भर्खरै :

साम्राज्यवादविरोधी सङ्घर्षमा क्युवा र फिडेल क्यास्ट्रो

क्युवाली जनताका नेता फिडेल क्यास्ट्रोको जीवन साम्राज्यवादविरोधी सङ्घर्षको इतिहास गाथा हो । उहाँको साम्राज्यवादविरोधी सङ्घर्षका केही महत्वपूर्ण गतिविधिहरू उल्लेख गर्दछु –
सो¥हौँ शताब्दीको सुरुदेखि क्युवालाई स्पेनले उपनिवेश बनाएको थियो । संरा अमेरिकाले स्पेनको उपनिवेशविरुद्ध लड्न साथ दिने निहुँमा सन् १८९८ मा क्युवालाई नयाँ उपनिवेश बनायो । संरा अमेरिकाले सन् १९०२ मा क्युवाको संविधान संशोधन गराई क्युवाको केही भू–भागमा अमेरिकी जलसेनाको अखडा स्थापना ग¥यो । अमेरिकाले अहिलेसम्म ग्वान्टानामो टापुमा अफगानिस्तानका युद्धबन्दीहरूलाई अमानवीयढङ्गले बन्दी बनाएको छ भने सो टापुलाई क्युवाविरुद्ध प्रयोग गर्दै छ ।
अमेरिकी साम्राज्यवादबाट देश मुक्त गर्न क्यास्ट्रो अनेकन दुःख गरी जोगाएको पैसाले पानीजहाज किनेर क्रान्तिकारी दलसहित अघि बढ्नुभयो । अमेरिकी सेनाले क्यास्ट्रोको जहाजमाथि गोलावारी गर्दा जहाज डुब्यो र तीन माइल पौडेर क्यास्ट्रो किनारा पुग्नुभयो ।
उहाँले हवाना विश्वविद्यालयबाट कानुनमा स्नातक गरी अमेरिकी उपनिवेशविरुद्ध लडेका कैदीहरूको पक्षमा मुद्दा लड्नुभयो । नेपालमा भर्खरै प्रधानन्यायाधीश पदमा नियुक्ति हुनुभएका सुशीला कार्कीले कतिपय कानुन व्यवसायी जग्गा दलालसँग मिलेमतो गरी जसको मुद्दा लडेको हो उसैको सम्पत्ति हडप्ने शोषक तथा सामन्तीजस्तो व्यवहार गर्ने गरेको औँल्याउँदै त्यस्ता कानुन व्यवसायीलाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने निर्देश दिएको बताउनुभयो ।
त्यस्तै जग्गा, लेनदेन र घर किल्ला मुद्दामा नेपालका अधिकांश वकिलहरू लागेको हुँदा देशको सार्वभौमिकता रक्षा र सीमा सुरक्षा गर्ने मुद्दा दर्ता पनि भएन । भारतले नेपालको ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी भू–भाग अतिक्रमण गरेको फिर्ता लिन र ५९९४ सीमा स्तम्भमा हराएका ११ सत्न्दा बढी सीमास्तम्भ यथास्थानमा कायम गर्न नेपालका वकिलहरूले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गर्न अघि बढ्नु आवश्यक छ । क्यास्ट्रोले कानुन पढेर साम्राज्यवादविरोधी योद्धाहरूको पक्षमा लड्नु भएजस्तै नेपालका वकिलहरूले देशको सार्वभौमिकता, सीमा सुरक्षा र पारवहन अधिकारको लागि लड्नु देशभक्तिको परिचय हुनेछ ।
सन् १९५२ पछि अमेरिकाले सत्ताको नेतृत्वमा ल्याएको फुल्जेसियो बाटिस्टाको विरोधमा क्यास्ट्रोले पनि उम्मेदवारी दिनुभयो । अमेरिकी दलाल बाटिस्टाले क्यास्ट्रोको उम्मेदवारीलाई जबरजस्ती खारेज गर्न लगायो । कानुनी सङ्घर्षको उपाय नभएपछि क्यास्ट्रो र भाइ राउल क्यास्ट्रोले आफ्नो सम्पति बेचेर अमेरिकी साम्राज्यवादबाट देश मुक्त गर्न हातहतियारको व्यवस्था गर्नुभयो । सन् १९५३ र १९५६ मा क्रान्तिकारी सेनाको नेतृत्व गर्दै क्यास्ट्रोले कठपुतली बाटिस्टाका सेनासित लड्नुभयो । क्युवाभरि अमेरिकी साम्राज्यवादी र यसको कठपुतली तानाशाह बाटिस्टाको सरकारविरुद्ध विद्रोहको आगो दन्कियो । सन् १९५७ मा क्यास्ट्रोको नेतृत्वमा रहेका क्युवाली क्रान्तिकारीहरूले राजधानी हवानामा आक्रमण गरे । सन् १९५८ डिसेम्बर ३१ मा बाटिस्टा र उनका सहयोगीहरू रातारात देश छोडेर भागे । सन् १९५९ जनवरी १ मा क्यास्ट्रोले क्युवामा पुरानो युगको अन्त्य भई नयाँ युग सुरु भएको घोषणा गर्नुभयो ।
क्रान्तिपछि क्यास्ट्रोको नेतृत्वमा समाजवादी नीतिअनुरूप निःशुल्क शिक्षा र स्वास्थ्य, गाँस, बास र कपडाको प्रत्याभूति, सम्पत्तिको समान वितरण, सबैलाई समान अवसरको व्यवस्था र अमेरिकी साम्राज्यवादले छोडेर गएको समाजका कुसंस्कार, रङ्गभेद र जातिभेदको उन्मूलन गर्नेलगायत कार्यक्रम लागू भयो । क्युवाको आर्थिक मेरुदण्डको रूपमा रहेको कृषि नयाँ ढङ्गले सुरु भयो । क्यास्ट्रोले आफूलाई महान राजनेता, उच्चकोटीको कृषिविज्ञ र खप्पिस किसानको रूपमा प्रस्तुत गर्दै देश र जनताको नेतृत्व गर्नुभयो ।
अमेरिकी साम्राज्यवाद क्युवामा आक्रमण गरी कठपुतली सरकार बनाउने तयारीमा थियो । क्यास्ट्रोले सारा क्युवाली जनतालाई अमेरिकी आक्रमणको प्रतिरोध गर्न तम्तयार स्थितिमा रहन आह्वान गर्नुभयो । सन् १९६१ अप्रिल १५ मा अमेरिकाले हवाना विमानस्थलमा असफल आक्रमण ग¥यो । क्यास्ट्रोले त्यसको भोलिपल्ट क्युवालाई ‘माक्र्सवादी–लेनिनवादी र समाजवादी’ देश घोषणा गर्नुभयो । क्युवाको समाजवादलाई तत्काल समाप्त पार्न संरा अमेरिकाले सन् १९६२ मा क्युवालाई नाकाबन्दी ग¥यो । तर तत्कालीन सोभियत सङ्घ र पूर्वी युरोपका समाजवादी देशहरूसँगको व्यापार र सहयोगमा नेता क्यास्ट्रोले क्युवाको समाजवादलाई अघि बढाउनुभयो ।
सन् १९६२ मा संरा अमेरिकाले क्युवामाथि क्षेप्यास्त्र र सैनिक तैनाथ गरेको निहुँमा कारबाही गर्ने चेतावनी दियो । अमेरिका र बेलायतले सन् २००३ मा इराकलाई जैविक आणविक हतियार थुपारेको आरोप लगाई आक्रमण गरी सन् २००६ मा इराकी नेता सद्दाम हुसेनको हत्या गरे । लिबियामा पनि आक्रमण गरी त्यहाँका नेता गद्दाफीको हत्या गरे । ती दुवै देशको तेल खानी कब्जा गर्न नै संरा अमेरिका र बेलायतले आक्रमण गरेको पुष्टि भइरहेको छ । संरा अमेरिकाले त्यतिबेला क्युवामा पनि हतियार निरीक्षण गर्न खोजेको थियो । तर, क्यास्ट्रोले संयुक्त राष्ट्र सङ्घको विशेष टोलीलाई क्युवामा निरीक्षण नगराउने अडान राख्नुभयो । सन् १९६८ मा क्यास्ट्रोले आणविक अप्रसार सन्धि ९ल्एत्० मा हस्ताक्षर गर्नुभएन । सोही वर्ष अमेरिकी साम्राज्यवादको सेनासँग लड्दा लड्दै चे ग्वेभाराले बोलिभियामा वीरगति प्राप्त गर्नुभयो । साम्राज्यवादीहरूले क्यास्ट्रो र चेबीच विवाद भएको प्रचार गरे । तर, उहाँहरूबीच क्रान्तिको विषयमा मतभेद थिएन ।
सन् १९७५ मा संरा अमेरिकाले दक्षिण अफ्रिकाका विपक्षीहरूलाई समर्थन गरेको हुँदा क्यास्ट्रोले अङ्गोलामा १८ हजार क्युवाली सेना पठाउनुभयो र दक्षिण अफ्रिकी फौज अङ्गोलाबाट फिर्ता हुन बाध्य पार्नुभयो । सन् १९७७ मा साम्राज्यवादीहरूको सहयोगमा सोमालियाले इथोपियामा आक्रमण ग¥यो । क्यास्ट्रोले इथोपियाको मेङिस्तु हाइले मारियाको माक्र्सवादी सरकारलाई साथ दिनुभयो । सन् १९८२ मा बेलायतविरुद्ध फकल्यान्ड युद्ध हुँदा क्युवाले अर्जेन्टिनीहरूलाई सैन्य सहयोग गर्नुभयो ।
सन् १९८५ मा तत्कालीन सोभियत सङ्घको नेतृत्वमा पुगेका गोर्वाचोभले ग्लास्नोट (प्रजातन्त्र) र पेरस्त्रोइका (खुलापन) लागू गर्दा यसले सोभियत सङ्घमा समाजवादलाई कमजोर बनाउने र पुँजीपति वर्गले सत्ता कब्जा गर्ने आशङ्का क्यास्ट्रोले गर्नुभयो । सन् १९८९ मा सोभियत सङ्घमा खलबली सुरु भयो र सन् १९९१ मा पुँजीवाद पुनःस्थापना भई देश १५ टुक्रामा विभाजित भयो ।
सोभियत सङ्घ र पूर्वी युरोपका समाजवादी देशहरूबाट क्युवाको लागि ९८ प्रतिशत तेल आपूर्ति भइरहेको थियो । सो नहुँदा कृषि उत्पादनमा पनि अवरोध भयो । क्युवाको मुद्रा प्रतिडलर १५० पेसोसम्म अवमूल्यन भयो । खाद्यान्नको अभावसँगै मानिसको वजन १५–२० केजीले घट्दै थियो । तत्पश्चात् क्युवाले खेतीपातीको लागि लाखौँ हल गोरु र प्राङ्गारिक मलको व्यवस्था ग¥यो । २० लाख साइकल चीनबाट आयात गरी यातायातलाई सहज बनाइयो । ट्रकमा पाल राखी यात्रु गाडीको रूपमा सेवा गर्न लगाइयो । सहरी कृषि र कौसी खेतीमा जोड दिइयो । उखु खेतीको ठाउँमा खाद्यान्न बाली लगाइयो । जनतामा रोग लाग्न नदिने नीति लिइयो । उच्च रक्तचाप नियन्त्रण गरियो । आयुर्वेद औषधिमा जोड दिइयो । बारीको तरकारी र फलफूल छिमेकीलाई वितरण गर्ने नीति ल्याइयो ।
अहिले महिलाहरू पनि उच्चस्तरका कृषि प्रविधिसहित खेतीपातीमा छन् । ६० प्रतिशत डाक्टरहरू महिला नै छन् । धेरै युवाहरू कृषिमा आकर्षित छन् । अहिले प्रतिडलर २० पेसोमा माथि चढ्यो । संरा अमेरिकाले मकैलगायतले इन्धन बनाउन थालेपछि संसारका एक अर्ब मानिस कुपोषण र भोकमरीको शिकार भइरहेको बेला विरोध पनि भइरहेको छ ।
सोभियत सङ्घको विघटनपछि क्युवाविरुद्धको नाकाबन्दी थप कडा पार्न संरा अमेरिकाले सन् १९९२ मा अमेरिकी संसद सदस्य टोरिसेलीलाई अमेरिकी संसदमा विधेयक पेश गर्न लगाई पारित ग¥यो । सो टोरिसेली ऐनमा संरा अमेरिका बाहिरका अमेरिकी कम्पनीहरूले समेत क्युवासँग व्यापार गर्न नपाउने प्रावधान राखियो । सन् १९९६ मा अमेरिकी सांसदहरू हेल्मस् र बु्रटनले पेश गरेको क्युवाविरुद्धको विधेयक अमेरिकी संसद्ले पारित ग¥यो । हेल्मस्–बु्रटन ऐनमा कुनै पनि अमेरिकी या अमेरिकाका मित्र देशका उद्योगहरूले क्युवामा खाद्यान्न र औषधिसमेत पठाउन नपाउने प्रावधान राखियो । तर संसारका न्यायप्रेमी जनता क्युवाको पक्षमा छन् । संयुक्त राष्ट्र सङ्घको महासभामा क्युवाविरुद्धको नाकाबन्दीलाई सन् २०१२ सम्म २१ औँ पटकको मतदानले अस्वीकार ग¥यो । क्युवाको समर्थनमा १८८ देश र क्युवाको विरोधमा नाकाबन्दीको समर्थन गर्ने संरा अमेरिका र इजरायलमात्र भएको मतदानको परिणामले देखायो । अहिले धेरै अमेरिकीहरू क्युवामा स्वास्थ्य उपचार र घुमफिरको लागि गइरहेका छन् ।
यहीबेला साम्राज्यवादीहरू एसियामा तेस्रो विश्व युद्ध थोप्ने तयारी गर्दै छन् । एसियाका दुई ठूला देश चीन र भारतबीच मतभेद बढाउँदै छन् । चीनको तिब्बतबाट भागेका दलाई लामालाई संरा अमेरिकासमेतको सहयोगमा भारतले आश्रय दिइरहेको छ । भारतले संरा अमेरिकासँग सैनिक सम्झौता ग¥यो । चीनको दक्षिण सागरमा फिलिपिन्सलगायतलाई र पूर्वी चीन सागरमा जापानलगायतलाई दाबी गराउने काम अमेरिकी साम्राज्यवादले गर्दै छ । संरा अमेरिकाले दक्षिण कोरियामा सेना र हतियार तैनाथ गरी प्रजग कोरियाविरुद्ध नाकाबन्दी र सैनिक युद्ध अभ्यास गर्दै आएको छ । यी दृश्यहरूले साम्राज्यवादीहरू एसियाको शान्ति बिथोल्न लागि परेको पुष्टी गर्छ ।
(क्युवा ऐक्यबद्धता समिति नेपालले क्युवाली क्रान्तिका नेता कामरेड फिडेल क्यास्ट्रोको ९० औँ जन्मदिवसको अवसरमा आयोजित कार्यक्रम व्यक्त मन्तव्य–सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *