भर्खरै :

माक्र्सवाद–लेनिनवादमा अध्यक्ष माओको एउटा योगदानबारे

तीन विश्वको भिन्नताको सिद्धान्त माक्र्सवाद – लेनिनवादका लागि अध्यक्ष माओको महत्वपूर्ण योगदान हो ।
अध्यक्ष माओले आफ्नो जीवनकालमा माक्र्सवाद–लेनिनवादलाई सिद्धान्त र व्यवहारमा उतार्नुभयो, रक्षा गर्नुभयो र विकास गर्नुभयो । चिनियाँ क्रान्ति र विश्व कम्युनिस्ट आन्दोलनमा उहाँको योगदान अमर छ । अध्यक्ष माओको नेतृत्वमा चिनियाँ जनताले समाजवादी जनगणतन्त्र चीनको स्थापना गरी पूर्वबाट विश्वमा समाजवादी क्रान्तिको उज्यालो घाम छर्नुभयो । वर्गसङ्घर्ष र क्रान्तिको मार्गमा एकसाथ जुट्न सर्वहारा जनतालाई हौस्याउनुभयो ।
क्रान्ति र समाजवाद निर्माणका दौरान अध्यक्ष माओले माक्र्सवाद–लेनिनवादलाई चिनियाँ माटो सुहाउँदो विश्लेषण गर्नुभयो । उहाँको विचारधारा चिनियाँ जनताको मात्र सम्पत्ति नभएर विश्व कम्युनिस्ट आन्दोलनका निम्ति मार्गदर्शक समेत बन्यो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र सङ्घर्षहरूमा देखापरेको आधुनिक संशोधनवाद अर्थात् तत्कालीन सोभियत सङ्घमा देखापरेको संशोधनवादको विरोध गर्नुभयो । का. स्तालिनको मृत्युपछि सोभियत रुसमा गोर्भाचोभ नेतृत्वको संशोधनवादीहरूको हालिमुहाली चल्यो । समाजवादी सोभियत सङ्घ बिस्तारै सामाजिक साम्राज्यवादमा पतन हुँदै थियो । त्यही समयमा अध्यक्ष माओले विश्वलाई सोभियत रुसको यथार्थ बताउनुभयो, तीन विश्वको वर्गीकरणको सिद्धान्त अघि सार्नुभयो ।
त्यतिबेला विश्वमा दुईवटा महाशक्ति थिए– संरा अमेरिका र सोभियत सङ्घ । दुई महाशक्तिबीच विश्व प्रभुत्वका निम्ति कडा प्रतिस्पर्धा चल्दै थियो । दुई महाशक्तिबीचको प्रतिस्पर्र्धाले नयाँ युद्ध निम्त्याउन सक्ने सम्भावना उच्च थियो । का. माओको सो सिद्धान्त अन्तर्राष्ट्रिय जगतमा सर्वहारावर्ग, समाजवादी देशहरू र दबाइएका देशहरूका निम्ति एउटा शक्तिशाली वैचारिक हतियारसिद्ध भयो । तुलनात्मकरूपमा कमजोर देशहरूलाई एक हुन उत्साहित ग¥योे । अध्यक्ष माओको तीन फरक विश्वको सिद्धान्तलाई बुझ्न सन् १९७७ नोभेम्बर १ मा पेइचिङ वैदेशिक भाषा प्रेसले प्रकाशन गरेको पुस्तक‘Chairman Mao’s Theory of the Differentiation of the Three World’s is a Major Contribution to Marxism-Leninism’ को अध्ययन सहयोगी होला ।
यस पुस्तकमा तीन विश्वबारे माओको अवधारणाको ऐतिहासिक पृष्ठभूमि, सैद्धान्तिक आधार, वस्तुगत विश्लेषण, दूरदृष्टि छ । पाँच खण्डमा विभक्त यस पुस्तकले दुई महाशक्ति, विकसित देशहरू र विकासशील देशहरूको विषयमा भिन्नाभिन्नै व्याख्या–विश्लेषण गरेको छ । पुस्तकले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको तस्वीर त उजागर गर्छ नै साथै साम्राज्यवादविरुद्ध विश्वका सर्वहारावर्गलाई एकजुट हुन आह्वान पनि गर्छ ।
तीन विश्वको सिद्धान्त, तत्कालीन विश्वका यथार्थहरूको वैज्ञानिक माक्र्सवादी विश्लेषण थियो । वर्गसङ्घर्षका वस्तुगत वास्तविकतालाई माक्र्सवादी–लेनिनवादी दृष्टिकोणबाट बुझ्न सकिन्छ । अध्यक्ष माओले सन् १९७४ फेबु्रअरीतिर भन्नुभएको थियो –“मेरो विचारमा संरा अमेरिका र सोभियत सङ्घ पहिलो विश्व । जापान, युरोप, क्यानाडा र मध्य भाग दोस्रो विश्व र हामी तेस्रो विश्व हौँ । तेस्रो विश्वमा ठूलो जनसङ्ख्या छ । जापानलाई छोडेर एसिया तेस्रो विश्वअन्तर्गत पर्छ । सम्पूर्ण अफ्रिकालगायत ल्याटिन अमेरिका पनि तेस्रो विश्व नै हो ।”
अध्यक्ष माओको तीन विश्वको सिद्धान्त का. लेनिनको विचारमा आधारित छ । लेनिनले युगलाई साम्राज्यवाद र सर्वहारा वर्गीय क्रान्तिमा विभक्त गरी विश्लेषण गर्नुभएको थियो । साम्राज्यवादी देशहरूले विकाससँगै युद्ध र अनेक माध्यमबाट कमजोर देशहरूलाई दबाउँछ । विश्व शोषक र शोषित देशमा विभाजित बन्छ । देश र राष्ट्रहरूबीचको सम्बन्ध वर्गका आधारमा हुन्छ । साम्राज्यवादविरुद्ध लड्न शोषित पीडित सर्वहारावर्ग र देश एक भई लड्नुपर्छ भन्ने लेनिनको विचारलाई का. माओले अनुसरण गर्नुभएको देखिन्छ ।
लेनिनले सन् १९२१ मा भन्नुभएको थियो –“यहाँ दुई विश्व छन् । एउटा पँुजीवादको पुरानो विश्व र अर्को उदाउँदो नयाँ विश्व ।”

विश्वका दुई प्रभुत्वशाली शक्तिहरू सोभियत सङ्घ र संरा अमेरिका विश्वका बहुमत जनताको साझा शत्रु थिए । सोभियत सङ्घ विश्वयुद्धको सबैभन्दा डरलाग्दो स्रोत या कारण बन्न सक्ने स्थिति थियो । साम्राज्यवादी देशहरूबीचको टक्कर र प्रतिस्पर्धाले द्वन्द्व र युद्ध निम्तिने सम्भावना प्रबल थियो । संरा अमेरिका अर्थतन्त्र र सैन्यशक्तिमा निकै अगाडि थियो । विश्वमा आफ्नो एकाधिकार, डलर केन्द्रित मुद्रा प्रणाली खडा गर्ने, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, एसिया र ओसेनियालगायतका क्षेत्रमा सैन्य अखडाहरू निर्माण गर्ने कार्य तीव्र थियो । तर, त्यही समयमा कोरियाली जनताको बहादुरीपूर्ण लडाइँ चल्दै थियो ।

अध्यक्ष माओले का. स्तालिनको दृष्टिकोणलाई पनि समेट्नुभएको छ । स्तालिनले सन् १९१९ तिर भन्नुभएको थियो –“विश्व दुई शिविरमा विभक्त छ । एउटा शिविर साम्राज्यवादको अर्को समाजवादको ।” स्तालिनले पुनः सन् १९२४ मा विश्लेषण गर्नुभयो –“विश्व दुई शिविरमा विभाजित छ । एउटा शिविर मुठ्ठीभर विकसित देशहरूको जसले वित्तीय पँुजी निर्माण गर्छ र गोलाद्र्धका बहुमत जनसङ्ख्यामाथि पुँजीकै माध्यमबाट शोषण गर्छ । अर्को शिविर बहुमत शोषित र दबाइएका देशहरूको, जुन परनिर्भर छन् र उपनिवेश बनाइएका छन् ।”
का. माक्र्स र एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्रमै लेखिसक्नुभएको थियो –“संसारका मजदुरहरू एक होआँै ¤” यी विश्व दृष्टिकोणमा टेकेर का. माओले आफ्नो सिद्धान्त निर्माण गर्नुभएको बुझ्न गा¥हो छैन । कम्युनिस्ट आन्दोलनभित्रका खोटा विचार, अवसरवादी र संशोधनवादी विचारले रुसलाई सामाजिक साम्राज्यवादी देशमा पतन गरायो । ख्रुस्चेभ–ब्रेजनेभहरूले सोभियत समाजवादमाथि गरेको धोकेबाजीका कारण रुसमा पुँजीवाद पुनः स्थापना भएको थियो । ३० वर्षको समाजवादी व्यवस्थामा भएको विकास र उन्नयनकै आधारमा रुस महाशक्तिको रूपमा उदाएको थियो । त्यो कुराको हेक्का गोर्भाचोभहरूले राखेनन् । त्यसकारण, गोर्भाचोभ जस्ता संशोधनवादी नेताहरूका कारण एउटा ठूलै अन्तर्राष्ट्रिय शोषक, दमनकारी र आक्रमणकारी देशमा परिणत भयो ।
विश्वका दुई प्रभुत्वशाली शक्तिहरू सोभियत सङ्घ र संरा अमेरिका विश्वका बहुमत जनताको साझा शत्रु थिए । सोभियत सङ्घ विश्वयुद्धको सबैभन्दा डरलाग्दो स्रोत या कारण बन्न सक्ने स्थिति थियो । साम्राज्यवादी देशहरूबीचको टक्कर र प्रतिस्पर्धाले द्वन्द्व र युद्ध निम्तिने सम्भावना प्रबल थियो । संरा अमेरिका अर्थतन्त्र र सैन्यशक्तिमा निकै अगाडि थियो । विश्वमा आफ्नो एकाधिकार, डलर केन्द्रित मुद्रा प्रणाली खडा गर्ने, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, एसिया र ओसेनियालगायतका क्षेत्रमा सैन्य अखडाहरू निर्माण गर्ने कार्य तीव्र थियो । तर, त्यही समयमा कोरियाली जनताको बहादुरीपूर्ण लडाइँ चल्दै थियो । भियतनामी जनताको वीरता प्रदर्शन हुँदै थियो । कम्बोडिया, लाओसमा संरा अमेरिकाको सैन्य, राजनीतिक आर्थिक प्रभाव भने घट्दै थियो । साथै, संरा अमेरिकाको आर्थिक सर्वोच्चतालाई चुनौती दिन जापान उदायो । सैन्य र आर्थिक क्षेत्रमा केही असुरक्षा अनुभव भएपछि पुनः आक्रामक ढङ्गले आफ्नो स्थान सुरक्षित बनाउन संरा अमेरिका लागिप¥यो ।
संरा अमेरिकाले पुँजीको आधारमा, विदेशमा लगानी, आर्थिक सहायता, सैन्य सहायताको आधारमा आफ्नो साम्राज्यलाई बलियो बनाएको हो भन्ने थुप्रै दृष्टान्त पुस्तकभित्र छन् । संरा अमेरिकाले हातहतियारको व्यापारलाई महत्व दियो । संरा अमेरिका हतियारसँगै युद्ध, द्वन्द्वको पनि निर्यातकर्ता बन्यो ।
सोभियत रुस भने संरा अमेरिकालाई पछ्याउँदै थियो । त्यसकारण पनि बढी आक्रामक बन्यो । सोभियत सामाजिक–साम्राज्यवाद तुलनात्मकरूपमा आर्थिक मामिलामा कमजोर थियो । सोभियत नोकरशाही एकाधिकार पुँजीपति समूहले समाजवादी राज्य केन्द्रित अर्थतन्त्रलाई राज्य–एकाधिकार पुँजीवादी अर्थतन्त्रमा परिणत ग¥यो । सर्वहारावर्गको हुकुम रहेको देशलाई फासीवादी शासनअन्तर्गत लग्यो । त्यसकारण, अर्थतन्त्रको ठूलै हिस्सा सैन्य मामिलामा खर्च ग¥यो । अन्य स–साना देशहरूमा आक्रमण थाल्यो । रुसी अहङ्कारवाद हुर्कायो । आक्रमण, हस्तक्षेप, अतिक्रमण अगाडि बढायो । सोभियत सामाजिक – साम्राज्यवाद युद्धउन्मुख देखिन्थ्यो ।
