भर्खरै :

एक तोला सुनको रु. मूल्य एक लाख एक हजार चार सय

काठमाडौँ, २१ साउन । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बुधबार अप्रत्यासितरूपमा बढेको छ ।
मङ्गलबार प्रतितोला रु. ९९ हजार ८०० मा कारोवार भएको पहेँलो धातुमा आज रु. एक हजार ६०० ले वृद्धि भएको छ । बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख एक हजार ४०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु. एक लाख ९०० निर्धारण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज चाँदीको मूल्य रु. ६५ ले बढेको छ । एक तोला सेतो धातुको मूल्य आज रु. एक हजार २९५ निर्धारण भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु. १० हजार ४०० ले बढेर रु. ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँश २,०२४.५३ अमेरिकी डलर कायम भएको छ । त्यसैगरी प्रतिऔँश चाँदी २५.९६ अमेरिकी डलर निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *