‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
रौतहट, २६ साउन । सरकारी अनुदानको रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने बाध्यता छ ।
खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बैरगनिया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले रसायनिक मल ल्याएर खेतमा छर्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ । “कृषि सामग्री केन्द्रमा मल नआउँदा सीमावर्ती भारतीय बजारबाट जेनतेन गरेर मल ल्याएर धान खेतमा छरेँ, भारतबाट मल ल्याउन निकै कष्ट झेल्नुपरेको छ ।” रौतहट वौधीमाई नगरपालिका–८ का रामविलास बैठाले भन्नुभयो । अहिले सबैभन्दा बढी घोडासान, बैरगनिया, र आधापुरलगायत क्षेत्रबाट भारतीय डीएपी, युरिया, पोटासलगायतका मल आयात भइरहेको छ ।
सीमावर्ती बजारबाट मल ल्याउनेहरू किसानलाई महँगोमा बिक्री गरिरहेका छन् । “अनुदानको मल नहुँदा जति पैसा भने पनि मल किन्नैप¥यो, युरिया मलको चरम अभाव भएपछि धानमा मल छर्न केही समय ढिलो भयो ।” बैठाले भन्नुभयो ।
धानमा गाँज लाग्ने बेला युरिया मलको चरम अभाव भएपछि रौतहटका किसान अहिले समस्यामा परेका छन् । एक बोरा युरिया मलका लागि एक हजार पाँच सयसम्म मूल्य तिर्नुपरेको छ । भारतमा प्रतिबोरा ६ सय रुपैयाँ मूल्य छ । “सरकारले मल नदिएर किसानमाथि अत्याचार गरेको छ । मल लिनका लागि भारतीय सीमावर्ती बजारमाथि निर्भर रहनुपर्ने बाध्यता छ, मल नहाले उत्पादन घट्ने भएकाले महँगोमा भए पनि किनेर ल्याएको छु ।” वौधीमाई नगरपालिका–८ का विर्जभूषण मिश्राले भन्नुभयो ।
सीमावर्ती भारतीय बजारबाट तस्करी गरेर ल्याएको मल प्रहरीले नियन्त्रणमा लिन थालेपछि किसानले चर्को मूल्यमा मलखाद खरिद गर्न बाध्य भएका छन् । राज्यले आपूर्ति गर्न नसकेर भारतीय सीमावर्ती बजारबाट खरिद गरेर किसानले ल्याउँदा प्रहरीले तस्करीको भनेर समात्न थालेपछि मलको मूल्य आकाशिएको स्थानीयवासीको भनाइ छ ।
अनुदानको मलखाद सहकारीमार्फत व्यापारीको हातमा जाने र किसानलाई चाहिने मलखाद सहज आपूर्ति नहुँदा यहाँका अधिकांश किसान भारतीय मलखादमाथि नै निर्भर रहेका छन् । सीमावर्ती बजारबाट जसोतसो भारतीयसँग मलखाद खरिद गरेर ल्याउने क्रममा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले पटक–पटक बरामद गरी भन्सार कार्यालयमा बुुझाउने गरेकाले यहाँका किसान बढी मूल्यमा खरिद गर्न बाध्य भएका छन् ।
सीमावर्ती भारतीय बजारमा रु. ६ सयमा एक बोरा पाउने भारतीय युुरिया मल हाल कटहरियालगायत नेपाली सीमावर्ती बजारमा रु. एक हजार ७५० देखि एक हजार ८०० मा बिक्री भइरहेको छ । त्यसैगरी सीमावर्ती भारतीय बजारमा रु. एक हजारदेखि एक हजार दुई सय भारतीय रुपैयाँमा पाउने भारतीय पारस कम्पनीको डीएपी मल सीमावर्ती नेपालको ग्रामीण बजारमा तीन हजार ५०० प्रतिबोरा बिक्री भइरहेको कटहरियाका किसान रामचन्द्र गोसाईंले गुुनासो गर्नुभयो ।
प्रहरीले बलपूर्वक पटक–पटक मलखाद तस्करीको भनेर पक्राउ गर्न थालेकै कारण रौतहटको भित्री बजारमा यसको मूल्य आकाशिएको कटहरियाका व्यापारीले बताएका छन् । किसानले धान रोपाइँ तथा गोडमेल गरेपछि खेतमा मलखाद छर्नुपर्ने जरुरी हुन्छ । यसै समयमा महँगो दरमा भए पनि खरिद गर्नुुपर्ने बाध्यता भएको किसानले बताएका छन् ।
किसानलाई चाहिने मलखाद आपूर्ति गर्न कैयौँ नेताहरूले सदनमा आवाज उठाउँदासमेत राज्यले वास्ता नगरेको फतुवा विजयपुरका एकजना किसान अच्युत मैनालीले बताउनुभयो । सदनको जस्तै नेता र जनप्रतिनिधिले स्थानीय प्रशासनसँग मलखाद बारेमा गम्भीरताका साथ कुरो गरेमा समस्या समाधान हुने थियो तर जिल्लाका कुनै नेता अथवा जनप्रतिनिधिले किसानको समस्या समाधान अर्थात् सहजरूपमा मलखाद आपूर्तिका लागि पहल नगर्दा चर्को मूल्य तिर्न बाध्य भएको किसान मैनालीको गुनासो छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मलखादको सहज आपूर्तिका पहल भइरहेको बताउँदै खेतीका लागि चाहिने मलखाद भारतीय सीमावर्ती बजारमा ल्याउँदा कुनै पनि हालतमा पक्राउ नगर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन् ।रासस
Leave a Reply