लुलाको जीतलाई विश्व नेताहरूले भने “ऐतिहासिक”
- कार्तिक १०, २०८३
अघिल्लो मङ्गलबार अगस्ट ४ को दिन लेवनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनको कारण आज त्यो देशले ठुलो अकल्पनीय सङ्कट भोगिरहेको छ । सन् २०१४ मा जर्जियाबाट मोजाम्बिकतिर लगिँदै गरेको २ हजार ७५० टन एमोनियम नाइट्रेट लेवनानमा रोकिएपछि त्यसलाई के गर्ने भन्नेबारे लेवनान सरकारले समयमै निर्णय गर्न नसक्दा त्यही एमोनियम नाइट्रेट भण्डारण गरिएको गोदाममा आगलागी भई विस्फोट हुँदा बेरुत सहर छिन्नभिन्न बनेको छ । अहिलेसम्म कम्तीमा २ सय मानिसको विस्फोटनमा परी मृत्यु भयो भने ६ हजारभन्दा बढी मानिस घाइते भएका छन् । बेरुतका धेरै गगनचुम्बी भवन, पुल, सडक, आवासीय भवनलगायत भौतिक पूर्वाधारमा विस्फोटनले अपुरणीय क्षति पु¥याएको छ ।
आगोले पोलेपछि मात्र आगोले पोल्ने कुरा ज्ञान प्राप्त हुँदैन । अरूलाई आगोले पोलेको देख्दा पनि मानिसले त्यो ज्ञान प्राप्त गर्नसक्छ । लेवनानमा अकल्पनीय विस्फोटन हुनुका कारणको बीउ नेपालमा पनि छ । त्यसकारण समयमा सावधानी नअपनाए यस्ता घटना नेपालमा पनि नहोला भन्न सकिन्न । कर्मचारीतन्त्र र शासक दलहरूबीच व्याप्त भ्रष्टाचारको कारण भविष्यमा नेपाली जनताले कहिल्यै यस्तो समस्या सामना गर्न नपरून्
मङ्गलबारको विस्फोटनसँगै लेवनानका सहरमा लामो समयदेखि चल्दै आएको सरकारविरोधी आन्दोलन थप चर्किएको छ । सरकारी ढिलासुस्ती, भ्रष्टाचार, दण्डहीनताको विरोधमा गर्दै हुँदै आएको आन्दोलन विस्फोटनपछि अझ उचाइमा पुगेको छ । आन्दोलनको रापमा त्यहाँका अर्थमन्त्री, न्यायमन्त्री, सूचनामन्त्री र वातावरणमन्त्रीले पदबाट राजीनामा दिएका छन् । समाचार स्रोतहरूले त्यहाँका प्रधानमन्त्री हस्सद डैबले पनि धेरै चाँडै राजीनामा दिने तयारी भइरहेको बताएका छन् । नौ जना सांसदहरूले पनि आफ्नो पदबाट राजीनामा दिएका छन् ।
विस्फोटनपछि बाहिरिएका कागजातले ठुलो परिमाणको एमोनियम नाइटे«ट लामो समयदेखि भण्डारणमा रहेपछि सोको व्यवस्थापन गर्न भन्सार विभागले धेरै पटक सरकारलाई ताकेता गरेको देखिन्छ । सरकारसमक्ष सो वस्तु लेवनानी सेनालाई दिने, निजी कम्पनीलाई बेच्ने अथवा निर्यात गर्ने विकल्प थिए । तर, भ्रष्टाचारमा चुर्लुम्म डुबेको लेवनान सरकारले यसबारे समयमै कुनै ठोस निर्णय गर्न सकेन । यसमा राजनीतिक तहदेखि कर्मचारीतन्त्रसम्म कमिसनको सम्बन्ध जोडिएको थियो । भागबन्डा नमिल्दा समयमा सो सामान व्यवस्थापनबारे निर्णय हुन सकेन र अन्ततः युद्धको पीडामा कम नहुँदै मध्यपूर्वी देश लेवनानले गत मङ्गलबारको विनाशकारी विस्फोटन भोग्नुप¥यो । यसले लेवनानका सबै क्षेत्रमा धेरै लामो समयसम्म पछ्याउन छोड्नेछैन ।
लेवनानको यो घटनाबाट नेपालले पनि धेरै पाठ सिक्नसक्छ । भ्रष्टाचार, ढिलासुस्ती, कमिसनतन्त्र नेपालकै पनि प्रमुख समस्या हुन् । सरकारले समयमै निर्णय गर्न नसक्ने समस्या नेपालको पनि हो । समयमा निर्णय गर्न नसक्नुको मूल कारण कमिसनको भागबन्डा नमिल्नु नै हुने गरेको छ । कार्यपालिका, कर्मचारीतन्त्रदेखि न्यायपालिकासमेत भ्रष्टाचार र कमिसनको खेलमा फस्दै गएको छ । यस्तो राज्य संरचनाले कुनै पनि बेला लेवनानको जस्तो भयानक अवस्था सामना नपर्ला भन्न सकिन्न ।
आगोले पोलेपछि मात्र आगोले पोल्ने कुरा ज्ञान प्राप्त हुँदैन । अरूलाई आगोले पोलेको देख्दा पनि मानिसले त्यो ज्ञान प्राप्त गर्नसक्छ । लेवनानमा अकल्पनीय विस्फोटन हुनुका कारणको बीउ नेपालमा पनि छ । त्यसकारण समयमा सावधानी नअपनाए यस्ता घटना नेपालमा पनि नहोला भन्न सकिन्न । कर्मचारीतन्त्र र शासक दलहरूबीच व्याप्त भ्रष्टाचारको कारण भविष्यमा नेपाली जनताले कहिल्यै यस्तो समस्या सामना गर्न नपरून् । तर, निर्णय प्रतिक्रियामा ढिलासुस्ती, भ्रष्टाचार, कमिसनतन्त्रजस्ता दीर्घरोगको उपचार नगर्ने हो भने कुनै फरकरूपमा भए पनि यस्ता घटनालाई टार्न भने गा¥हो हुनसक्छ ।
Leave a Reply