सजाय होइन व्यवहार परिवर्तन न्यायको मूल उद्देश्य
- श्रावण २६, २०८३
फाइल फोटो
निर्वाचन आयोगले जवाफ नदिए पछि चाँगुनारायण नगरपालिकामा स्थगित रहेको मतगणना प्रक्रिया अझ लम्बिएको छ । शनिबार मतगणनाको क्रममा गणनाकार्यका लागि खटिएका कर्मचारीहरुले मादल र रुख छाप अंकित मत क्रमशः ११५ र १९४ सूर्य छाप अंकित मतको चाङमा राखेको भेटिए पछि विवाद चर्केर अवरुद्ध बनेको मतगणना प्रक्रियाको समाधान गर्न मुख्य निर्वाचन आयुक्तले निर्वाचन आयोगमा आइतबार पत्र पठाएको थियो ।
निर्वाचनको दिन चाँगु नपाअन्तर्गत नगरकोटमा नेमकिपाको मादल चिन्ह नै नभएको मतपत्र आएदेखि षड्यन्त्र भएको आशंका गरिएको अवस्थामा कर्मचारीहरुले एउटा पार्टीको मतमा अरु पत्रका सयौं मत मिसाउनु लापा¥वाही र ‘निन्द्रा लागेर भएको गल्ती’ को रुपमा लिनु विवेकसंगत होइन ।
तर आयोगबाट सोमबार दिनभर कुनै समाधान वा प्रतिक्रिया नदिए पछि अवरुद्ध मतगणना प्रक्रिया सुचारु हुननसकेको हो ।
नेमकिपा, काँग्रेस, एमाले, राप्रपा, माओवादी केन्द्र र नयाँ शक्ति लगायत सबै दलहरुले वडा नं १ देखि ४ सम्मको मतगणना पुनः गर्न माग गरिरहेका छन् । तर मुख्य निर्वाचन आयुक्त र प्रमुख जिल्ला अधिकारी ३ र ४ वडाको पुनः मतगणना गर्न तयार भए पनि १ र २ वडाको पुनः मतगणनामा कानुनी समस्या भएका कारण आफ्नो तहबाट समाधान हुननसक्ने भएकाले निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पत्रचार गरेको हो । यसअघि मतगणनाको परिणामअनुसार १ र २ वडामा परिणाम घोषणा भइसकेको थियो । जसअनुसार दुवै वडामा नेपाली कांग्रेस विजयी भएको थियो । तर वडा नं ४ को मतगणनाको सिलसिलामा अरु पार्टीको मतमा सुर्य छाप अंकित मत भेटिएपछि समस्या भएको हो ।
प्राप्त खबरअनुसार आफू विजयी भइसकेका वडाहरु लगायत सबै वडाहरुको मतगणना गर्न नेकां सहमत छ भने एमालेले वडा नं ३ र ४ को मात्र पुनः मतगणनामा आपत्ति जनाउँदै आएको छ ।
नेपाल मजदुर किसान पार्टीले चार वटै वडाको पुनःगणना गरेर मात्र अन्य वडाको मतगणना गर्नमा अडान राख्दै आएको छ ।
भक्तपुर जिल्लाका चारमध्ये तीन नगरपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको अवस्थामा चाँगुनारायणको मतपरिणाम चाँडो सार्वजनिक हुनुपर्ने सर्वसाधारणको अपेक्षा छ ।
निर्वाचनको दिन चाँगु नपाअन्तर्गत नगरकोटमा नेमकिपाको मादल चिन्ह नै नभएको मतपत्र आएदेखि षड्यन्त्र भएको आशंका गरिएको अवस्थामा कर्मचारीहरुले एउटा पार्टीको मतमा अरु पत्रका सयौं मत मिसाउनु लापा¥वाही र ‘निन्द्रा लागेर भएको गल्ती’ को रुपमा लिनु विवेकसंगत होइन ।
Leave a Reply