कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
नेहरूको सीमासम्बन्धी गरम नीति नै चीन–भारत सीमा युद्धको कारण थियो । पुस्तकको सार यही हो । ‘हाम्रो हो भनेपछि हाम्रै हुनुपर्छ’ भन्ने सीमासम्बन्धी नेहरूको यस नीतिलाई पछि नेहरू डक्ट्रिन वा नेहरू दर्शन पनि भनिएको छ । चीनले आक्रमण गर्दैन भनी अक्साइ चीनको सीमामा सेनालाई चौकीहरू स्थापना गर्न लगाउनु नै नेहरूले युद्धतर्फ चालेको पहिलो पाइला थियो । भारतीय दक्षिणपन्थीहरूले अक्साइ चीनमा सडक बनाएर चीनले भारतमाथि अतिक्रमण गरेको आरोप लगाएका थिए । यसरी हेर्ने हो भने म्याकमाहोन रेखाभित्र गतिविधि गरेर भारतले पनि पहिलेदेखि नै यसो गरिरहेको थियो । पुस्तकमा यसप्रकारका खण्डनहरू धेरै पाइन्छन् । चीनले आक्रमण गर्दैन भन्दै भारत सीमाभित्र पस्दै गयो । आत्मरक्षामा गोली चलाउनू भन्ने आदेश चिनियाँहरू अघि बढे गोली चलाउनूमा फेरियो । यो सिलसिला चिनियाँहरू पछि नहटे युद्ध हुने नेहरूको घोषणामा टुङ्गियो । गरम नीतिका पछाडि को थियो ? कौलले मेननमार्फत यो नीति नेहरूको मगजमा हालेको पुस्तकमा उल्लेख छ । तर, यस नीतिको आधार अर्थात् चीनले आक्रमण गर्दैन भन्ने विचार गुप्तचर प्रमुख मलिकको थियो । यहाँनिर ‘भारतका गुप्तचर प्रमुख सीआईए एजेन्ट’ शीर्षकमा ब्लिट्ज पत्रिकामा प्रकाशित समाचार स्मरणीय हुन्छ । अर्को जनरल कौल आफँै अमेरिकामा दुई वर्ष काम गरेर फर्केका थिए । पुस्तक पढ्दै जाँदा शङ्का उनीतिर पनि सोझिन्छ । उनले बारम्बार नेहरूलाई अमेरिकी सेनासँग गुहार माग्नुपर्ने दोहो¥याइरहनुले यस शङ्कालाई ठाउँ छोड्छ ।
सीमा युद्धको सैद्धान्तिक जग सीमाको विषयमा सम्झौता हुनसक्दैन भनी नेहरूले राखेका थिए । १९५९ का गरम नीतिअन्तर्गतका चौकीका कारण भएका केही सीमा झडपलाई नगन्ने हो भने म्याकमाहोन रेखाभन्दा बाहिर गएर थागला डाँडामाथि आक्रमण गर्नु नै युद्धको व्यवहारिक सुरुआत भएको तथ्यतिर म्याक्सवेलको सङ्केत छ । यस हिसाबले सीमा युद्धको पहिलो आक्रमण भारतको थियो । यसमा नेहरूको प्रत्यक्ष संलग्नता नभए पनि उनले पछि यस आक्रमणको निर्णयलाई आफ्नो बताएका थिए । चीनको जवाफी एवं व्यवस्थित आक्रमणपछि भारतले एकएक गर्दै हार खाँदै गयो । बीचमा युद्ध टुङ्ग्याउन दुई देशबीच थप पत्राचार पनि नभएका होइनन् । तर, भारतले चीन थागलाबाट पछाडि जानुपर्ने झन् कडा सर्त राख्यो । यसको अर्थ ‘भारतले म्याकमाहोन रेखाभन्दा बाहिरको भूभाग दाबी गरेको छ र त्यहाँबाट चीन हट्नुपर्छ’ भन्ने हुन्छ । भारतकै ढिपी र एकलकाँटे पत्रपछि वार्ताको सम्भावना टुङ्गियो । जनरल कौलकै नेतृत्वमा वालोङमाथि नेहरूलाई खुसी पार्न उनकै जन्मदिनमा आक्रमण भयो । त्यसमा पनि भारतले हार खायो । यसबाट चीनलाई युद्ध टुङ्ग्याउन बाटो मिल्यो । उसले सेला भञ्ज्याङमा बसेको भारतीय सेनालाई बोम्दीला हुँदै म्याकमाहोन रेखाभित्रको भूभागबाट बाहिर खेद्यो । पश्चिममा समेत चीनले भारतीय सेनालाई नियन्त्रण रेखाभन्दा बाहिर लगेर छोड्यो । लडाइँमा हजारौँ भारतीय जवानहरू भोक, जाडो, कठिन उकालोको चढाइले गर्दा मरे । उनीहरूसँग हान्नलाई ५० गोली थियो, गर्मीमा लगाउने लुगा थियो, खानलाई रासन पुगेको थिएन । धेरै नेपालीहरूको पनि ज्यान गयो । खासगरी जोखिमपूर्ण मिसनहरूमा गोर्खालीहरूलाई नै खटाइएको थियो र चिनियाँ गोलीका शिकार पनि पहिले उनीहरू नै भएका थिए । यहाँनिर गोर्खा भर्तीकेन्द्रको कलङ्कले नेपाली पाठक आहत हुनु स्वाभाविक छ । चीन–भारतबीच फेरि पनि युद्ध हुन्छ र गोर्खा भर्तीकेन्द्र बन्द हुँदैन भने त्यसमा नेपालीहरूले रगत बगाउनुपर्ने निश्चित छ । गलवन घम्साघम्सीको भिडियोमा नेपाली भाषीहरू भएको स्पष्ट सुनिन्छ ।
भारतमा चिनियाँ सेना ठुलो सङ्ख्यामा आएकोले नै सीमा युद्ध जित्न सकेको कुरा खुब उछालिन्छ । यसको खण्डन म्याक्सवेलले गरेका छन् । युद्धमा दुवैतिर बराबर सैन्य डिभिजन प्रयोग गरिएको थियो । भारतले योजनाबद्धरूपमा लडेको स्थानमा चीनतर्फ ठुलो क्षति भएको थियो । तर, भारतीय सेनाकै कमजोरीका कारण भारत हारतिर अग्रसर भयो । यसमा जनरल थापर, सेन र कौल जिम्मेवार थिए । युद्धपछि तेजपुरमा छाएको सन्त्रासलाई पनि भारतीय मिडियाले अहिले पनि भावनाको खेलमा उपयोग गर्छन् । तर, तेजपुरको सन्त्रास कौलकै आशङ्काबाट जन्मिएको पुस्तकले छर्लङ्ग पार्छ । सन्त्रासमा नेहरू पनि थिए । उनले अमेरिका र बेलायतसँग गुहार मागेका थिए । अमेरिकी युद्धविमान भारततिर आइरहेकै बेला चीनले युद्धविरामको एकतर्फी घोषणा ग¥यो र आफ्नो सेनालाई पछाडि हटाउने प्रतिबद्धता जनायो । केही विश्लेषक अमेरिकी डरकै कारण चीन पछि फर्केको बताउँछन् । तर, पश्चिममा नियन्त्रण रेखाभन्दा तल नजाने र पूर्वमा म्याकमाहोन रेखाभन्दा पछाडि नै बस्ने अडानमा सैद्धान्तिक र व्यवहारिकरूपमै चीन अन्त्यसम्म पनि कायम रह्यो । भारतीय जनताको मन पछिसम्म पनि नबिझाओस् भनी चीनले पहिलेदेखि नै सोचेको थियो । यो कुरा चीनले लेनिनको रुसबाट सिकेको थियो भन्ने रोचक वर्णन म्याक्सवेलले दिएका छन् ।
चीनको एकतर्फी युद्धविरामले भारतीय नेतृत्वलगायत सारा पुँजीवादी संसार चकित परेको थियो । यसबाट चीनले दिल्ली कब्जा गर्नसक्छ भन्ने भारतको भ्रम तोडिएको थियो । नेहरूको अनुमान गलत सावित भएको थियो । यसबीच भारतीय कम्युनिस्टहरूलाई कैद गरेर उनले आफ्नो इवीको बदला लिएका थिए । तर, संशोधनवादीहरूलाई पनि सँगै जेल हालेको भए पनि पछि उनीहरूलाई मुक्त गरियो । युद्धले नेहरूका पहिलेका समस्याहरू हल भए । विपक्षीहरूले युद्धले भारतलाई फाइदा हुने जुन तर्क गरेका थिए त्यो सही सावित भयो । भारतीय शासकप्रतिको जनआक्रोश चीनविरोधी आक्रोशमा फेरियो । सरकारको विरोधमा जानसक्ने आक्रोश भने वामपन्थी कम्युनिस्टहरू त्यस आक्रोशको शिकार भए । (त्यो आक्रोश आज पनि चालू छ ।) कम्युनिस्ट पार्टीमा ठूलो फुट भयो । अमेरिकी र बेलायती सैन्य सहयोगले भारतको सेना शक्तिशाली हुँदै गयो । देशभित्रका पुँजीपतिहरूले युद्धमा राम्रै नाफा कमाए । भारतमा अमेरिकी लगानीमा वृद्धि भयो । नेहरूलाई जनताको अन्धसमर्थन प्राप्त भयो । चीनको मामिलामा यस्तै समर्थन आज पनि भारतीय शासकहरूलाई प्राप्त छ । यस अर्थमा नेहरूले भारतीय प्रतिक्रियावादीहरूलाई ठुलो गुन लगाएर गएका छन् । पराजयकै आहतले नेहरूको मृत्यु भएको भन्नेहरूलाई सही मान्ने हो भने उदार पुँजीवादी वा काङ्ग्रेसी वाम नेहरू भारतीय दक्षिणपन्थीका सहिद हुन् ।
नेभिल म्याक्सवेलको ‘भारतको चीन युद्ध’ चीन–भारत सीमा युद्धका जराहरू खोतल्ने सम्भवत ः एक आधिकारिक दस्तावेज हो । वर्तमान भारत र उसको छिमेकी नीतिलाई ध्यानमा राखेर पढ्ने हो भने यो पुस्तक आजको भारतीय सोचको निर्माण कथा पनि हो । पुस्तकको भाषा निकै सन्तुलित छ । तैपनि गलत विचारको खण्डन गर्नुपर्ने ठाउँमा लेखकले मुख थुनेका छैनन् । एउटै घटनालाई अनेक कोणबाट व्याख्या गरिएकोले विषयहरू कताकता पट्यारलाग्ने गरी दोहोरिएका छन् । विश्लेषणात्मक पुस्तकका लागि यसखाले दोष स्वाभाविक हो । चीन–भारतबीचको समस्या समाधान हुनुपर्छ भन्ने आग्रह पुस्तकभरि यत्रतत्र पाइन्छ । भारत र चीन कसैप्रति पनि लेखकको रिसराग देखिन्न । निष्पक्षता यस पुस्तकको विशिष्ट पक्ष हो । नेहरू र भारतबारे सचेत हुन चाहने र हुनुपर्ने जोसुकैका लागि म्याक्सवेलको यो पुस्तक पथप्रदर्शक हुनेमा दुईमत छैन ।
युद्धपछि भारतसँग सीमा सम्झौताको निम्ति अनेक प्रयास चीनले ग¥यो । भारत भने युद्धले असर नै नगरेझैँ टसकोमस भएन । बरु उसले एउटा चाल चाल्यो । अब्देल नासेरलाई आफ्नो पक्षमा सहमत गराएर उसले कोलम्बो प्रस्ताव अघि सार्न लगायो । चीनले आफूतिरको थोरै भूभाग भारततिर जाने भए पनि सैद्धान्तिकरूपमा त्यस प्रस्तावलाई स्वीका¥यो । तर, आफैँले सच्याएको कोलम्बो प्रस्तावबाट पनि भारत पछि हट्यो । त्यसपछि भारतका सबै माग पूरा भए पनि भारत सम्झौताका लागि तयार हुनेछैन भन्ने चीनलाई विश्वास भयो । यसकारण आज पनि भारत र चीनको सीमा बेलाबेला विवादमा परिरहन्छ । सीमा व्यवस्थित नगर्ने बरु सकेसम्म छिमेकीको सीमा मिच्ने भारतीय सीमा नीति चालू छ । अहिले पनि पाकिस्तान, चीन र नेपालसँगको सीमा समस्या भारतीय राजनीतिको चुनावी धन्दा हो । नेपालजस्ता छिमेकी देशको राजनीति गिजोल्ने उसको कुटिल चलखेल अझै जारी छ । यी सबैको स्रोत बेलायती उपनिवेशवादी सोचको ‘आजाद’ भारतीय संस्करण ‘नेहरू दर्शन’ हो ।
समीक्षाको बीट मार्दै गर्दा पुस्तकका केही अमिल्दा पक्षबारे उल्लेख गर्नु समीचीन हुन्छ । पुस्तकमा भारतले विश्वबाट सीमा विवादको सत्यतथ्य लुकाएको थियो भनी लेखिएको छ । त्यस्तै नेहरूले अमेरिकी राजदूतलाई आफूलाई चाहिने सैन्य सामग्रीको सूची दिँदा भारतको दीनहीन अवस्थाबाट राजदूत छक्क परेको बताइएको छ । शक्तिशाली गुप्तचर निकाय भएका अमेरिका र बेलायत भारतीय यथार्थबारे बेखबर रहेको कुरा सहजै हजम हुन्न । बेलायत त समस्याको सूत्रधारको हैसियतले चीन–भारत सीमा विवादको नालीबेलीबारे जानकार थियो नै । तैपनि उनीहरूले भारतको साथ दिनुमा चिनियाँ कम्युनिस्टहरूलाई निस्तेज पार्ने र एसियालीहरूलाई आपसमा भिडाउने साम्राज्यवादी नीतिले काम गरेको देखिन्छ । आइजनहावरले त एसियालीहरूलाई आपसमा भिडाउनुपर्छ भनेकै थिए । साम्राज्यवादीहरू नियोजितरूपमै झूटो प्रचारबाजीमा लागेको पुस्तकका कतिपय उदाहरणबाटै स्पष्ट हुन्छ । लेखकले यतातिर पर्याप्त मात्रामा शब्द खर्चेका छैनन् । त्यसैगरी गलवान घटनाजस्ता केही प्रसङ्गको व्याख्या नपुगेको जस्तो लाग्छ ।
अर्को कमजोरी अलि गम्भीर छ । कम्युनिस्ट चीनलाई पाखा लगाएर कम्युनिस्टविरोधी देशहरूसँग हात मिलाएकोमा चीनले ख्रुश्चेभको आलोचना गरेको तर पछि आफूले पनि गैरकम्युनिस्ट देशहरूसँग सम्बन्ध विस्तार गरेको दलिल दिँदै म्याक्सवेलले ठुलो गल्ती गर्न पुगेका छन् । ‘महान् बहस’ का वैचारिक मतभेदहरूलाई म्याक्सवेलले दुई देशबीचको खटपटलाई चीनले सैद्धान्तिक जामा लगाइदिएको भनी गलत अर्थ लगाइएका छन् । वास्तवमा ‘महान् बहस’ ख्रुश्चेभी गुटको संशोधनवादी धारविरुद्धको क्रान्तिकारी सङ्घर्ष थियो । यस बहसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारको रक्षा गरेको थियो । उक्त सङ्घर्ष नभएको भए विश्व कम्युनिस्ट आन्दोलनलाई अझ ठुलो क्षति पुग्ने थियो । चिनियाँ कम्युनिस्ट पार्टीले त्यस बहसमा नेतृत्व गरेको थियो । लोङ्जुको सीमा झडपमा भारतीय सेनातिर ठुलो क्षति हुनाले चीन आक्रमणकारी देखिनु स्वाभाविक भएको ख्रुश्चेभको तर्क थियो । त्यस विषयमा चिनियाँ धारणा निक्सन र किसिन्जरसँगको वार्तालापमा देखापर्छ । उक्त वार्तालापमा चाउ एनलाइले भनेका छन्, “ख्रुश्चेभको कुरा सही हो भने दोस्रो विश्वयुद्धको अन्त्यतिर हिटलरका अधिकांश सैनिक सोभियत सेनाले मारेको थियो र यसमा हिटलर पीडित हुनुपर्ने थियो ।” यसप्रकार चीनले कुतर्कको जवाफ तर्कले र सिद्धान्तहीनताको जवाफ सिद्धान्तले दिएको देखिन्छ । म्याक्सवेल उनकै शब्दमा ‘उदार कम्युनिस्टविरोधी’ थिए । त्यसैले कम्युनिस्ट आन्दोलनमा सैद्धान्तिक सङ्घर्षको महत्व र सूक्ष्मताबारे उनलाई थाहा नहुनुमा के आश्चर्य !
नेभिल म्याक्सवेलको ‘भारतको चीन युद्ध’ चीन–भारत सीमा युद्धका जराहरू खोतल्ने सम्भवत ः एक आधिकारिक दस्तावेज हो । वर्तमान भारत र उसको छिमेकी नीतिलाई ध्यानमा राखेर पढ्ने हो भने यो पुस्तक आजको भारतीय सोचको निर्माण कथा पनि हो । पुस्तकको भाषा निकै सन्तुलित छ । तैपनि गलत विचारको खण्डन गर्नुपर्ने ठाउँमा लेखकले मुख थुनेका छैनन् । एउटै घटनालाई अनेक कोणबाट व्याख्या गरिएकोले विषयहरू कताकता पट्यारलाग्ने गरी दोहोरिएका छन् । विश्लेषणात्मक पुस्तकका लागि यसखाले दोष स्वाभाविक हो । चीन–भारतबीचको समस्या समाधान हुनुपर्छ भन्ने आग्रह पुस्तकभरि यत्रतत्र पाइन्छ । भारत र चीन कसैप्रति पनि लेखकको रिसराग देखिन्न । निष्पक्षता यस पुस्तकको विशिष्ट पक्ष हो । नेहरू र भारतबारे सचेत हुन चाहने र हुनुपर्ने जोसुकैका लागि म्याक्सवेलको यो पुस्तक पथप्रदर्शक हुनेमा दुईमत छैन ।
म्याक्सवेल योभन्दा यथार्थवादी भइदिएका भए नेहरू र भारतीय दक्षिणपन्थीहरू हल्ला गरेरै गलतलाई सही बनाउन खोज्ने प्रवृत्तिलाई भित्तासम्मै पु¥याउन सक्थे ।
समाप्त
Leave a Reply