भर्खरै :

वित्तीय प्रणालीलाई हतियारको रूपमा प्रयोग नगर्नु लामको आग्रह

हङकङ, १८ अगस्ट । चीनको हङकङ विशेष प्रशासनिक क्षेत्रका कार्यकारी प्रमुख केरी लेमले वित्तीय प्रणालीलाई ‘नाकाबन्दी थोपर्ने हतियार’ को रूपमा प्रयोग नगर्न आह्वान गरेकी छिन् । उनले नियमित पत्रकार भेटघाटमा बोल्दै संरा अमेरिकाले हङकङमा थोपरेको नाकाबन्दीबारे विश्व व्यापार सङ्गठनसमक्ष उजुरी गर्ने बताइन् ।
संरा अमेरिकाले आफूमाथि समेत थोपरेको नाकाबन्दीबारे टिप्पणी गर्दै उनले आफू सन् २०१७ यता संरा अमेरिका नगएको र आगामी दिनमा पनि आफ्नो देशको हितमा हुने कदम चाल्ने बताइन् । “हामीले केही वित्तीय सेवाको प्रयोग गर्नुपर्ने हुन्छ । यसले अमेरिकासँग व्यापार भएका केही निकायलाई केही असर गर्छ वा गर्दैन, हामीलाई थाहा छैन । यसले क्रेडिट कार्ड प्रयोगमा केही असर गर्नसक्छ । तर, जहाँसम्म मेरो व्यक्तिगत प्रश्न छ, त्यसले मलाई कुनै प्रभाव पार्नेछैन”, उनले भनिन् ।
“सबभन्दा महत्वपूर्ण विषय भनेको यतिबेला हामी गौरव अनुभव गरिरहेका छौँ । राष्ट्रिय सुरक्षाको रक्षाको लागि राष्ट्रिय कानुन लागू गर्न हामीलाई केन्द्रीय सरकारले विश्वास गरिरहेको ऐतिहासिक समयमा यतिबेला हामी छौँ”, लामले थपिन् ।
“व्यक्तिगतरूपमा मलाई केही असहज हुनु कुनै ठूलो कुरा होइन । यसले मलाई केही फरक पार्नेछैन”, उनले भनिन् ।
हङकङको राष्ट्रिय सुरक्षाको रक्षाबारे सोधिएको प्रश्नको जवाफमा उनले सुरक्षा कानुनलाई राजनीतिक हतियारको रूपमा प्रयोग गरिएको प्रति चिन्ता गर्नुभन्दा यसलाई संस्थापनविरुद्ध वित्तीय प्रणाली र सामाजिक सञ्जालमा प्रयोग गरिएकोमा चिन्ता व्यक्त गरिन् ।
लामले आगामी अक्टोबर १४ मा आफूले वार्षिक नीतिसम्बन्धी भाषण दिने जानकारी दिइन् । उनले कोभिड–१९ को महामारीविरुद्ध सजग हुन सबैलाई आग्रह गरिन् ।
उनले अझै पनि सङ्क्रमण दर घट्ने अवस्था नभएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *