तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, ३१ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले सरकारले जनताप्रतिको आफ्नो कर्तव्य तथा जिम्मेवारी बहन नगर्दा सर्वसाधारण जनताले दुःख पाएको बताउनुभएको छ ।
उहाँले देशमा असन्तुलित विकासले जनसङ्ख्या काठमाडौँ उपत्यकाकेन्द्रित हुँदा विषम् परिस्थितिले विकराल रूप लिने र सोको व्यवस्थापन असम्भव हुने भएकोले सन्तुलित विकासमा जोड दिनुपर्ने कुरामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
ख्वप बहु–प्राविधिक अध्ययन संस्थानका शिक्षक तथा कर्मचारीहरूबिच शनिबार अनलाइनमार्फत भएको ‘कोभिड–१९ को सन्दर्भ र क्युवाको स्वास्थ्य प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रममा पार्टी सचिव सुवालले समाजवादउन्मुख देश भनी संविधानमा उल्लेख गरे पनि सरकारले शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन नसकेकोमा सरकारमा गएका पार्टीहरू जिम्मेवार भएको बताउनुभयो । उहाँले नामले वामपन्थी भए पनि व्यवहारमा दक्षिणपन्थी चरित्र देखाउने दुईतिहाइको सरकार पनि निजीकरणलाई बढावा दिँदै संविधानमा मौलिक हकअन्तर्गत रहेका शिक्षा र स्वास्थ्यलाई गरीब जनताको पहुँचभन्दा बाहिर पु¥याउने कार्यमा उद्यत रहेको बताउनुभयो ।
उहाँले चीन, क्युवा, प्रजग कोरियाजस्ता समाजवादी देशहरूमा जनताप्रति सरकारको जिम्मेवारीबोधका कारण कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा ठुलो सफलता प्राप्त भएको वास्तविकता औँल्याउँँदै आफूलाई विश्व शक्ति ठान्ने अमेरिका, युरोपका देशहरूको पुँजीवादी व्यवस्था तथा साम्राज्यवादी चिन्तनको कारण महामारी नियन्त्रण गर्न असफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी देशमा वर्गीय विभेदका कारण गरीब जनता बढी सङ्क्रमित रहेको र त्यस्ता सरकारहरूको प्राथमिकतामा सङ्क्रमण नियन्त्रणभन्दा पनि देशको अर्थतन्त्र रहेकोले हाल अमेरिका, ब्राजिल, भारतजस्ता पुँजीवादी देशहरूमा सङ्क्रमितहरूको सङ्ख्या र मृत्यु दर बढिरहेकोे हो ।”
पार्टी सचिव सुवालले थप्नुभयो, “हालको विषम परिस्थितिमा कोरोना सङ्क्रमण फैलिन नदिन हामीले गर्न सकिने कार्यहरू इमानदारीपूर्वक गर्नुपर्छ र सङ्क्रमण रोकथामको सम्भावित उपायहरू अपनाउनुको विकल्प छैन ।”
भक्तपुर नगरपालिकाका प्रमुख एवम् संस्थान सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कुनै पनि देशको राजनीतिक व्यवस्थाले त्यसको चरित्र प्रस्ट पार्ने बताउनुभयो । समाजवादी देशहरूमा उत्पादनका मुख्य–मुख्य साधनहरू सामाजिकीकरण हुने हुँदा सम्पूर्ण जनताले समान अवसर पाउने तर पुँजीवादी देशहरूमा धनी र गरीबबिचको खाडल बढ्दै जाने हुँदा कामदार जनताले दुःख पाउने बताउनुभयो । अमेरिकाबाट ६ दशक लामो कठोर नाकाबन्दी भए पनि विश्वको महाशक्ति राष्ट्र अमेरिकाको नाकमुनि रहेको क्युवाको स्वास्थ्य प्रणाली र क्युवाले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणको लडाइँमा पाएको सफलताबाट हाम्रो जस्तो देशले पाठ सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा देशभरिका विद्यार्थीले कम शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको बताउनुभयो । उहाँले सर्वसाधारण जनताको स्वास्थ्यप्रतिको पहुँच सहज होस् भन्ने उद्देश्यले नगरपालिकाले जनस्वास्थ्य सेवा केन्द्र सञ्चालन र जनताको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउन घरदैलो नर्सिङ सेवाको सुरुआत गरेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले कोभिड–१९ को महामारीले समाजवादी र पुँजीवादी व्यवस्थाबिचको प्रस्ट भिन्नता विश्वका जनताले बुझ्ने अवसर पाएको बताउनुभयो । पुँजीवादी देशहरूले जनताको जीवनभन्दा नाफालाई प्राथमिकतामा राखेको कारण धेरैको ज्यान गएको उहाँको भनाइ थियो ।
सांसद सैँजूले चीन, क्युवाजस्ता समाजवादी देशहरूले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा सफलता प्राप्त गरेको र अन्य देशहरूमा समेत रोग नियन्त्रणको लागि प्राविधिक सहयोग दिई अन्तर्राष्ट्रवादी भावना प्रदर्शन गरिरहेको उल्लेख गर्नुभयो । “क्युवाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी आफ्ना जनतालाई सेवामुखी शिक्षा दिएको कारण विश्वका दर्जनौँ देशमा क्युवाका चिकित्सकहरू स्वयम्सेवी भई सेवारत छन् । क्युवाको सो कार्यलाई पुँजीवादी देशहरूले वामपन्थी विचारधाराको प्रचारको लागि गरिएको प्रोपोगान्डाको रूपमा बताइरहँदा इटालीजस्तो युरोपेली देशले क्युवाको सहयोग लिनुपरेको वास्तविकता विश्वले देखेको छ ।” उहाँले भन्नुभयो ।
संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले स्वागत मन्तव्य राख्नुभएको सो अन्तरक्रिया कार्यक्रममा संस्थानका उपप्राध्यापकहरू ऋतु ज्याख्व, सत्तिसप्रसाद फैजू, शोभामैँया प्रजापति, प्रभा प्रजापति र सविता सुजखूले ‘श्रमिक’ साप्ताहिक पत्रिकामा प्रकाशित ‘क्युवाको स्वास्थ्य प्रणालीको शक्ति’ विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
Leave a Reply