भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
नाफामुखी राजनीति र जनमुखी राजनीतिको प्रतिस्पर्धा
जेनेभा, १३ अगस्ट । कोभिड–१९ भाइरसको खोप बनाउने विषयमा विश्व स्वास्थ्य सङ्गठन रुससँग नजिक सम्पर्कमा रहेको सङ्गठनका अधिकारीले बताएका छन् ।
“हामी रुसका स्वास्थ्य अधिकारीहरूसँग नजिक सम्पर्कमा छौँ । रुसले आविष्कार गरेको भनिएको खोपको विषयमा दुई पक्षबीच छलफल जारी छ”, विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता तरिक जासारेभिचले भने ।
“कुनै पनि खोपको प्रारम्भिक क्षमताबारे विस्तृत समीक्षा हुनुपर्छ । सुरक्षा र प्रभावकारिताको लागि सबै तथ्याङ्कको मिहीन अध्ययन आवश्यक छ”, उनले भने ।
प्रवक्ता तरिकले कुनै पनि देश वा संस्थाले बनाएको भनिएको खोपको निम्ति एउटै प्रक्रिया तोकिएको प्रस्ट पारे ।
“आफ्नो भूभागमा कुनै पनि औषधि वा खोप प्रयोगमा ल्याउन दिने वा नदिने विषयमा आ–आफ्ना नियमनकारी निकाय छन् । विश्व स्वास्थ्य सङ्गठनको छाप भनेको गुणस्तरको मापन हो । त्यसकारण खोप र औषधि उत्पादकहरूले विश्व स्वास्थ्य सङ्गठनसमक्ष अनुमोदनको लागि आग्रह गर्नेछन्”, उनले भने ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गत मङ्गलबार रुसले संसारमै पहिलो नोबेल कोरोना भाइरसको खोप उत्पादन गर्न सफल भएको सार्वजनिक घोषणा गरेका थिए । रुसले बनाएको सो खोपको पहिलो परीक्षण फिलिपिन्समा गरिन लागेको स्रोतले बताएको छ ।
रुसी राष्ट्रपति पुटिनले सो खोपको ठुलो परिणामको उत्पादन निकट भविष्यमा नै सुरु गर्ने तयारी भइरहेको बताएका छन् । उनले सो खोप रुसका सबैलाई सहज उपलब्ध गराउने बताए ।
रुससँगै संसारका धेरै देश र वैज्ञानिक अनुसन्धान प्रतिष्ठानले यतिबेला संसारकै टाउको दुखाइको विषय बनेको कोभिड–१९ को भाइरसको खोप बनाउने काम भइरहेका छन् । यो दौडमा चीन, संरा अमेरिका, फ्रान्सलगायत देशहरू सामेल छन् । नेपालकै एक जना प्राध्यापकले पनि खोपको विषयमा अनुसन्धान गरिरहेका छन् । दैनिक हजारौँ मानिसको ज्यान लिइरहेको र संसारकै अर्थतन्त्रलाई ठप्प बनाएको कोभिड–१९ भाइरसको खोप संसारका सबै देशको तड्कारो आवश्यकता बनेको छ । केही नाफामुखी औषधि उद्योग र अनुसन्धान केन्द्रहरूले भने कोभिड–१९ को खोप आविष्कार गरेर संसारभर व्यापार गरेर धनी बन्ने मनसायले काम गरिरहेका छन् । फ्रान्सको एउटा औषधि कम्पनीले बनाउँदै गरेको खोपमा अमेरिकी लगानी भएको भन्दै फ्रान्सलाई प्रयोग गर्न नदिने भन्दा फ्रान्सको राजनीतिक नेतृत्वले आफ्नो भूमिमा स्थापित सो प्रयोगशालाको विरोध गरेको थियो । विशेषतः संरा अमेरिकाका वर्तमान व्यापारी राष्ट्रपति डोनाल्ड ट्रम्पले खोप आविष्कार गरी व्यापार गर्ने सोच बनाइरहेका छन् । तर, केही देशहरूले भने आफू यो अध्ययनमा यो सफल भए संसारमा सहजरूपमा कोभिड–१९ को खोप उपलब्ध गराउने घोषणा गरेका छन् । यदि नाफामुखी औषधि कम्पनीहरूले यो कार्यमा सफलता पाए संसारको निम्ति त्यो कोभिड–१९ जत्तिकै अभिशाप बन्नेछ । निकै महँगोमा औषधि बेच्दा यसबाट संसारका गरिब जनता बढी प्रभावित बन्नेछन् । गरिबहरू खोप भएर पनि खोप किन्न नसकेर कोभिड–१९ को शिकार बन्न बाध्य हुनेछन् ।
Leave a Reply