भर्खरै :

युनिभर्सिटी’ पूर्णाङ्क—३४ बारे अन्तरक्रिया

बनेपा, ३१ साउन । जनप्रकाशन गृहद्वारा प्रकाशित ‘युनिभर्सिटी’ त्रैमासिक पूर्णाङ्क —३४ बारे अन्तरक्रिया कार्यक्रम नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा बनेपामा भयो ।
कार्यक्रमका नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले क्याम्पस तहका विद्यार्थीहरूलाई वैचारिक र सैद्धान्तिक ज्ञान दिने उद्देश्यले नै युनिभर्सिटी प्रकाशित हुने भएकोले यसको अध्ययन र अन्तरक्रिया गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भारतले नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत स्थानमा ६० हजार हेक्टरभन्दा बढी जग्गा अतिक्रमण गरेको विषयमा नेपालले अन्तर्राष्ट्रिय दबुमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
चीन – भारत सीमा विवाद निकै पुरानो भएको र संरा अमेरिकालगायत पश्चिमा मुलुकहरूले एसियामा युद्ध थोपर्न भारतलाई उस्काउने गरेको उहाँले उल्लेख गर्नुभयो ।
नेमकिपा काभे्र जिल्ला समितिका सल्लाहकार हरिप्रसाद मानन्धरले देश र जनताको हितभन्दा आफ्नो व्यक्तिगत फाइदा हेरेर शासक दलका नेताहरू एमसीसी पास गर्ने पक्षमा रहेको बताउनुभयो ।
नेक्राविसङ्घ काभ्रे जिल्ला समितिका उपाध्यक्ष तारा न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा बनेपा नगर समितिका अध्यक्ष त्रिरत्न सायमी, नेक्राविसङ्घका राजु तामाङ, सुमन न्यौपाने, कुन्दन वैद्य र रोशनी शाही ठकुरीलगायतले आ—आफ्ना भनाइ राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *