सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
संयुक्त राष्ट्र सङ्घ, १५ अगस्ट । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले गत शुक्रबार इरानमाथि हातहतियारसम्बन्धी नाकाबन्दी लम्ब्याउने संरा अमेरिकाको प्रस्तावलाई अस्वीकार गरेको छ ।
पारित गर्न आवश्यक नौ मत पाउन नसकेपछि संरा अमेरिकी प्रस्ताव असफल भएको छ । इरानमाथि नाकाबन्दी लम्ब्याउने संरा अमेरिकी प्रस्तावको चीन र रुसले विपक्षमा मतदान गरेका थिए भने फ्रान्स, जर्मनी र बेलायत मतदानमा सहभागी बनेनन् । प्रस्तावको पक्षमा संरा अमेरिका र डोमिनिकन गणराज्यले मात्र मतदान गरेका थिए ।
संरा सङ्घका लागि चिनियाँ राजदूत चाङ चुनले मतदानपछि जारी गरेको वक्तव्यमा मतदानको परिणामले एकपक्षवाद अस्वीकार्य भएको र अन्ततः एकपक्षवाद असफल हुने अवश्यम्भावी भएको बताएका छन् ।
सन् २०१८ मा भएको इरानी आणविक सम्झौताबाट संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हात झिकेपछि संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा संरा अमेरिका एक्लो बनेको छ ।
“अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको रक्षामा सुरक्षा परिषद्को सक्रिय भूमिका नहुने कुरा सह्य हुनसक्दैन”, सुरक्षा परिषद्ले मतदानको नतिजा सार्वजनिक गर्नुअघि संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले भने ।
चीन र रुससँग इरान आणविक सम्झौता २०१८ मा हस्ताक्षर गरेका फ्रान्स, जर्मनी र बेलायतले आमविनाशकारी हातहतियारमाथिको नाकाबन्दीको अवधि बढाउने पक्षमा बोले पनि संयुक्त विस्तृत कार्ययोजना जोगाउनु नै प्राथमिक विषय भएको बताउँदै आएका छन् ।
अब संयुक्त राष्ट्र सङ्घले इरानमाथि लगाएका सबै नाकाबन्दी फिर्ता गर्नुपर्ने निहुँ खोज्नसक्ने विश्लेषकहरूले बताएका छन् । सन् २०१८ को आणविक सम्झौतामा संरा अमेरिकाले हात झिके पनि त्यहीँ सम्झौताको प्रावधान ते¥साएर यस्तो प्रस्ताव अघि आउन सक्नेछ ।
शुक्रबारको मतपरिणामबाट इरान भने निकै खुसी बनेको छ । उसले आफ्नो शत्रु देश इतिहासमै पहिलोपटक नराम्ररी उदाङ्गिएकोमा खुसी पोखेको छ । “राष्ट्र सङ्घको ७५ वर्षको इतिहासमा संरा अमेरिका यतिबेला जस्तो नराम्ररी कहिल्यै पनि एक्लिएको थिएन”, इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसभीले मत परिणाम घोषणापछि ट्वीटमार्फत प्रतिक्रिया दिए ।
संरा सङ्घको लागि इरानका राजदूत मजिद तख्त रभान्चीले फेरि पनि इरानमाथि नाकाबन्दी लगाउने पक्षमा नजान संरा अमेरिकालाई चेतावनी दिएका छन् ।
Leave a Reply