भर्खरै :

भक्तपुरका बुधबार सार्वजनिक कोरोना संक्रमित कहाँ कहाँका छन् ?

भक्तपुर, २९ साउन । स्वास्थ्य मन्त्रालयले भक्तपुर जिल्लाको भनी बुधबार सार्वजनिक गरेका कोरोना सङ्क्रमितमध्ये एक जना मध्यपुर नगरपालिका वडा नं ८ बोडेका ३६ वर्षीय महिला पनि भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । उनी हाल घरमै आइसोलेसनमा छिन् । त्यस्तै सुर्यबिनायक नपा वडां नं ४ दधिकोटका दुई जना पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ । ३० र ३३ वर्षका उनीहरू हाल वीर अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभएको छ ।
स्वास्थ्य मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालयमा पठाएको जानकारीअनुसार मध्यपुर नपा बस्ने दोलखा, तामाकोसी वडा नं ३ का २५ वर्षका एक जना पुरुष पनि सङ्क्रमित भएको पुष्टि भएको छ ।
स्रोतले दिएको जानकारीअनुसार सङ्क्रमण पुष्टि भएका २० र २३ वर्षका दुई जना पुरुषहरू भने अझै सम्पर्कमा आइसकेका छैनन् । स्वास्थ्य मन्त्रालयले पठाएको अभिलेखमा काँडाघारी ठेगाना उल्लेख भएका दुई जना व्यक्तिलाई पनि भक्तपुरको नामावलीमा समावेश गरिएको प्रमुख मिजारले बताउनुभयो । काँडाघारी बस्ने दुई जना विरामी एक जना तनहुँ जिल्ला भानु नपा वडा नं ८ का स्थायी बासिन्दा र अर्को सर्लाहीका स्थायी बासिन्दा भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *