भर्खरै :

महिन्दा राजापाक्ष पुनः श्रीलङ्काका प्रधानमन्त्री

कोलम्बो, २५ साउन
(सिन्ह्वा) । श्रीलङ्का पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलङ्काको प्रधानमन्त्री पदको सपथ लिनुभएको छ । संसद्को निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
राजापाक्षले श्रीलङ्काको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको केलानीया बौद्ध मन्दिरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री पदको सपथ लिनुभएको थियो । सपथ कार्यक्रममा कूटनीतिक समुदायका व्यक्ति तथा सत्तापक्ष र विपक्षी दलका सांसदको उपस्थिति थियो ।
राजापाक्षले श्रीलङ्कामा योसहित चौथो पटक प्रधानमन्त्री पदको सपथ लिनुभएको छ ।
राजापाक्षको दल पेरामुनाले गत अगष्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसद्मा १४५ स्थानमा जितेको थियो । उहाँको नयाँ मन्त्रिपरिषद् यही साताको अन्त्यसम्ममा घोषणा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *