सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
लेवनान, १५ अगस्ट । हेजबुल्लाह नेता शैयद हस्सन नसरल्लाहले आफ्नो समूह बेरुत बन्दरगाहमा भएको विस्फोटनको अनुसन्धान नतिजाको प्रतिक्षामा रहेको बताउँदै कदाचित सो विस्फोटनमा इजरायलको कुनै संलग्नता देखिए त्यत्तिकै मूल्य तिर्नुपर्ने बताएका छन् ।
इरानको सहयोगप्राप्त सिया शक्तिशाली मुसलमान समूहका नेताले टेलिभिजनमा प्रसारण सन्देशमा बेरुत बन्दरगाहको सो घटनायता त हमला अथवा एमोनियम नाइट्रेट राखिएको भण्डारघरमा लापरबाहीको कारण भएको दुर्घटनासम्बन्धी दुई सिद्धान्त अघि रहेको बताए ।
इजरायलले गत अगस्ट ४ मा भएको सो विस्फोटनमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । सो घटनामा परी कम्तीमा १७७ जना मानिसको निधन, ६ हजारभन्दा बढी घाइते र ३ लाख मानिस घरबारविहीन बनेका छन् ।
लेवनानका राष्ट्रपति माइकल औनले अनुसन्धानकर्ताहरूले सो घटना लापरबाहीको कारण भएको हो वा कुनै बाह्य हमला हो भन्ने विषयमा अनुसन्धान गरिरहेको बताएका छन् ।
हेजबुल्लाहका नेताले गत साता सो भण्डारगृहमा आफ्नो समूहले हतियार लुकाएको भन्ने आरोप गलत भएको भनी खण्डन गरेका थिए । उनले भण्डारगृह विस्फोटनमा कसैले त्यहाँ आगो लगाइदिएको वा सानो वम राखेको पनि हुनसक्ने बताएका छन् ।
“यो हमलापछाडि कसको हात हुन सक्छ ? कुनै पनि पक्ष हुनसक्छ । इजरायल पनि हुन सक्छ । यो कसैले अस्वीकार गर्न सक्दैन”, उनले भने ।
हेजबुल्लाह समूहले लामो समयसम्म इजरायलसँग लडाइँ लडेको थियो ।
लेवनानका न्यायपालिकाले विस्फोटनमा दोषी भनी २५ जना अधिकारीहरूमाथि मुद्दा दायर गरेको छ । उनीहरूमध्ये उच्चपदस्थ बन्दरगाह अधिकारी र भन्सारका अधिकारीहरू छन् ।
हेजबुल्लाह नेताले प्रधानमन्त्री हस्सन डैबले पदबाट राजीनामा दिएपछि राष्ट्रिय एकताको सरकार गठनको प्रस्ताव गरेका छन् । उनले ‘निष्पक्ष सरकार’ गठनको प्रस्ताव अस्वीकार गर्दै त्यसो गर्नु ‘समय खेर फाल्नुमात्र हुने’ बताए ।
यसमा ईजरायल भन्दा पनि ईरान कै संलग्नता देखिन्छ , लेवनान मा धेरै जना जनता अमेरिको नागरिक हैसियत प्राप्त छन् । रूस ले त्यो अेमोनिया नाईट्रेट जम्मा गरेको हो । अब दोस रूस लाई पनि त दिनु पर्यो कि त अमेरिकालाई , ईरानले त अमेरिकी सैनिकलाई आतंककारी मानेको छ, त्यस्तै ईजरायल त अमेरिकाको संरक्षणमा छ , प्यालेस्ताईनलाई स्वीकार्दैन अमेरिकाले । अब हमला नै गरेको हो भने कस्को हात बढी हुन्छ सहजै अनुमान गर्न सकिन्छ ।