पुस्तकमा लेखिएको छ –“साम्राज्यवाद, उपनिवेशवाद र प्रभुत्ववादविरुद्ध लड्ने प्रधान शक्ति तेस्रो विश्वका देशहरू र जनता हुन् ।” अध्यक्ष माओले सन् १९६६ अक्टोबर २५ मा भन्नुभएको थियो –“एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा उठेको क्रान्तिकारी आँधीले पुरानो विश्वसँग निर्णायक भिडन्त गर्नेछ र पुरानो विश्वको गतिलाई रोक्नेछ ।” अध्यक्ष माओको वैज्ञानिक र भौतिकवादी विश्लेषणअनुरूप नै दोस्रो विश्वयुद्धपश्चात् एसिया, अफ्रिका, ल्याटिन अमेरिकामा साम्राज्यवाद तथा उपनिवेशवादविरोधी सङ्घर्ष अगाडि बढ्यो ।
सन् १९४९ मा चिनियाँ क्रान्तिको विजय, संरा अमेरिकी आक्रमणविरुद्ध पितृभूमि रक्षार्थ गरिएको सन् १९५३ को कोरियाली क्रान्ति, सन् १९५५ मा सम्पन्न अफ्रिकी–एसियाली देशहरूको बाङ्डुङ सम्मेलन, सन् १९५६ मा स्वेज नहरमाथि इजिप्टेली जनताको विजय, ल्याटिन अमेरिकामा गौरवशाली प्रजातान्त्रिक आन्दोलन, सन् १९५९ को क्युवाली क्रान्ति, सन् १९७० मा प्रजातन्त्रका लागि चिलीको सङ्घर्ष सन् १९६२ मा अल्जेरियाली राष्ट्रिय मुक्ति युद्धमा विजय, अफ्रिकी जनताले आफ्नो स्वतन्त्रताका निम्ति उठाएका आन्दोलनलगायतका सङ्घर्षहरू संरा अमेरिकाको टाउको दुखाइ बन्यो । आज पनि एसिया, अफ्रिका, ल्याटिन अमेरिकी देशहरू साम्राज्यवाद र प्रभुत्ववादविरुद्ध निरन्तर लडिरहेका छन् ।
समाजवादी देश चीन पनि तेस्रो विश्वमा पर्छ । अध्यक्ष माओले भन्नुभएको थियो – “चीन तेस्रो विश्वको सदस्य हो । चीनलाई धनी र शक्तिशाली देशसँग तुलना गर्न मिल्दैन । एउटा विकासशील देश हो, चीन ।” आज पनि चीन आफूलाई विकासशील देश बताउँछ । चीन सदैव दबिएका र शोषित देशहरूको सहयोगी बन्छ, तिनलाई एकताको शुत्रमा बाँध्न अगुवाइ गर्छ । पुस्तकमा लेखिएको छ – “यदि भोलि आर्थिकरूपमा शक्तिशाली बने पनि चीन तेस्रो विश्वसँगै सम्बन्धित रहनेछ र स–साना विकासशील एवम् शोषित देशहरूसँगै रहनेछ ।” त्यतिनै बेला शान्तिपूर्ण सहअस्तित्वका ५ सिद्धान्त र अन्य देशमा आर्थिक सहायताका निम्ति ८ सिद्धान्त अगाडि सारियो । यसरी चीन र अन्य देशहरू विश्वमा शोषण र दमनको इतिहास उल्ट्याउन रगत र पसिना बगाउँदै थिए भन्ने सन्देश पुस्तकले दिन्छ ।
दोस्रो विश्व प्रभुत्ववादविरुद्धको सङ्घर्षमा तेस्रो विश्वको साथ रहने उल्लेख छ । विकसित देशहरू, हिजोका उपनिवेशवादी देशहरू दोस्रो विश्वभित्र राखिए । ती आर्थिकरूपमा सबल देशहरूमाथि महाशक्तिहरूले कब्जा गर्ने कार्य, आफ्नो शिविरमा तान्ने कार्य जारी थियो ।
दोस्रो विश्वका सर्वहारा जनताले राष्ट्रिय स्वतन्त्रताको झन्डा उँचो फहराउने, महाशक्तिको दमन, सोभियत सामाजिक साम्राज्यवादको आक्रमणविरुद्ध लड्ने कार्यले क्रान्तिकारी परिस्थिति निर्माणमा सघाउनेछ भन्ने उल्लेख छ । माक्र्सवाद–लेनिनवादले शत्रुविरुद्ध विजय हासिल गर्नका निम्ति मध्यम शक्तिहरूलाई जित्नुपर्ने विषयलाई अत्यन्त महत्वका साथ उठाएको छ । तेस्रो र दोस्रो विश्वको एकताले नै साम्राज्यवाद तथा प्रभुत्ववादविरुद्ध विजय हासिल गर्न सजिलो हुन्छ । तर, दोस्रो विश्वलाई महाशक्तिहरूले निरन्तर युद्धको धम्की दिइरहने, अनेक किसिमले सासना दिने कार्य भने रोकिँदैन ।
अध्यक्ष माओका अनुसार युद्ध नीति र प्रभुत्ववादी महाशक्ति परास्त गर्न बृहत् अन्तर्राष्ट्रिय एकता मञ्चहरू खडा गर्न जरुरी छ । प्रभुत्ववादविरुद्धको लडाइँ र युद्ध नीतिविरुद्धको लडाइँ फरक विषय भएपनि सङ्घर्ष एउटै हुनुपर्छ । चीनले सधैँ विश्वशान्तिको पक्ष लियो । देशको सन्तुलित विकासका निम्ति पनि विश्वशान्ति जरुरी हुन्छ । विश्वयुद्धबाट क्षतिबाहेक केही हुन्न । अझ स–साना गरिब मुलुक थिलथिलोमा पर्छन् । “तर यदि चीनमाथि युद्धको धम्की आइरहन्छ भने पहिला हामी त्यसको विरोध गर्छौँ त्यसपछि हामी युद्धसँग डराउँदैनौँ प्रतिकारको तयारी गर्र्छौँ ।” पुस्तकमा लेखिएको छ  ।

अध्यक्ष माओको तीन विश्वको सिद्धान्तले अन्तर्राष्ट्रिय सर्वहारा जनतालाई साम्राज्यवाद तथा प्रभुत्ववादविरुद्ध लड्न आत्मविश्वास र हौसला प्रदान गर्छ । दोस्रो विश्वलाई आफ्नो सार्वभौमिकता जोगाउन र तेस्रो विश्वलाई विकसित बनाउन मार्गदर्शन गर्दछ । त्यतिमात्र होइन, सम्पूर्ण मानवजातिको हित र उन्नयनका निम्ति दमन र शोषणको विश्व उल्ट्याउन बाटो देखाउँछ ।

विश्व युद्ध हुन नदिन महाशक्ति देशहरूभित्रै न्यायपूर्ण आन्दोलन, सर्वहारावर्गको अन्दोलन, समाजवादी र कम्युनिस्ट आन्दोलन उठ्नुपर्छ । साम्राज्यवादी देशहरू आफै जटिल समस्याहरूमा जकडिएका हुन्छन् । का. माओले भन्नुभएको थियो, “संरा अमेरिका कागजी बाघ हो । उसलाई विश्वास नगर । एउटा सानो सियोले प्वाल पार्न सक्छ । संशोधनवादी सोभियत सङ्घ पनि कागजी बाघ नै हो ।”
यसरी अध्यक्ष माओको तीन विश्वको सिद्धान्तले अन्तर्राष्ट्रिय सर्वहारा जनतालाई साम्राज्यवाद तथा प्रभुत्ववादविरुद्ध लड्न आत्मविश्वास र हौसला प्रदान गर्छ । दोस्रो विश्वलाई आफ्नो सार्वभौमिकता जोगाउन र तेस्रो विश्वलाई विकसित बनाउन मार्गदर्शन गर्दछ । त्यतिमात्र होइन, सम्पूर्ण मानवजातिको हित र उन्नयनका निम्ति दमन र शोषणको विश्व उल्ट्याउन बाटो देखाउँछ । ऐतिहासिकरूपले महत्वपूर्ण यस पुस्तकको सैद्धान्तिक पक्ष आजको विश्वमा पनि सान्दर्भिक छ । अध्यक्ष माओको दूरदृष्टि पाइने यस पुस्तकको अध्ययनबाट विश्व व्यवस्थाको जानकारी मिल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *