हामीभन्दा सम्पत्तिवाल अब त पार्टीमा कति हो कति ? ठेकेदार, ठग, गुन्डा, माफियाहरूसँग कसरी प्रतिस्पर्धा गर्न सकिएला ? पार्टीका नेता आज तिनै आपराधिक तत्वको मुठीमा कैद छन् । उम्किनै नसक्ने गरी तिनकै घेरामा कैद छन् ।” बारम्बार यस खालका गुनासा सुनिन्छन् । सुस्केरा हाल्दै बोलिरहेको सुनिन्छ । तिनको आवाजमा नैराश्य, हीनताबोध र आत्मलाग्नी मिसिएको बुझ्न गा¥हो हुन्न । कतिपयमा अब भ्रष्टाचार गरेरै या लुटेरै भएपनि पैसा जम्मा गर्न थाल्नुपर्छ भन्ने मानसिकता विकास हुँदै छ । भोलिका निम्ति यो राम्रो सङ्केत जरुर होइन । भोलिका चुनाव या राजनीति अझ विकृत हुने प्रशस्त सम्भावना या लक्षण देखापर्दै छ ।
‘डन, धन र गन’ अनि ‘मनि, मसल र मदिरा’ को निकृष्ट पँुजीवादी राजनीति भित्याउन जिम्मेवार अर्को पक्ष ‘माओवादी’ हो । काङ्ग्रेस र एमाले पनि के कम भएर बस्थे र ? राजनीतिक अपराधीकरणमा तिनको घम्साघम्सी देखेर तिनको पार्टीमा आस्था, निष्ठा विचार, सिद्धान्तको कुराकानी गर्ने बाँकी–बक्यौताहरू या अन्तिम अवशेषहरू आजित भइसकेका छन् । ठाउँ–ठाउँमा तिनले आत्मसमर्पण गर्दै छन् भने आपराधिक पृष्ठभूमि या मनोवृत्तिका व्यक्तिहरूको जताततै हालिमुहाली या बोलवाला चलेको देखेर कतिपय ‘त्वं शरणम्’ गर्दै छन् भने कोही भाग्दै छन् । विशेषगरी स्थानीय तहमा त्यसको प्रत्यक्ष प्रभाव देखापर्दै छ । देशभरि अनियमितता, भ्रष्टाचारका काण्डहरू बढ्नुमा शासक दलहरूको राजनीतिक विचलन, सिद्धान्तविहीनता जिम्मेवार छ भन्नु गलत हुने छैन ।
कार्यकर्ताहरू आफैँ बिग्रेका होइनन् । एकाएक बिग्रेका पनि होइनन् । ती बिग्रनुमा शासक दलका मुख्य नेताहरू नै दोषी छन् । तिनको सत्तान्ध प्रवृत्ति दोषी छ । तिनको लामो गलत राजनीतिक अभ्यास जिम्मेवार छ । तीस वर्षपछि पनि पञ्च, काङ्ग्रेस र एमाले–माओवादीबीच तात्विक भिन्नता नदेखिनु पछाडि ती दलको सामाजिक–सांस्कृतिक स्रोत एउटै भएकोले हुनसक्ने अनुमान गरिइँदै छ । गम्भीर समाजशास्त्री तथा राजनीतिशास्त्रीहरूले एकदिन अवश्य यथार्थ बाहिर ल्याउलान् । जबसम्म मूल सफा गरिन्न तबसम्म परिवर्तनको आशा गर्न सकिन्न । तिनका विषयमा फैसला सुनाउन सक्ने तागतको विकास जनताले गर्न ढिलाइ भइसकेको छ । शक्ति प्राप्त गर्न जे पनि जायज ठान्ने शासक नेताहरूको गलत चिन्तन तथा पुँजीवादी सोचविरुद्ध जनता जागेको दिनमात्र देशको राजनीतिले परिवर्तनको कोल्टे फेर्ने आशा जाग्नेछ ।
यशराजकाे समय सान्दर्भिक लेखले मनमा छाेयाे । नेपालकाे राजनैतिक दलहरुमा देखिएका अन्तरसमुह विवाद कलहकाे मूल कारण नै सैद्धान्तिक विचलनमा परेका नेतृत्व वर्ग हाे, जसले सभ्य र जनता प्रति जिम्मेवार कार्यकर्ता हाेईन समाजमा ठग गुन्डागर्दी समुहकाे मात्र उत्पादन गरिरहेका छन ।