सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
भरतपुर, ३१ साउन । दैनिक नोबेल कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि चितवनको सदरमुकाम भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार अपराह्न सूचना निकालेर गएराति १२ बजेदेखि लागू हुने गरी भदौ ५ गतेसम्म निषेधाज्ञा जारी रहने जनाएको हो । अति आवश्यक खरिदको लागि बिहान ५–८ बजेसम्म र बेलुका ५–८ बजेसम्म समय दिइएको छ ।
निषेधाज्ञाले नारायणगढ–भरतपुर सार्वजनिक जनजीवन ठप्प छ । बजार पूरै बन्द छ । सडक सुनसान छ । सडकको चोक चोकमा सुरक्षाकर्मीको उपस्थिति देखिन्छ । सुरक्षाकर्मीहरू तीन तहकै देखिएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली सडकमा देखिन्छन् ।
चेकजाँच पनि कडा देखिन्छ । स्वास्थ्यकर्मी र सञ्चारकर्मी छिटफुट देखिन्छन् । त्यसबाहेक अत्यावश्यक परेर हस्पिटल हिँडेकाहरू केही देखिए ।
सवारीसाधन पूरै ठप्प छन् । अत्यावश्यक सेवाका व्यक्तिहरूले चलाएका छिटफुट सवारीसाधनमात्रै गुडेका छन् ।
नारायणी पुलमा चेक जाँच कडा गरिएको छ । आजै भरतपुरको सबै ठाउँमा गरी करिब १००० जनालाई सम्झाइबुझाइ गरी पठाएको बुझिएको छ ।
Leave a Reply