बैङ्ककमा भीषण बाढी, हजारौँ नागरिक विस्थापित
- आश्विन ११, २०८३
काठमाडौँ, २९ साउन
(रासस) । मुलुकमा कोभिड–१९ को सङ्क्रमणसँगै मृत्युको ग्राफ क्रमशः बढ्दै गएको छ । बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए । बिहीबार चार जनाले ज्यान गुमाएका छन् ।
यही साउन २२ देखि २९ गतेसम्मको आठ दिनमा मात्रै कोभिड–१९ सङक्रमित ३५ को मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा ९५ जनाको मृत्यु भइसकेको छ । कोभिड–१९ ले विगतमा फाट्टफुट्टरूपमा मानिसको मृत्यु भएकामा साउन लागेपछि दैनिकरूपमा तीनदेखि आठ जनासम्मको ज्यान गएको छ ।
विश्वको तुलनामा नेपालको मृत्युदर अत्यन्त न्यून भए पनि पछिल्ला तथ्याङ्कले मृत्युदर बढ्दो देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । उहाँका अनुसार मृत्यु भएकामध्ये ५० प्रतिशत मधुमेह, अर्बुदरोग, फोक्सो र मिर्गौलारोगी रहेको र ५० प्रतिशत भने निरोग व्यक्ति छन् ।
नेपालमा सङ्क्रमितमध्ये झन्डै शून्य दशमलव ४ प्रतिशत मृत्युदर छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोभिड–१९ को मृत्युदर विश्वमा तीन प्रतिशत छ । कतिपय मुलुकमा तीन प्रतिशत माथि पुगेको छ । तथ्याङ्क हेर्दा मुलुकमा सङ्क्रमणसँगै मृत्युदर पनि क्रमशः बढ्दो छ । पछिल्लो एक साताको विवरण केलाउँदा बढ्दो ग्राफको प्रस्ट तस्वीर पाइन्छ । साउन २१ देखि २८ सम्म तीन हजार २० नयाँ सङ्क्रमित फेला परे । काठमाडौँ उपत्यकामा मात्रै एक सातामा ६६६ नयाँ सङ्क्रमित भेटिए । उपत्यकाका तीन जिल्लाका सङ्क्रमितमध्ये झण्डै ९० प्रतिशत काठमाडौँ जिल्लाका छन् । यी विवरणले क्रमशः कोभिड–१९ को जोखिम उच्च वृद्धि भइरहेको देखाउँछ ।
मन्त्रालयका अनुसार अहिले मुलुक दोस्रो तहको सङ्क्रमणमा छ । “निश्चित क्षेत्रमा महामारीका रूपमा कोभिड–१९ फैलिएको छ, अझै नियन्त्रण बाहिर गएको छैन”, मन्त्रालयका प्रवक्ता डा. गौतमले भन्नुभयो, “काठमाडौँसहित पर्सा, रौतहट र महोत्तरी जिल्लामा कोभिड–१९ महामारीका रूपमा देखिन्छ, त्यसपछि दोस्रामा मोरङ, बाँकेलगायत केही जिल्ला छन् ।” उहाँले मानिसले स्वास्थ्य मापदण्ड नअपनाउँदा जोखिम बढेको बताउनुभयो । दुई मिटर दूरी कायम गरेर नियमित मास्कमात्रै लगाउने हो भने पनि ९६ प्रतिशत सङ्क्रमण रोक्न सकिने जनस्वास्थ्य विज्ञको भनाइ छ । “जनस्वास्थ्यको मापदण्ड नै फलो नगर्ने, भीडभाड बढाउने, टेर्दै नटेर्ने, अनि कसरी सङ्क्रमण रोक्न सकिन्छ”, डा. गौतमले आक्रोशपूर्णरूपमा भन्नुभयो ।
जोखिम बढेपछि सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र निस्किएमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै हिँड्न भनेको छ । मुलुकभर बन्दाबन्दी घोषणा नगरिए पनि सरकारले सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन रोक्नेदेखि अन्य आवश्यक निर्णय गर्दै आएको छ । आफ्नो सीमा क्षेत्रमा निर्णय गर्ने अधिकार स्थानीय तह र जिल्ला प्रशासनलाई दिइएको छ । सोहीअनुसार कतिपय जिल्ला र स्थानीय तहले आआफ्नै ढङ्गले जोखिम विश्लेषण गरी सिल गर्नेदेखि निषेधाज्ञा र लकडाउनसम्मका निर्णय गर्न थालेको छ ।
एक हप्ताको सङ्क्रमण र मृत्युको अवस्था
साउन २२ देखि २८ सम्म एकसाताका अवधिमा मात्रै ३१ जनाले ज्यान गुमाएका छन् । बिहीबार थप चार जनाले ज्यान गुमाए । साउन २८ गते ४६४ जना नयाँ पोजेटिभ देखिँदा त्यसमा १३९ जना काठमाडौँ उपत्यकाका थिए । त्यसमा पनि १०९ जना काठमाडौँ जिल्लाका भेटिए । धनुषाका दुई तथा काठमाडौँ, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एकएक गरी बुधबार एकै दिन सबैभन्दा बढी आठ जनाले ज्यान गुमाए । आजसम्म ९५ जना नेपालीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । साउन २७ गते ६३८ नयाँ सङ्क्रमित थपिएकामा उपचारका क्रममा रहेका काभ्रेपलाञ्चोक, धनुषा, सिन्धुपाल्चोकका गरी चार जनाको मृत्यु भयो । उपत्यकामा १३६ नयाँ सङ्क्रमित भेटिए ।
साउन २६ गते चार जनाले ज्यान गुमाए । त्यस दिन ३३८ नयाँ सङ्क्रमितमध्ये ४४ जना उपत्यकाका थिए । साउन २५ गते ३८० जनामा देखिँदा उपत्यकाका ९२ जना थिए । त्यस दिन दुई जनाले ज्यान गुमाए । साउन २४ गते ३७८ जनामध्ये उपत्यकामा ६२ जनामा देखियो । त्यस दिन तीन जनाले ज्यान गुमाए । साउन २३ मा ४६२ जनामा देखिएको थियो । उपत्यकामा मात्रै १०६ जना भेटिए । त्यस दिन पाँच जनाको मृत्यु भएको थियो ।
साउन २२ गते ३७० जना सङ्क्रमित हुँदा उपत्यकामा ८७ जना थिए । त्यस दिन पनि पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बिहीबारमात्रै ५२५ नयाँ सङ्क्रमित थपिए । हालसम्म झण्डै २५ हजार सङ्क्रमित फेला परेका छन् । मुलुकमा उपचारपछि निको भएको दर भने आशालाग्दो छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ६८ दशमलव ५ प्रतिशत छ । अहिले सरकार परीक्षणको दायरा बढाउँदै दैनिक १० हजार जनाको पीसीआर परीक्षण गर्नसक्ने अवस्थामा पुगेको छ ।
प्रदेश नं २ मा बढी मृत्यु
प्राप्त विवरणमा कोभिड–१९ का कारण सबैभन्दा बढी मानवीय क्षति प्रदेश नं २ मा भएको छ । बिहीबारसम्मको विवरणमा प्रदेश नं २ मा ३९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यसपछि दोस्रामा वाग्मती प्रदेशमा १८ जनाले ज्यान गुमाएका छन् । प्रदेश नं १ मा आठ, गण्डकी प्रदेशमा ६, प्रदेश नं ५ मा १२, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा आठ जनाको मृत्यु भएको छ ।
लकडाउन समाप्तिपछि परीक्षण गरिएकामध्ये पोजेटिभ प्रतिशतसमेत केही वृद्धि भएको छ । साउन ७ गते लकडाउनको अन्त्य हुँदा परीक्षण गरिएकामध्ये ४ दशमलव २२ प्रतिशत पोजेटिभ देखिएको थियो । साउन २७ मा ६ दशमलव १० प्रतिशत रहेकामा साउन २८ मा ४ दशमलव ६२ प्रतिशत पोजेटिभ देखिए ।
उच्च सावधानी अपनाइँदै
सङ्क्रमित बढ्न थालेपछि सरकारले आवश्यक तयारीका साथ उच्च सावधानी अपनाउँदै पुनः कडाइ गर्न थालेको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन रोकेको छ । यसअघि साउन ३२ गतेसम्मका लागि रोकेको थियो । सङ्क्रमण बढेकाले एक महिना थप भएको हो ।
भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात र हवाई सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेदेखि मात्र सञ्चालन गरिने भएको छ । यस्तै यसअघि साउन १५ देखि सञ्चालन गरिएको होटल तथा रेष्टुराँलाई रोकेर पहिलेझैँ खाद्य परिकार लैजान मात्रै पाउने व्यवस्था गरिएको छ ।
सक्रिय सङ्क्रमित २०० भन्दा बढी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैङ्क, सहकारी, लघुवित्त एवम् वित्तीय सङ्घसंस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं सङ्घसंस्थाले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन भनेको छ । यस्तै ५० प्रतिशत कर्मचारी उपस्थित भएर काम गर्नसमेत सरकारले निर्देशन दिएको छ ।
मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेक कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउने पहिलेकै निर्णयलाई निरन्तरता दिइएको छ । गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी बिहीबारदेखि लागू हुने गरी तत्काल सवारी पास वितरण बन्द गर्न भनेको छ । फुटपाथ, खुला ठाउँ, ठेला गाडा र साइकलमा सञ्चालन भइरहेका व्यवसायलाई सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहले निषेध गर्ने निर्णय पनि भएको छ । उद्योग कलकारखानामा भने आवश्यक स्वास्थ्य मापदण्डअनुसार मात्रै सञ्चालन गर्न पाइने छ ।
सरकारले गएको चैत ११ गतेदेखि बन्दाबन्दीको आदेश जारी गरेको थियो । झण्डै चार महिनापछि साउन ५ गतेको निर्णयले साउन ६ गते रातिदेखि बन्दाबन्दी अन्त्य भएको थियो । वैशाख र जेठमा अत्यधिक बढेको कोभिड–१९ असारमा केही कमी देखिए पनि साउनमा ह्वात्तै बढेको छ । सङ्क्रमणमा केही कमी आएपछि सरकारले जेठ २९ गते लकडाउनलाई खुक्ुलो बनाएर आर्थिक गतिविधि चलायमान बनाएको थियो । त्यसको आज ठीक दुई महिना पुग्दा कोरोना रोकथाम हुनाको सट्टा क्रमशः बढ्दो क्रममा रहेको विवरणले देखाउँछ ।
अझै सचेत छैनन्
कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारको मात्रै प्रयासले पुग्दैन, सबै नागरिक पनि सचेत हुनुपर्छ । नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा. अनिल कार्की आमसमुदाय चनाखो हुनुपर्ने र आवश्यक स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने सुझाव दिनुहुन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले कोरोनाबाट बच्न करीब ७२ प्रतिशतले मात्रै मास्क लगाउँछन् । त्यसमा पनि ६२ प्रतिशतले मात्रै सही तरिकाले लगाउँछन् ।
परिषद्का सदस्य सचिव प्रा. डा. प्रदीप ज्ञवालीका अनुसार मास्क नलगाउनेको सङ्ख्या झण्डै २८ प्रतिशत छ । मास्कको बेवास्ता गरी लगाउनेको सङ्ख्या २७ दशमलव ३४ प्रतिशत छ । मास्क लगाउनेमध्ये पनि कपडाको मास्क लगाउने १५ दशमलव आठ प्रतिशत पाइए । काठमाडौँ उपत्यकाका २३ सार्वजनिकस्थल तरकारी बजार, सपिङ मल, सरकारी र निजी अस्पताल, बैङ्क, मालपोत कार्यालय, सार्वजनिक यातायात, होटललगायत क्षेत्रमा उक्त अध्ययन गरिएको थियो । जनस्वास्थ्य मापदण्ड ‘एसएमएस’, सामाजिक दूरी, मास्कको उचित प्रयोग, सेनिटाइजर र साबुनको प्रयोगबारे सर्वसाधारणमा सर्वेक्षण गरिएको थियो ।
Leave a Reply