भर्खरै :

शिक्षामा संरचनागत पुनःविचार

अबको समय कदापि पनि हिजोजस्तै रहनेछैन । करोडौँ जनता घातक कोरोना भाइरस महामारीसँग पौँठेजोरी खेलिरहेको बेला यो निकै पटक दोहोरिने गरेको वाक्य संसारभर फैलिएको छ ।
यतिबेला आफ्नो पहिचान, दिशा र उपादेयता जोगाउन सङ्घर्ष गरिरहेका धेरै क्षेत्रमध्ये एउटा शिक्षा क्षेत्र पनि हो । संसारभरका विद्यार्थीहरूको निम्ति सन् २०२० ‘गुमेको वर्ष’ बनेको छ । धेरै देशहरूमा शिक्षाको स्तर कायम राख्न यो वर्ष नभएको पढाइ अर्को वर्ष दोहो¥याइनेछ ।
देशभित्र र अन्तर्राष्ट्रियरूपमा पनि शैक्षिक वर्षमा बेमेल हुँदा पछि गएर केही अन्योलको अवस्था पनि बन्नेछ । उदाहरणको लागि केन्यामा शिक्षामन्त्री प्राध्यापक जर्ज मगोहाले सन् २०२० लाई शून्य शैक्षिक वर्ष घोषणा गरिसकेका छन् । कोरोना भाइरसका बिरामीको सङ्ख्या न्यून भए सन् २०२१ मा मात्र विद्यार्थीलाई विद्यालय र कलेजमा फर्किनेछन् ।
उच्च शिक्षा दिने केही शैक्षिक संस्थालाई अनलाइन कक्षा र परीक्षा गर्ने विश्वसनीय आधार बनाएको अवस्थामा शैक्षिक वर्ष २०१९÷२० चालू राख्न बाटो खोलिएको छ ।
संयुक्त राष्ट्र सङ्घको नयाँ प्रतिवेदन यसै साता सार्वजनिक गरिएको छ । ‘कोभिड–१९ को बेला र त्यसपछि शिक्षा’ शीर्षक दिइएको सो प्रतिवेदनमा शैक्षिक क्षेत्रमा महामारीले पारेको प्रभावको प्रकृति र परिधिबारे चर्चा गरिएको छ । प्रतिवेदनमा ‘१९० भन्दा बढी देशका झन्डै १ अर्ब ६० करोड विद्यार्थीलाई प्रभावित बनाउने गरी यतिबेला शैक्षिक क्षेत्रले सबभन्दा खराब सङ्कटको सामना गरिरहेको’ उल्लेख छ ।
विद्यालय, कलेजलगायत शैक्षिक संस्था बन्द हुँदा संसारका ९४ प्रतिशत विद्यार्थी प्रभावित बनेका छन् । न्यून र न्यून मध्यम आयका देशहरूका ९९ प्रतिशत विद्यार्थीहरू यसबाट प्रभावित बनेका छन् । कोभिड–१९ भाइरसको सङ्क्रमण न्यून भएका देशहरूमा समेत विद्यालय सुरु गर्ने मिति तोक्ने काम निकै गा¥हो काम भएको छ ।
संरा अमेरिकामा राष्ट्रपति कार्यालय र डेमोक्रेटिक पार्टीका गभर्नरहरूले यो विषयलाई तातो राजनीतिक बहसको विषय बनाएका छन् । दुई पक्षबीचको तानातानमा अभिभावकहरू चेपुवामा परेका छन् ।
महामारीको कारण सबभन्दा बढी प्रभावित अर्को समुदाय शिक्षकहरू हुन् । दसौँ लाख विद्यालयका शिक्षक र विश्वविद्यालयका लेक्चररहरू कामबाट निकालिएका छन् । यसरी कामबाट निकालिएका शिक्षकहरूमध्ये ५० प्रतिशतभन्दा बढी त काममा फर्किनेछैनन् किनभने महामारीको तापमा धेरै शैक्षिक संस्थाहरू सधैँको लागि बन्द हुनेछन् । विशेषतः निजी शैक्षिक संस्थाहरू यसको कोपभाजनमा पर्नेछन् ।
महामारीको अवधिमा केटाकेटीहरूले कक्षाकोठा वा लेक्चर हलमा नसिकिने धेरै पाठ सिकेका छन् । प्रथमतः, उनीहरूले पुज्ने गरेका अपराजयी आदर्श पात्र र उनीहरूले हासिल गर्ने चाहना राखेका अविश्वसनीय मानवीय क्षमताभन्दा निकै पर यो संसार ज्यादै जोखिमपूर्ण ठाउँ भएको कुरा सिके ।
दसौँ लाख विद्यार्थीको लागि अब सिक्ने ठाउँ विद्यालयको कक्षा कोठाबाट सधैँको लागि घरको बैठक कोठा हुनसक्छ । यो महामारीको तापमा धेरै शैक्षिक संस्थाहरू पग्लिनेछन् । अहिले लकडाउनमा बन्द लाखौँ लाख विद्यार्थीहरू लकडाउन खुलेपछि ती विद्यार्थीहरूलाई पुग्ने विद्यालयको सङ्ख्या हुनेछैन । यसको सबभन्दा चर्को प्रभाव गरिब र जनघनत्व बढी भएका सहरमा पर्नेछ ।

शिक्षाको विस्तृत लक्ष्यले प्रयोगात्मक शिक्षा र बहुमुखी पद्धतिमा जोड दिनुपर्नेछ । धेरै पेशा वा कामको औचित्य समाप्त भएपछि शिक्षण विधि अब जीवनभरको प्रक्रिया बन्नेछ । काममा सिक्नु नै अब व्यवसायिक तालिमको महत्वपूर्ण हिस्सा हुनेछ ।
सीप नै मूल विषय बन्नेछ । शैक्षिक क्षेत्रमा प्रभावकारिता सिर्जना गर्नु उद्योग र कक्षाकोठाबिचको सम्बन्ध स्थापना फराकिलो बनाउनु हो । मानिसको दैनिक व्यवहारमा उपयोगी कामले नै विकासको प्रक्रियामा कुनै ठोस माने राख्नेछ ।  

धेरैले यो अवधिमा अनलाइन कक्षाको अनुभव हासिल गरिसकेका छन् । त्यसकारण अब इन्टरनेट नै शिक्षणको स्थापित र आधिकारिक माध्यम बन्न सक्छ । अब अभिभावकसमक्ष आफ्ना छोराछोरीलाई शिक्षा दिने तरिकामा दुई विकल्प हुनेछन्ः प्रत्यक्ष भौतिक कक्षा वा अनलाइन शिक्षण विधि ।
दोस्रो, काम गर्ने शैलीमा ठुलो परिवर्तन भएपछि त्यहीअनुसारको परिवर्तन शिक्षा प्रणालीले पनि माग गर्नेछ । विज्ञहरूका अनुसार रोजगारदाताहरूले कुनै प्राज्ञिक प्रमाणपत्रको आधारमा रोजगार दिने छैनन् । बरु काम गर्ने मानिस कति भरपर्दो र काममा कति निपुण छ भन्ने आधारमा काममा लगाउनेछ । कुनै कामबारे प्राज्ञिक ज्ञान नभएको तर काममा निपुण व्यक्तिले यो अवस्थामा काम पाउने र प्रगति गर्ने सम्भावना बढी हुन्छ ।
संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनमा सिफारिस गरेअनुसार अब सरकारहरूले समानतामूलक र दिगो विकासको लागि लचिलो शैक्षिक प्रणालीको विकास गर्नुपर्नेछ । यतिबेला तत्कालै केही गर्नुको मूल कारण सकेसम्म चाँडो सुरक्षित अवस्थामा विद्यालयहरू पुनः सञ्चालनमा ल्याउनु हो । ता कि अहिलेको यथास्थितिबाट अघि बढ्ने निश्चित गर्न सकियोस् ।
संयुक्त राष्ट्र सङ्घले ‘शिक्षाबारे पुनःविचार गर्न र सिक्ने–सिकाउने तरिकामा सकारात्मक परिवर्तनबारे विचार गर्न’ आह्वान गरेको छ । शिक्षाका अधिकारसम्पन्न निकायहरूले यो महामारीका असरको प्रतिरोध गर्न नवीन उपायहरू पहिल्याउन सफल हुनुले त्यहाँको शैक्षिक प्रणालीको लचकता र ठुलो परिवर्तनमा पनि अनुकूल हुने क्षमता उजागर गरेको छ ।
नोबेल कोरोना भाइरस फैलिनुअघि नै शिक्षा प्रणालीमा गम्भीर प्रणालीगत चुनौती सामना गरिरहेको थियो । विशेषतः स्रोत र पहुँचको अभावका समस्या भोगिरहेको थियो । स्रोत र पहुँचका यी जुम्ल्याहा समस्या पार लागेपछि विद्यमान शिक्षा प्रणालीको संरचना र लक्ष्यको जटिलताबारे हामी जानकार हुनसक्छौँ ।
शिक्षाको विस्तृत लक्ष्यले प्रयोगात्मक शिक्षा र बहुमुखी पद्धतिमा जोड दिनुपर्नेछ । धेरै पेशा वा कामको औचित्य समाप्त भएपछि शिक्षण विधि अब जीवनभरको प्रक्रिया बन्नेछ । काममा सिक्नु नै अब व्यवसायिक तालिमको महत्वपूर्ण हिस्सा हुनेछ ।
सीप नै मूल विषय बन्नेछ । शैक्षिक क्षेत्रमा प्रभावकारिता सिर्जना गर्नु उद्योग र कक्षाकोठाबिचको सम्बन्ध स्थापना फराकिलो बनाउनु हो । मानिसको दैनिक व्यवहारमा उपयोगी कामले नै विकासको प्रक्रियामा कुनै ठोस माने राख्नेछ ।
स्रोत ः सीजीटीएन
नेपाली अनुवाद – सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *