भर्खरै :

दुई साताका लागि त्रिविका क्याम्पस बन्द

कीर्तिपुर, ३२ साउन । त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकोले मातहतका सबै क्याम्पस भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आइतबार सूचना जारी गरी शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जनाउनुभएको हो ।
यस्तै मातहतका अस्पताल र सेवा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *