तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २९ साउन । भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवस(अगस्ट १२) को अवसरमा बुधबार ‘श्रमिक साप्ताहिक’ को अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रमका नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका सभासद् सुरेन्द्रराज गोसाईले भौतिक विकासका साथै सांस्कृतिक विकासको निम्ति समाजका युवा, विद्यार्थी, किसान, मजदुर वर्ग अग्रसर बन्नुपर्ने विषयमा जोड दिंदै जनतामा सिद्धान्तनिष्ठ, इमानदारिताको भावना जगाउने र आफूले सिके जानेका कुरा अरुलाई पनि सिकाउने बानी विकास गर्नुपर्ने बताउनुभयो । उहाँले ‘श्रमिक साप्ताहिक’ लगायत अरु थुप्रै प्रकाशनहरूको अध्ययन र अन्तरक्रिया कार्याक्रमले सांस्कृतिक स्तर उकास्न मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका प्रतिनिधि जगतराम धुख्वले समाज परिवर्तनमा युवाहरुको भूमिका अहम रहँदै आएको चर्चा गर्दै युवाहरू कामगरी खाने वर्गको हितका लागि सक्रिय बन्नुपर्ने धारण राख्नुभयो । र भक्तपुर नपा वडा नं १ का अध्यक्ष श्यामकृष्ण खत्रीले अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको उद्देश्यबारे प्रकाश पार्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा लक्ष्मीनारायण राजलवट, सुर्यप्रसाद श्रेष्ठ, गंगालक्ष्मी वमनु, जीवनकुमार श्रेष्ठ, रामगोपाल वमनु, लक्ष्मीसुन्दर सुवाललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply