तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २५ साउन । बाल विकास सेकेन्डरी स्कूलले २०४५ सालमा पञ्चायती राज्यस्तरबाट घटाइएको भक्तपुर काण्ड (कालो दिन) को बारेमा प्रकाशित विभिन्न पुस्तक तथा पत्रपत्रिकाबारे आइतबार अध्ययन गोष्ठीको आयोजना ग¥यो ।
गोष्ठीमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले पञ्चायतलाई देश र कामदार जनताको हितमा उपयोग गरी पञ्चायती कर्तुतलाई जनतासामु ल्याउने उद्देश्यले नेमकिपाले काम गरिरहेको थाहा पाएर पञ्चहरूले नेमकिपालाई समूल नष्ट गर्ने लक्ष्यका साथ राज्यस्तरबाट भक्तपुर काण्ड रचिएको बताउनुभयो ।
संसारका हरेक शासकले जनताको परिवर्तनको चाहनालाई दबाउन प्रयास गर्ने तर, कालान्तरमा ती शासक एवम् व्यवस्था नै पतन हुने इतिहासबारे प्रस्ट्याउँदै उहाँले भन्नुभयो, “बहुदलपछि सरकारमा जाने पार्टीहरूको धुलमुले दृष्टिकोणका कारण नै पञ्चायतले ३० वर्ष एकछत्र शासन गर्न सकेको हो ।”
“भविष्यमा आउने कुनै पनि चुनौतीलाई सामना गर्नसक्ने क्षमताको विकासको लागि पुस्तक अध्ययन अपरिहार्य छ”, सांसद गोसाईले बताउनुभयो ।
कार्यक्रमका अर्का अतिथि एवम् नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेशका सांसद सृजना सैंजूले इतिहास फरक ढङ्गले दोहोरिने भएकोले इतिहासको पाठबाट सिकेर भविष्यको लागि तयारी गर्नुपर्छ भन्नुभयो ।
हिजोका पञ्च र तिनका सन्तानहरू आज ठुला भनिने पार्टीहरूमा प्रवेश गरी जनतालाई शोषण गरिरहेको चर्चा गर्दै सांसद सैंजूले नेमकिपाका कार्यकर्ताहरू विचलित नभई सधँै देश र जनताको सेवामा काम गरिरहने बताउनुभयो ।
अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकारी गराउँदै उहाँले व्यापार युद्धमा चीनलाई परास्त गर्न नसकेपछि संरा अमेरिकाले चीनविरूद्ध जीवाणु युद्ध सुरू गरेको बताउनुभयो ।
कार्यक्रममा शिक्षकहरू सीतालक्ष्मी प्रजापति, सूर्यबहादुर पञ्च, शङ्कर आचार्य, जयराम कोजू, सुलोचना छ्वाजू, गङ्गा वैद्य, सुशीला लवजू, सविना प्रजापति, सीता कोजू, सरिता खुसूलगायतले भक्तपुर काण्डबारे प्रकाशित विभिन्न पत्रपत्रिका एवम् किताबका लेख–रचनाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply