तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २५ साउन । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई प्लस टु तहमा अध्ययन गर्ने विविध विषयमा जानकारी दिने उद्देश्यले विभिन्न विषयका ज्ञाताहरूबाट मार्गनिर्देशन कार्यक्रम आइतबार सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ चाँगुनारायण नगरपालिका वडा नं. ५ एकाइ समितिको आयोजनामा भएको उक्त कार्यक्रममा राजनीति, नर्सिङ, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, विज्ञान, कानुन, कृषिलगायत विषयमा अतिथिहरूबाट मार्गनिर्देशन भएको थियो ।
विवेक नगरकोटीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष न्हुछेभक्त फोजू, प्राध्यापक समाज नेपालका केन्द्रीय अध्यक्ष सरोजराज गोसाई, मजदुर दैनिकका कार्यकारी सम्पादक निरज लवजू, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजू, गणेश माविका प्रअ इन्द्रबहादुर फोजू, मुना लवजू, रवीन्द्र फाँेजू, शशि भुजेल, अनिता जधारीले आ–आफ्नो विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा नेक्राविसङ्घ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक मिलन गणेजू र सुस्मा बाटाले पनि बोल्नुभएको थियो ।
Leave a Reply