भर्खरै :

चितवाको छाला र चोरीको मोटरसाइकलसहित सात जना पक्राउ

भक्तपुर । मङ्गलबार प्रहरीले खैरो र सेतो रङको पाटे चितुवाको सुख्खा छाला एक थानसहित चाँगुनारायण नपा वडा नं ८ सुडालबाट चार जना मानिसलाई पक्राउ गरेको छ । मङ्गलबार अपराह्न ४ः ०० बजेको चा“गुनारायण नपा वडा नं. ८ सुडालस्थित सुरेश कार्कीको घरमा डेरा गरी बसेका केही मानिसले जङ्गली जनावरको छालालगायतका चिजवस्तुहरू अवैधरूपमा राखी खरिद बिक्री तथा ओसारपसार गर्ने गरेका छन् भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखा भक्तपुरको संयुक्त अनुसन्धान अधिकृतको टोली पुगी उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूकै सूचनाको आधारमा चितुवाको छाला ओसारपसार तथा बेचबिखनमा संलग्न सूर्यविनायक न.पा. ८ दार्जलिङ हाइटबाट थप ३ जना समेत गरी ७ जनालाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको छाला थप अनुसन्धानको लागि जिल्ला बन कार्यालय भक्तपुर पठाइएको स्रोतले बताएको छ ।

पक्राउ गरेका अभियुक्तहरूबाट खानतलासीकै क्रममा उनीहरूले प्रयोग गरेको चोरी गरिएको बा ९० प ६५१० नं. २२० सीसीको पल्सर मोटरसाइकल पनि बरामद गरिएको छ । भक्तपुर न.पा. ९ का प्रजु सुवालको चोरी गरिएको मोटरसाइकल उनीहरूले प्रयोग गर्दै आएको अनुसन्धानको क्रममा खुलेको छ । अभियुक्तहरूको डेरामा ४ थान विभिन्न नम्बरको मोटरसाइकलका नम्बर प्लेटहरू, विभिन्न ब्रान्डका विभिन्न नम्बरका मोबाइल फोनका सेटहरू थान ९, बा ९० प ६५१० नं. को सवारी दर्ता किताब थान १, सवारी चालक अनुमति पत्रहरू थान २ समेत बरामद गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक गिरीले बताउनुभयो ।
प्रहरीले पक्राउ गरेका अभियुक्तहरूमा रामेछाप सुनापाति गा.पा. ५ घर भई हाल भक्तपुरका चा“गुनारायण न.पा. ८ सुडाल बस्ने वर्ष १९ को कुमार लामा, वर्ष १७ को फुसाङ तामाङ, वर्ष १८ को हिमाल लामा, वर्ष २१ को पासाङ तामाङ, काभ्रेपलाञ्चोक तिमाल गा.पा. ९ घर भई हाल भक्तपुरका सूर्यविनायक न.पा. ८ दार्जलिङ हाइट बस्ने वर्ष २२ को संजीव सिंजाली मगर, काभ्रेपलाञ्चोक रोशी गा.पा. १० घर भई हाल सूर्यविनायक न.पा. ८ दार्जलिङ हाइट बस्ने वर्ष २४ को दिपेश तामाङ र काभ्रेपलाञ्चोक रोशी गा.पा. ५ घर भई हाल सूर्यविनायक न.पा. ८ दार्जलिङ हाइट बस्ने वर्ष २३ को मिलन मगर रहेको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *