भर्खरै :

एसईई परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आइतबार साँझ सार्वजनिक गरेको छ । परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फारम भरेपनि चार लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिनुभयो ।
परीक्षाका लागि फारम भरेका मध्ये १० हजार ९०८ विद्यार्थीको नियमानुसार हाजिरी नपुगेको, फाराम भर्दा त्रुटि भएको र नियम पूरा नगरी अयोग्य भएकाले नतिजा नआएको उहाँले जानकारी दिनुभयो । नतिजा सार्वजनिक गरेपनि बोर्डले कति विद्यार्थीले कुन जीपीए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । उक्त विवरण विद्यार्थीले विभिन्न वेभसाइट र एसएमएसबाट थाहा पाउन सक्ने व्यवस्था गरिएको छ ।
यसवर्षको नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुनर्याेग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी कार्य भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिन भित्र जिल्लास्थित शिक्षा तथा समन्वय एकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको सदस्य सचिव अर्यालले जानकारी दिनुभयो ।
गत चैत ६ गतेबाट सञ्चालन गर्ने गरी तय गरेको परीक्षा कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण अन्तिम समयमा आएर सरकारले स्थगन गरेपछि कक्षा १० को परीक्षामा आएको नतिजा र विद्यालयको समितिले गरेको मूल्याङ्कनको आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *