राजकुमार स्मृति पुस्तकालयको आयोजनामा वडास्तरीय टेबलटेनिस प्रतियोगिता
- कार्तिक ६, २०८३
भक्तपुर, १ भदौ । शनिबार कोभिड–१९ सङ्क्रमित पुष्टि भएका भक्तपुरका १२ जनामध्ये दुई जना श्रीमान–श्रीमती रहेको खुलेको छ । उनीहरू सुर्यबिनायक नपा वडा नं २ बालकोट निवासी भएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ । त्यस्तै सुर्यबिनायक नपा वडा नं ४ दधिकोटका एक जना महिलामा पनि कोरोना पुष्टि भएको छ ।
भक्तपुर नगरपालिका वडा नं ५ निवासी एक जना महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनी नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, मध्यपुर थिमिका सफाई कर्मचारी भएको बताइएको छ । उनी हाल अस्पतालका अन्य सङ्क्रमित स्वास्थ्यकर्मी र कर्मचारीहरूस“गै आइसोलेसनमा छन् ।
मध्यपुर थिमि नपाको गठ्ठाघर, लोकन्थली र ठिमीका एक एक जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै चा“गुनारायण नपाका एक जना पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसबाहेक भक्तपुर ठेगाना उल्लेख भएका एक महिला र तीन पुरुष पनि कोरोना सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।
Leave a Reply