भर्खरै :

दोस्रो मानन्धर कप फुटसल टुर्नामेन्ट २०७४ सम्पन्न

भक्तपुर, जेठ ७
भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष दिलिप केसीले देश विकासमा सबैभन्दा महत्वपूर्ण भूमिका र जिम्मेवारी युवाहरुको रहेको बताउनु भएको छ । मानन्धर ग्रुपले शनिबार आयोजना गरेको दोस्रो मानन्धर कप फुटसल टुर्नामेन्ट २०७४ को समापन समारोहमा बोल्दै उहाँले युवा पुस्तालाई प्रोत्साहन गर्न सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विजेता टिमलाई बधाई उहाँले अबको तेस्रो मानन्धर कपमा मानन्धर समुदायलाई मात्र सिमित नगरी अन्य समुदायलाई समेटेर लैजान पनि सल्लाह दिउनुभयो ।
केन्द्रीय मानन्धर संघका अध्यक्ष बद्री नारायण मानन्धरले समुदायमा युवाहरुलाई आफनो भाषा, संस्कृति, परम्परा जर्गेना गर्न एकरुपता देखाउनुपर्नेमा जोड दिँदै भावी समयमा खेलकुदका साथसाथै अन्य संस्कृतिक कार्यक्रममा पनि उतिनै जागरुकताका साथ कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्नुभयो ।
१९ वटा टिम सहभागी टुर्नामेन्टमा शिव सायमी, थिमी प्रथम भएको थियो । विजेता टिमलाई सम्मानस्वरुप नगद रु १०,००० प्रदान गरिएको, ग्रुपका संयोजक नितेश मानन्धरले जानकारी दिनुभयो । प्रतियोगितामा बेस्ट प्लेयरको उपाधि सञ्जिब मानन्धर, मानन्धर युनाइटेडले हासिल गर्नुभयो भने बेस्ट प्लेयरको उपाधि मानन्धर ग्रुपका रोशन मानन्धरले हात पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *