भर्खरै :

भियतनाम कम्युनिस्ट पार्टीका पूर्वमहासचिवको निधन

हनोई, १६ अगस्ट । गत अगस्ट ७ मा निधन भएका भियतनाम कम्युनिस्ट पार्टीका पूर्वमहासचिव ले ख फुनको सम्झनामा शनिबार राजधानी हनोई र उहाँको गृह जिल्ला थान हाओमा शोक सभा गरियो ।
हनोईमा आयोजित शोकसभामा प्रधानमन्त्री न्युएन सुआन फुसहित भियतनामी कम्युनिस्ट पार्टीका नेताहरू सहभागी हुनुहुन्थ्यो । उहाँको निधनमा गत शुक्रबार र शनिबार दुई दिन शोक मनाइएको थियो । उहाँप्रति विभिन्न निकाय, स्थान, सङ्गठन र सेनाका प्रतिनिधिहरूसहित एघार हजारभन्दा बढी मानिसले शोक व्यक्त गरेका थिए । विभिन्न देशका २७ जना कूटनीतिक प्रतिनिधि र लाओस तथा कम्बोडियाका उच्चस्तरीय प्रतिनिधिमण्डलले उहाँप्रति सम्माान व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *