भर्खरै :

जुम्लामा कार्यकर्ता भेला

जुम्ला । नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिले साउन २४ गते कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना ग¥यो ।
चन्दननाथ नगरपालिका वडा नं. ९ मा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले संरा अमेरिकाले एमसीसी सम्झौता गरी नेपालमा आफ्नो सेना राखेर चीनविरुद्ध लड्न खोजेको बताउनुभयो ।
उहाँले लिपुलेकदेखि लिम्पियाधुरामा बस्ने नेपाली जनतालाई सेवा, सुविधा र सुरक्षा दिएर नेपाली हुँ भन्ने वातावरण नेपाल सरकारले दिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले नेपालका शासक पार्टीहरूले भारतीय विस्तारवादको चाकरी गरेर नेपालको सार्वभौमिकता कमजोर पारेको प्रस्ट पार्नुभयो ।
नेमकिपा, जुम्लाका सहसचिव पूर्णलाल खत्रीले नेमकिपाले दुर्गम क्षेत्रमा पनि राजनीतिक चेतना फैलाएको उल्लेख गर्नुभयो ।
नेमकिपा, चन्दननाथ नगर समितिका अध्यक्ष यज्ञबहादुर बुढ्थापाले कार्यकर्ताहरूले यसको सङ्गठन र प्रशिक्षणमा जोड दिनुपर्छ भन्नुभयो ।
नेक्राशिसङ्घका जिल्ला अध्यक्ष नरबहादुर खत्रीले नेकपा जनविरोधी एवम् आईएनजीओको रकम खाएर बनेको पार्टी भएकोले कम्युनिस्ट पार्टी नरहेको उल्लेख गर्नुभयो ।
नेक्रायुसङ्घ, जुम्लाका अध्यक्ष लालबहादुर बुढाले समाजवादको स्थापना गर्न सङ्घर्षको आवश्यकता भएको उल्लेख गर्नुभयो ।
नेक्रायुसङ्घ, जुम्लाका सचिव भीम कसिङ्गरले भारतीय विस्तारवादविरूद्ध सबै एक हुनुपर्ने बताउनुभयो ।
नेक्राशिसङ्घका सदस्य भुवन रोकायाले दुर्गम क्षेत्रका बालबालिकाप्रति राज्यको भेदभाव कायम छ भन्नुभयो ।
नेक्राविसङ्घ, जुम्लाका सदस्य विष्णु रानाले लकडाउनको बेला विद्यार्थीको अध्ययनलाई निरन्तरता दिन नेक्राविसङ्घले रेडियो खुला आकाशबाट शिक्षा दिएको बताउनुभयो ।
नेक्राविसङ्घ, काठमाडौँ–जुम्ला सम्पर्क समितिका अध्यक्ष सुनिल काफ्लले नयाँ पुस्ताले समाजवादी गणतन्त्रको स्थापनाका लागि सङ्घर्ष अगाडि बढाउनुपर्ने बताउनुभयो ।
आयोजक समितिका सदस्य भैरव धरालाको सभापतित्वमा भएको कार्यक्रममा सतल रावत, अमरबहादुर शाही, टेकबहादुर रोकाया र कृष्णबहादुर डाँगीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *